• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नर्भिकलाई अन्तर्राष्ट्रिय सम्मान

November 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नर्भिकलाई अन्तर्राष्ट्रिय सम्मान

हेल्थ टुडे,

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलले  स्वास्थ्य व्यवसायमा उत्कृष्टता (विजिनेश एक्सलेन्स इन हेल्थ केयर), नामक विश्वस्तरीय सम्मान हात पार्न सफल भएको छ । संयुक्त राज्य अमेरिकास्थित टेक्सास शहरमा अवस्थित अमेरिकाको चेम्बर अफ कमसर््को एक निकाय वल्र्ड कन्फेडिरेसन अफ विजनसेजले  दि बिज सम्मान  विशेष समारोहबिच नर्भिक हस्पिटललाई शुक्रबार प्रदान गरेको हो ।

सम्मान अर्पण समारोहका प्रमुख अतिथि उपप्रधान,तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उक्त सम्मान नर्भिकककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यलाई अर्पण गरेका हुन ।  सो अवसरमा नर्भिकलाई वल्र्डकबका विदेश मामिला निर्देशक निकोलस कफारोले इलाइट मेम्बर  समेत प्रदान गरे । उक्त सदस्यता नर्भिकका अध्यक्ष बसन्त चौधरीले ग्रहण गरेका थिए । दि वल्र्डकबले दिबिज नामक उक्त सम्मानकालागि  विश्वभरका उत्कृष्ट व्यवसायिक संघ संस्था तथा व्यक्तित्वहरुलाई एकत्रित पार्ने, विश्व सञ्जालसँग आवद्ध बनाउने, सम्मानित गर्ने आदि गर्दछ । दि वल्र्डकवद्वारा दिविज सम्मान विश्वव्यापी अगुवाहरुलाई विविध सुविधाका माध्यमबाट तिनका आर्थिकस्तर एवम् व्यवसायिक प्रतिष्ठा बढाउने अभिप्रायले स्थापना गरिएको हो ।

सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वल्र्डकबको मुख्य उद्देश्य नै बिश्वव्यापी रुपमा मूल्य र मान्यतामा आधारीत व्यवसायहरुको प्रबद्र्धन गर्नु, तिनको पहिचान, सम्मान एवम् अगुवा व्यवसाय तथा व्यवसायिक व्यक्तित्वहरुको साख अभिवृद्विमा सहयोग पु¥याउनु  रहेको छ । विश्वका १२० भन्दा बढी राष्ट्रहरुमा दि वल्र्डकबका ३,००० भन्दा बढी सदस्य प्रतिष्ठान्हरुको सञ्जाल रहेको छ ।

दिविज अवार्ड लगत्तै निर्भकको ख्याति अभिवृद्धिमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरु समेत सम्मानीत भएका थिए । तिनमा प्रबन्ध निर्देशक मेघा चौधरी शाक्य(उत्कृष्ट नेतृत्व), कार्यकारी निर्देशक राजेन्द्र ब. सिंह, दिपेन्द्र मिश्र, रवि शर्मा र अंकित अग्रवाल (उत्कृष्ट व्यवसायव्यवस्थापन) प्रविण डावर र प्रदीपझा(उत्कृष्ट बजार व्यवस्थापन) तथा कपिल गौतम (उत्कृष्ट गुणस्त्तर व्यवस्थापन) रहेकाथिए ) । वल्र्डकबद्वारा जारी सूचना अनुसार स्थापित मापदण्डमा आधारीत छनौट मापदण्डहरु जस्तैः व्यवसायिक अगुवाई, सेवाको गुणस्त्तर, प्रभावकारी तथा गुणस्त्तरीय व्यवस्थापन प्रणाली, अभिनव र रचनात्मकता, संस्थागत सामाजिक उत्तरदायित्व, समृद्ध इतिहास,उत्कृष्ट चिकित्सा नैतिकताको अवलम्बन,विरामीे सुरक्षा हस्पिटलजन्य सङ्क्रमयको नियन्त्रण लगायत रोग रोकथाम, निदान, औषधोपचार एवम् उपचारका क्षेत्रमा हस्पिटलले हासिल गरेको उत्कृष्ट नतिजा रहेका थिए । समारोहका प्रमुख अतिथि उप प्रधान, स्वास्थ्यतथा जनसंख्या मन्त्री उपेन्द्र यादवले चिकित्सा सेवाको उत्कृष्ट गुणस्तर कायम राख्न नर्भिकले गरेको निरन्तर प्रयास, सिद्धहस्त चिकित्सा विशेषज्ञहरुको टोली, सुसज्जित निदानात्मक प्रविधि र स्तरीय व्यवस्थापनका कारण हाल नेपालमा लगभग सवै खाले चिकित्सा उपचार सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै नर्भिकका कार्यकारी निर्देशक राजेन्द्र ब. सिंहले यस किसिमका विश्वस्तरीय सम्मानबाट सम्मानीत हुनु केवल नर्भिक परिवारका लागि मात्रै नभएर समग्र नेपाली चिकित्सा फाँटकै लागि गौरवको विषय भएको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चौथो ‘पिपुल्स हेल्थ एसेम्ली’ बंगालादेशको साभरमा सुरु
Next article ५३ प्रतिसत एचआईभी संक्रमित मात्र उपचारमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132855
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web