• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुदूरपश्चिमका आयुर्वेद औषधालयमा जनशक्ति अभाव

December 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुदूरपश्चिमका आयुर्वेद औषधालयमा जनशक्ति अभाव

हेल्थ टुडे

धनगढी :  सुदूरपश्चिम प्रदेशका आयुर्वेद औषधालयमा जनशक्ति अभाव हुदा सेवा प्रभावित भइरहेको छ । ती मध्ये पहाडि जिल्लाका औषधालयमा सेवा प्रदान गर्ने कविराज र बैद्यहरुको दरबन्दी रिक्त हुदा समस्या परेको हो । समाजिक विकास मन्त्रालयको आयुर्वेद महासाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा ४२ वटा आयुर्वेद औषधालयमध्ये १४ वटा कविराजको दरबन्दी रिक्त छ भने ५ वटा बैद्यको दरबन्दी खाली छ । आयुर्वेद महासाखा प्रमुख डा. चेतराज जोशीका अनुसार सबैभन्दा बढी रिक्त दरबन्दी बैतडीमा छ । बैत्तडीको बैतडी आयुर्वेद औषधालय, मुस्याचौर र गाजरी गरि ३ वटा आयुर्वेद औषधालयमा कविराजको दरबन्दी रिक्त छ । त्यसैगरि डडेल्धुराको जोडबुडा र आलीताल, बजाङको व्यासी र थालारा, दार्चुलाको गोकुले, डाटीको तोलेनी र जोराइल, कैललीको उर्मा र अछामको विनायकमा कविराजको दरबन्दी रिक्त छ । त्यसैगरि डडेल्धुराको मणिलेक र रुपाललामिकाडे, दार्चुलाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, डोटीको लाटामाण्डू र बजाङको थालारामा गरि ५ वटा बैद्यको दरबन्दी रिक्त छ । ४२ वटा आयुर्वेद औषधालयमध्ये ३८ वटा स्थानिय निकाय मार्फत संचालन भइरहेका छन । डा. जोशीका अनुसार सरकारको नीति अनुसार अझै सुदूरपश्चिममा ५० वटा स्थानमा आयुर्वेद औषलालय स्थापना गर्न बाकी छन् । प्रदेश नम्बर ७ सामाजिक विकास मन्त्रालयबाट हाल आयुर्वेदको बिकाशको लागि सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना गर्न   , प्रादेशिक हर्बल गार्डन र प्रादेशिक योग तथा पंचकर्म केन्द्र बनाउन बजेट बिनियोजन भएको डा. जोशीले जानकारी दिए । आयुर्वेद औषधालयहरुले पूर्वकर्म, पञ्चकर्म, योगसेवा, ओपिडी, जिवनशैली परामर्श सेवा प्रदान गर्ने गरेका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य बीमा गराउनेमा पुरुषभन्दा महिला बढी
Next article नेपाल फिजियोथेरापी संघमा नयाँ नेतृत्व

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web