• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

विश्व कुष्ठरोग दिवस र कानुनी विभेद

January 27th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विश्व कुष्ठरोग दिवस र कानुनी विभेद

गोपाल पोखरेल,

हामीहरूले हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबारलाई विश्व कुष्ठरोग दिवसको रूपमा मनाइआएका छौं । यो दिवसलाई मनाउनुको उद्देश्य भनेको कुष्ठ प्रभावितहरूप्रति गरिने सामाजिक विभेदका विरुद्ध समुदायमा जागरण जगाउनु हो । यो रोगको बारे समुदायमा के धारणा छ र त्यसलाई सकारात्मक परिवर्तन ल्याउन आवश्यक छ । यो वैदिक कालदेखिको पुरानो रोग र यसको हालसम्म पनि रोग लाग्नबाट बचाउन खोपको आविष्कार भई नसकेकोले रोगको सुरु अवस्थामा नै निदान गरी बहुऔषधिले उपाचार गराउने मात्र उपाय रहेको छ । यसरी समयमा निदान तथा उपचार गर्न नसक्दा अंगभंगको कारण बन्ने भएर पनि यसलाई समुदायका मानिसहरू तिरस्कार गर्ने गर्छन् ।

एउटा कुष्ठरोगी कसरी समुदायमा विभेदको घेराभित्र पर्छ भनेर हेर्दा परिवार तथा समुदायबाट पूर्वाग्रही व्यवहार र विभेदकारीे सोचका कारणले पहिला कुष्ठ प्रभावितहरूलाई परिवार तथा समुदायमा हुने सामाजिक कार्यक्रमहरूमा न्यून सहभागी गराइन्छ । यसको फलस्वरूप कुष्ठ प्रभावितहरूको शैक्षिक तथा रोजगारीका अवसरहरूमा न्यून सहभागिता हुन जान्छ र सामाजिक संघसंस्थाहरूमा आउने जाने वा सम्पर्क समेतमा ह्रास हुन पुग्दछ । यसको कारणले ऊ आफ्नो र परिवारको लागि समेत केही नगर्ने वा गर्न नसक्ने अवस्थामा पुग्दछ भने आर्थिक रूपमा समेत पछाडि पर्दछ । यी तमाम कारणले गर्दा छिमेक तथा साथीभाइहरूसँग पनि लेनदेन तथा सहयोग लिनेदिने व्यवहारमा न्यून हुन जान्छ र समाजमा विस्तारै आफ्नो पहिचान कायम राख्न नसक्ने अवस्थामा पुगेको हुन्छ जस्ले अझ उस्को आत्मसम्मान खस्कँदै गएको अनुभब गर्दछ । यिनै तमाम कारणले गर्दा आफूले आफूलाई नै कमजोर र शारीरिक दु्र्वलताको महसुस गर्दछ । आफ्नो मानब अधिकारको बारेमा पनि  थाहा नहुनुको साथै थाहा हुँदा पनि दाबी गर्न नसक्ने स्थितिमा पुग्दछ र कमजोर महसुस गर्दछ । प्रभावित आफैंले आफ्नो आत्मसम्मान गर्न नसक्ने र सामाजिक सम्पर्कको दायरा साँघुरो बनाएर जानेछ जसको कारणले सीमित ब्यक्तिहरूसँग मात्र सम्पर्कमा रहन्छ । अन्तिम अवस्थामा उस्ले परिवार त्याग्ने जीवन निर्वाहको लागि अन्तिम विकल्पको सहारामा सडकसम्म पुग्दछ ।

यसरी एकजना कुष्ठरोगी रोग लागेदेखि अन्तिमसम्ममा मेडिकल समस्याबाट गुज्रिन्छ, यदि समयमा निदान तथा उपचार हुन नसके अंगभंगको अवस्थाले शारीरिक समस्याबाट गुज्रिन्छ र कुष्ठरोगको कारणले नै सामाजिक विभेद भोग्न बाध्य भइरहेका छन् । यही विषयमा कुष्ठ प्रभावितहरूलाई समाजका व्यक्तिहरूले मात्र नभई नेपालमा कानुनले समेत विभेद गरेको छ । नेपालको संविधान २०७२ को मौलिक हकले प्रत्येक व्यक्तिहरूलाई सम्मानपूर्वक बाँच्न पाउने हक प्रदान गरेको छ र कुष्ठ प्रभावितहरू प्नि यो देशका नागरिक हुन् र सम्मानपूर्वक बाँच्न पाउनुपर्दछ । तथापि मुलुकी ऐनलाई विस्थापित गर्न बनेको ‘मुलुकी देवानी (संहिता) ऐन २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४’ को भाग– ३ पारिवारिक कानुनले विवाह गर्न गराउन नहुने महलको एउटा बुँदामा ‘पूर्ण रूपमा बोल्न वा सुन्न नसक्ने, पुर्ण रूपमा दृष्टिविहीन वा कुष्ठरोगी भएको’ भन्ने उल्लेख गरिएबाट कुष्ठ प्रभावितहरूको मौलिक हक तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकार माथि प्रश्न उब्जिएको छ । यस्तै कानुन भारतमा पनि थियो र भारतमा रहेको भनिएको विभेदकारी कानुन ‘कुष्ठरोग लागेको आधारमा छोडपत्र गर्न नपाउने ’ भनेर लोकसभाले यही ७ जनवरि २०१९ मा पारित गरेको कुरा भारतीय अखबार इकोनोमिक टाइमले प्रकाशित गरेको छ ।  अन्य रोग सरह नै कुष्ठरोग पनि औषधि खाई सकेपछि रोग निको हुन्छ भन्ने प्रमाणित भइसकेको छ र हालसम्म बहुऔषधि उपचारले नेपालमा मात्र एक लाख ८५ हजार व्यक्तिहरू निको भइसकेको राष्ट्रिय तथ्यांकले देखाएको छ भने विश्वमा ५.४ मिलियन व्यक्तिहरू औषधिले निको भएको तथ्यांक विश्व स्वास्थ्य संगठनले देखाएको छ  ।

 

यो दिवस विगत ६६ वर्षदेखि मनाइँदै आइरहेको छ र यस वर्ष पनि ‘कुष्ठरोग निवारण कार्यक्रमको गन्तव्य गलत धारणा र विभेदको अन्त्य’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।  यो एक दिन मात्र अभियानको रूपमा मनाउने र बाँकी दिनहरूमा यो रोगको बारे परम्परागत सोचले हेर्ने हो भने समाजमा जागरण ल्याउन पहल गर्नुको केही अर्थ रहँदैन त्यसैले यस्ता अभियान ३६५ दिन नै आवश्यक पर्दछ । त्यसैगरी कुष्ठ प्रभावितहरूलाई सहभागिता भनेर नारामा उठाउने तर देशमा यो रोगसम्बन्धी विभेदकारी कानुन यथावत् रहेसम्म जनजागरणको कुनै अर्थ देखिँदैन ।

(पोखरेल, आनन्दवन तालिम केन्द्र दि लेप्रोसी मिसन नेपालका तालिम संयोजक हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूर्व युवराज पारस शाहलाई तेस्रोपटक हृदयाघात, एन्जियोप्लास्टी पश्चात सीसीयुमा
Next article आनन्दबन अस्पताल गोदावरी नगरपालिकाको गहना : महर्जन

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134123
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web