• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हात्तिपाइले विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेन,रोग उन्मूलनको लक्ष्य पूरा गर्न कठीन

February 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हात्तिपाइले विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेन,रोग उन्मूलनको लक्ष्य पूरा गर्न कठीन

पाँचथर,११ फागुन । पाँचथर जिल्लामा सातौँ चरण सम्पन्न भइसक्दा पनि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेको छैन । सन् २०२० सम्ममा देशबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने सरकारको राष्ट्रिय लक्ष्य छ । तर,औषधि सेवन अभियान प्रभावकारी हुन सकेको छैन् । सातौँ चरणसम्म औषधि सेवन अभियान सम्पन्न भएपनि प्रत्येक अभियानमा औषधि नखानेको सङ्ख्या उल्लेख्य रहने गरेको छ ।

पाँचथरमा विसं २०६८ सालबाट हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउने अभियान सञ्चालन भईरहेको छ । स्वास्थ्य कार्यालय पाँचथरका अनुसार सातै चरणमा औषधि खान उपयुक्त समूहमध्ये करीब एक तिहाइले औषधि सेवन गरेका छैनन् । औषधि सेवन गर्नेको सङ्ख्या क्रमशः घटिरहेको कार्यालयको तथ्याङ्क छ ।

कार्यालयका अनुसार विसं २०६८ सालमा यहाँका ६५.७ प्रतिशत व्यक्तिले औषधि सेवन गरेका थिए । विसं २०६९ मा त्यो सङ्ख्या बढेर ६६ प्रतिशत, २०७० मा ७१ प्रतिशत तथा २०७१ र ०७२ मा ७५ प्रतिशत पुगेको थियो । तर, २०७३ सालमा उक्त सङ्ख्या घटेर ७२.२ प्रतिशतमा झर्यो । गत वर्ष ७०.६ प्रतिशतले मात्रै औषधि सेवन गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष कार्यालयले एक लाख ६७ हजार ३७० जना जिल्लावासीलाई औषधि खुवाउने लक्ष्य राखेको थियो । तर, निर्धारित बुथमा ८० हजार ५३४ जना मात्रै उपस्थित भएर औषधि सेवन गरे । स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंसेवकहरुले ३६ हजार २०५ जनालाई घरैमा पुगेर औषधि सेवन गराएका थिए । गत वर्ष औषधि सेवन गर्न उपयुक्त व्यक्तिमध्ये ५० हजार ६३१ जनाले औषधि सेवन गरेनन् ।

औषधि सेवन गर्नेहरुको सङ्ख्या सन्तोषजनक नहुनुले सरकारले लिएको हात्तीपाइले रोग उन्मूलनको लक्ष्य निर्धारित मितिमै पूरा गर्न कठीन रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख सागर प्रसाइले हात्तीपाइले रोगको असरबारे पर्याप्त जानकारी सर्वसाधारणमाझ पु¥याउन नसक्दा र जनचेतनाको अभावका कारण औषधि सेवन गर्नेको सङ्ख्या सन्तोषजनक हुन नसकेको बताए ।

स्वास्थ्यकर्मीहरुले हात्तीपाइले रोग विरुद्धको औषधिका विषयमा सर्वसाधारणमा रहेका भ्रमहरु चिर्न नसक्दा औषधि सेवन गर्नेको सङ्ख्या कम भएको बताएका छन् । औषधि सेवनको अभियान पछि पनि रोग सङ्क्रमित तथा रोगका लक्ष्यण देखिएका बिरामीहरुको सङ्ख्या उल्लेख्य रहने गरेको छ । छैटौँ चरणसम्म अभियान सम्पन्न गरे पश्चात उक्त रोगको सङ्क्रमणबारे स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य परीक्षणबाट रोग सङ्क्रमित तथा रोगका लक्षण देखिएका बिरामीको सङ्ख्या बढेको पाइएको छ । जिल्ला सदरमुकाम फिदिममा ३६५ जनाको स्वास्थ्य परीक्षण गर्दा सात जना र थर्पुमा एक सय जनाको स्वास्थ्य परीक्षण गर्दा दुई जनामा यो रोगको लक्षण देखिएको थियो ।

एक व्यक्तिले नियमितरूपमा छ वर्षसम्म वर्षको एक पटक औषधि सेवन गरे हात्तीपाइले रोगको सङ्क्रमण निदान हुने र भावी दिनमा उक्त रोगबाट सङ्क्रमित हुने सम्भावना नरहने स्वास्थ्यकर्मीहरुको भनाइ छ । जिल्लामा फागुन १५ गतेबाट तीन दिनसम्म आठौँ चरणमा औषधि खुवाउन अभियान सञ्चालन हुँदैछ ।

यस वर्ष पाँचथरमा एक लाख ८३ हजार ६८९ जनालाई औषधि सेवन गराउने लक्ष्य लिइएको छ । क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाईबाट हात्तीपाइले रोग मानिसमा सर्दछ । यो रोगको पूर्ण लक्ष्यण देखा पर्न नौ देखि १५ वर्षसम्म समय लाग्दछ । मानिसमा पूर्ण सङ्क्रमण भएपछि यो रोग निको नहुने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेश मातहत आएपछि लुम्बिनी आयुर्वेद अस्पताल औषधिविहीन, बिरामीलाई समस्या
Next article पुरुषहरु किन बन्ध्याकरण गराउँदैनन् ? यस्तो छ कारण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132017
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web