• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हात्तिपाइले विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेन,रोग उन्मूलनको लक्ष्य पूरा गर्न कठीन

February 23rd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हात्तिपाइले विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेन,रोग उन्मूलनको लक्ष्य पूरा गर्न कठीन

पाँचथर,११ फागुन । पाँचथर जिल्लामा सातौँ चरण सम्पन्न भइसक्दा पनि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान प्रभावकारी हुन सकेको छैन । सन् २०२० सम्ममा देशबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने सरकारको राष्ट्रिय लक्ष्य छ । तर,औषधि सेवन अभियान प्रभावकारी हुन सकेको छैन् । सातौँ चरणसम्म औषधि सेवन अभियान सम्पन्न भएपनि प्रत्येक अभियानमा औषधि नखानेको सङ्ख्या उल्लेख्य रहने गरेको छ ।

पाँचथरमा विसं २०६८ सालबाट हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउने अभियान सञ्चालन भईरहेको छ । स्वास्थ्य कार्यालय पाँचथरका अनुसार सातै चरणमा औषधि खान उपयुक्त समूहमध्ये करीब एक तिहाइले औषधि सेवन गरेका छैनन् । औषधि सेवन गर्नेको सङ्ख्या क्रमशः घटिरहेको कार्यालयको तथ्याङ्क छ ।

कार्यालयका अनुसार विसं २०६८ सालमा यहाँका ६५.७ प्रतिशत व्यक्तिले औषधि सेवन गरेका थिए । विसं २०६९ मा त्यो सङ्ख्या बढेर ६६ प्रतिशत, २०७० मा ७१ प्रतिशत तथा २०७१ र ०७२ मा ७५ प्रतिशत पुगेको थियो । तर, २०७३ सालमा उक्त सङ्ख्या घटेर ७२.२ प्रतिशतमा झर्यो । गत वर्ष ७०.६ प्रतिशतले मात्रै औषधि सेवन गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष कार्यालयले एक लाख ६७ हजार ३७० जना जिल्लावासीलाई औषधि खुवाउने लक्ष्य राखेको थियो । तर, निर्धारित बुथमा ८० हजार ५३४ जना मात्रै उपस्थित भएर औषधि सेवन गरे । स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंसेवकहरुले ३६ हजार २०५ जनालाई घरैमा पुगेर औषधि सेवन गराएका थिए । गत वर्ष औषधि सेवन गर्न उपयुक्त व्यक्तिमध्ये ५० हजार ६३१ जनाले औषधि सेवन गरेनन् ।

औषधि सेवन गर्नेहरुको सङ्ख्या सन्तोषजनक नहुनुले सरकारले लिएको हात्तीपाइले रोग उन्मूलनको लक्ष्य निर्धारित मितिमै पूरा गर्न कठीन रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख सागर प्रसाइले हात्तीपाइले रोगको असरबारे पर्याप्त जानकारी सर्वसाधारणमाझ पु¥याउन नसक्दा र जनचेतनाको अभावका कारण औषधि सेवन गर्नेको सङ्ख्या सन्तोषजनक हुन नसकेको बताए ।

स्वास्थ्यकर्मीहरुले हात्तीपाइले रोग विरुद्धको औषधिका विषयमा सर्वसाधारणमा रहेका भ्रमहरु चिर्न नसक्दा औषधि सेवन गर्नेको सङ्ख्या कम भएको बताएका छन् । औषधि सेवनको अभियान पछि पनि रोग सङ्क्रमित तथा रोगका लक्ष्यण देखिएका बिरामीहरुको सङ्ख्या उल्लेख्य रहने गरेको छ । छैटौँ चरणसम्म अभियान सम्पन्न गरे पश्चात उक्त रोगको सङ्क्रमणबारे स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य परीक्षणबाट रोग सङ्क्रमित तथा रोगका लक्षण देखिएका बिरामीको सङ्ख्या बढेको पाइएको छ । जिल्ला सदरमुकाम फिदिममा ३६५ जनाको स्वास्थ्य परीक्षण गर्दा सात जना र थर्पुमा एक सय जनाको स्वास्थ्य परीक्षण गर्दा दुई जनामा यो रोगको लक्षण देखिएको थियो ।

एक व्यक्तिले नियमितरूपमा छ वर्षसम्म वर्षको एक पटक औषधि सेवन गरे हात्तीपाइले रोगको सङ्क्रमण निदान हुने र भावी दिनमा उक्त रोगबाट सङ्क्रमित हुने सम्भावना नरहने स्वास्थ्यकर्मीहरुको भनाइ छ । जिल्लामा फागुन १५ गतेबाट तीन दिनसम्म आठौँ चरणमा औषधि खुवाउन अभियान सञ्चालन हुँदैछ ।

यस वर्ष पाँचथरमा एक लाख ८३ हजार ६८९ जनालाई औषधि सेवन गराउने लक्ष्य लिइएको छ । क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाईबाट हात्तीपाइले रोग मानिसमा सर्दछ । यो रोगको पूर्ण लक्ष्यण देखा पर्न नौ देखि १५ वर्षसम्म समय लाग्दछ । मानिसमा पूर्ण सङ्क्रमण भएपछि यो रोग निको नहुने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदेश मातहत आएपछि लुम्बिनी आयुर्वेद अस्पताल औषधिविहीन, बिरामीलाई समस्या
Next article पुरुषहरु किन बन्ध्याकरण गराउँदैनन् ? यस्तो छ कारण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132170
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web