• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गण्डकी प्रदेशमा यसै वर्ष ३ वटा हाइवे मोवाइल हस्पिटल

February 26th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गण्डकी प्रदेशमा यसै वर्ष ३ वटा हाइवे मोवाइल हस्पिटल

हेल्थ टुडे, कास्की, १४ फागुन । गण्डकी प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनताको प्रत्यक्ष स्वास्थ्य सेवालाई ध्यानमा राखेर स्वास्थ्यका कार्यक्रम अगाडि बढाई रहेको छ । स्वास्थ्य महासाखाले एयर लिफ्टिङदेखि हाइवे मोवाइल हस्पिटल, खोप कोषदेखि विसादीरहित खाद्य तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट समेत विनियोजन गरिसकेको छ ।

समाजिक विकास मन्त्रालयका प्रवक्ता प्रकाशराज शर्माका अनुसार मन्त्रालयले आपतकालिन हवाई उद्दारका लागि २० लाख रुपैया विनियोजन गरिएको र एकजनाको हवाई उद्दार गरि काठमाडौ उपचार गरि ज्यान बचाउन सफल भएको बताए । त्यसै गरि मन्त्रालयले दमौलाी अस्पताल, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र र पर्वतको तिलार स्वास्थ्य चौकीलाई हाइवे मोवाइल हस्पिटलको रुपमा विकास गर्न लागिएको शर्माले जानकारी दिए । त्यसका लागि एक करोड ५० लाख रुपैया विनियोजन गरिएको छ ।

सडक दुर्घटना हुदा त्यही उपचार गर्न सकियोस र थप उपचारका लागि अन्य रेफरल हस्पिटल लैजादा सुविधा युक्त एम्बुलेन्स सेवा उपलब्ध होस भन्ने अभिप्रायले हाइवे मोवाइल हस्पिटलको अवधारणा ल्याइएको शर्माले बताए । त्यसैगरि मन्त्रालयले २ करोड रुपैयाको छुट्टै खोप कोषको स्थापना गरेको छ । महामारीका बेला केन्द्र सरकारले खोप पठाउन ढिलाई हुदा वा अन्य आकस्मिक रोगको प्रकोप नियन्त्रणका लागि खोप कोष स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्ला दिनमा बिशादीयुक्त खाद्य पदार्थलाई क मगर्न र पोषणको अवस्था सुधार गर्न मन्त्रालयले विसादी रहित खाद्य तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्न लागेको छ । यो कार्यक्रम अन्तरगत प्रदेशका नीति निर्माता, जिल्लाका प्रतिनिधि, स्थानिय प्रतिनिधि र समुदायलाई बिषादी सहित खाद्य पदार्थको उत्पादनमा जोड दिन जनचेतना र प्रशिक्षण समेत दिइने शर्माले जानकारी दिए । यो कार्यक्रमका लागि मन्त्रालयले ८५ लाख रुपैया बजेट बिनियोजन गरिसकेको छ ।

मन्त्रालयले सहरी स्वास्थ्य, सामुदायिक स्वास्थ्य एकाई र बर्थिड सेन्टर स्थापनालाई पनि प्राथमिकतामा राखेको छ । यसका लागि ५ करोड रुपैया छुट्याइएको छ । यो बजेट मार्फत एक सय वटा इकाई स्थापना हुने छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article खानेपानीमन्त्रीले गराइन स्तन र पाठेघरको जाँच
Next article क्षयरोगीको अवस्था पत्ता लगाउन सुरु गरिएको सर्वेक्षण अन्तिम चरणमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131763
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web