• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न सांसदहरुको माग

February 27th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न सांसदहरुको माग

काठमाडौ,१५ फागुन । सांसदहरुले देशैभर स्वास्थ्य बीमा लागु गर्न सरकारसंग माग गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सांसद खगराज अधिकारीले प्रस्तुत गरेको स्वास्थ्य बीमा सम्बन्धि सार्वजनिक महत्वको प्रस्तावमाथी छलफल गर्दै सांसदहरुले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न सरकारसंग माग गरेका हुन् । उनीहरुले संविधान प्रदत्त स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार कार्यान्वयन गर्न सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारको नीति तथा कार्यक्रम सबै जिल्लामा स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । विस २०७० मा तीन जिल्लाबाट कार्यान्वयन सुरु भएको बीमा कार्यक्रम हाल यो कार्यक्रम देशका ३९ जिल्लामा कार्यान्वयनमा रहेको छ । तर बीमा कार्यक्रम लागू भएका जिल्लाका स्वास्थ्य सस्थामा गुणस्तरीय उपकरण, जनशक्ति तथा औषधि सर्वसुलभ नभएको कारण सेवाग्राही वीमितले समस्या भोग्नुपरेको छ ।

सांसदहरुले वीमा कार्यक्रम लागू भएको जिल्लाका वीमितले गुणस्तरीय उपकरण, औषधि तथा स्वास्थ्यकर्मीको अभावमा सेवा पाउन नसकेको भन्दै स्वास्थ्य सस्थाको क्षमता बढाउन समेत माग गरेका छन् । सांसद पुष्पा भूसालले स्वास्थ्य सेवाको पहुँच नपुगेका गरिव र दूर्गम क्षेत्रका जनता बीमा कार्यक्रमबाट लाभान्वित हुने भन्दै स्वास्थ्य सस्थाको क्षमता वढाउन ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद देवप्रसाद तिमल्सिनाले वीमा पहुँच नपुगेका एवम् वीमाको पैसा तिर्न नसकेका जनताको तर्फ ध्यान दिन र मिर्गाैला, क्यान्सर र मुटुका रोगको निः शुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद नवराज सिल्वालले बीमा कार्यक्रमका बारेमा अन्य मुलुकले अपनाएको विधि सिक्न आग्रह गर्दै सरकारले हुनेसित लिने र नहुनेलाई दिने नीति अपनाउनुपर्ने धारणा राख्नुभयो । सांसद प्रेम सुवालले सरकारी सेवामा कार्यरत सबैलाई बीमाका कार्यक्रममा आवद्ध गराउन सुझाव दिनुभयो । सांसद रामबहादुर विष्ट अस्पताल र स्वास्थ्य सस्था छ, जनशक्ति छैनन् ? कसरी बीमा कार्यक्रम प्रभावकारी हुन्छ ? भन्ने प्रश्न गर्नुभयो । सांसद नारायणप्रसाद खतिवडाले विपन्न वर्ग ,अति विपन्न वर्ग र आम जनताको बीमा कार्यक्रममा आवद्ध गर्दा ध्यान दिन, त्रिशुली जिल्ला अस्पतालमा तह अनुसार चिकित्सकको व्यवस्था गर्न ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद यज्ञबहादुर बोगटीले सुदूरपश्चिमका जिल्लामा रहेका स्वास्थ्य सस्थामा दरबन्दि अनुसार चिकित्सकको व्यवस्था सहित, उपरकरण र औषधिमा ध्यान दिन माग गर्नुभयो । सांसदले वृजेशकुमार गुप्ता बीमा कार्यक्रमका लागि सरकारले तोकेका अस्पतालमा चिकित्सक नै नहुने गरेको भन्दै निजी क्षेत्रमा पनि बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

स्वास्थ्य बीमा सम्बन्धि प्रस्ताव प्रस्तुतकर्ता सांसद खगराज अधिकारीले सवैलाई स्वास्थ्य सेवा पु¥याउन सातै प्रदेशमा पूर्ण क्षमताका अस्पतालहरुको इमरजेन्सी, आसियु, लगायतको प्रबन्ध गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउनु पर्ने बताउनुभयो । सांसद अधिकारीले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक कानुन, नियम र निर्देशिकाहरु बनाई सम्पूर्ण व्यवस्था गर्नु आवश्यक रहेको बताउनु भयो ।

उक्त प्रस्तावको समर्थक सांसद अन्जना विसंखे र मनकुमारी जिसीले सवै नागरिकको नैसर्गिक अधिकारका रुपमा रहेको स्वास्थ्य सेवा आवश्यकता अनुसार बढाउन स्वास्थय सेवा विस्तार र भएका अस्पतालमा औषधी उपकरणको व्यवस्था हुनु पर्ने बताउनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् मह सेवन गर्नुका फाइदा
Next article आर्थिक अभावका कारण सबै स्थानीय तहमा अस्पताल बनाउन समस्याः राज्यमन्त्री डा.यादव

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131965
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web