• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य केन्द्र पुगेर पनि उपचार नगरी फर्किन बाध्य छन् बिरामी…

March 26th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य केन्द्र पुगेर पनि उपचार नगरी फर्किन बाध्य छन् बिरामी…

हेल्थ टुडे,
जाजरकोट,१२ चैतः बारेकोट गाउँपालिकाको लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा बिरामी समस्यामा परेका छन् । घण्टौ हिडेर स्वास्थ्य केन्द्रमा आउनुपर्ने बाध्यता एकता तिर छदैछ भने अर्कोतिर स्वास्थ्य चौकीमा चिकित्सक नहुँदा उपचार बिनै घर फर्किनुपर्ने बाध्यता अर्को तिर छ । हेर्दा चिटिक्क परेको सुविधायुक्त स्वास्थ्यको भवन, त्यसमा गाउँपालिकाको कार्यालय रहेकाले लिम्सामा चहलपहल बढेपनि चिकित्सक नहुँदा बिरामीको उपचार हुन सकिरहेको छैन् । बिरामीहरु निजी औषधि पसलमा गएर उपचार गराउन बाध्य छन् ।

स्वास्थ्य संस्थामा औषधि र उपकरण भए पनि सञ्चालन गर्ने चिकित्सक नहुँदा सयौँ बिरामी अस्पतालको ढोकाबाटै दिनहुँ फर्कने गर्दछन् । स्वास्थ्य केन्द्रमा एक एमबिबीएस चिकित्सकको दरबन्दी छ । त्यहाँ कार्यरत मेडिकल अधिकृत डा.सन्दीपकिरण प्रधान एमडी अध्ययनका लागि बिदा छन् । त्यसले गर्दा छ महीनादेखि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सा चिकित्सकविहीन भएको हो । चिकित्सक मात्र होइन, नौ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्थामा स्टाफ नर्स, अनमी र ल्याव असिस्टेन्ट पद पनि लामो समयदेखि रिक्त छ ।

आवश्यक उपकरणको व्यवस्था भए पनि ल्याव सेवा सञ्चालनमा नआएको वर्षौं भइसक्यो । बारेकोट गाउँपालिका जिल्लाको अन्य स्थानीय तहमध्ये बढी दुर्गम मानिन्छ । जुम्ला र डोल्पाको सिमाना रहेको बारेकोट गाउँपालिका साविकका चार गाविस मिलेर बनेको छ । बारेकोटबाट जाजरकोट सदरमुकाम आउन तीन दिन लाग्ने गर्छ ।

उपकरण र चिकित्सकको दरबन्दी भएको स्वास्थ्य संस्था लिम्सा भएकाले यहाँ बिरामीको चाप हुने गर्छ । बिरामी बढे पनि चिकित्सक नहुँदा निराश हुनुपर्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन् । स्थानीय औषधि पसलमा उपचार गराएर हजारौँ रकम खर्च गर्न बाध्य भएको बारेकोटवासीको गुनासो छ ।

लिम्सा स्वास्थ्य केन्द्र स्थापना भएको दुई दशक भए पनि प्रभावकारी सेवा प्रवाह नहुँदा दैनिक समस्या हुँदै आएको छ । बारेकोटवासी अहिले पनि एक्सरे, ल्याव सेवा लिनका लागि नलगाड नगरपालिकाको दल्ली र जाजरकोट सदरमुकामस्थित जिल्ला अस्पताल र नेपालगञ्ज जाने गर्दछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हेल्थ टुडेका सम्पादक सहित चिकित्सक र स्वास्थ्य पत्रकारलाई हेल्थ अवार्ड
Next article कुखुरामा रानीखेत रोगको प्रकोप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131681
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web