• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ज्येष्ठ नागरिक स्वास्थ बीमा अभियान सुरु

April 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ज्येष्ठ नागरिक स्वास्थ बीमा अभियान सुरु

हेल्थ टुडे,
काठमाडौ,२ बैशाखः सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा अभियान सुरु गरेको छ । अभियानको पहिलो दिन ५५ जना वृद्धवृद्धाले प्रमाणपत्र लिएका छन् । सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिक र गरीबीको रेखामुनि रहेका विपन्न नागरिकको निःशुल्क बीमा गर्न सहयोग गर्नेछ । १ लाखसम्मको स्वास्थ्य बीमाका लागि नेपाल सरकारले प्रिमियम तिर्ने भएको हो ।

स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्न दुई हजार दुई सय वडा कार्यालयमध्ये एक हजार दुई सयमा स्वास्थ्य चौकी निर्माणका लागि बजेट विनियोजन गरिएको सरकारले जनाएको छ । स्वास्थ्य बिमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ । स्वास्थ्य बीमा लिएकाहरुले स्वास्थ बिमाबाट स्वास्थ्य उपचार सहज हुने भन्दै खुशी व्यक्त गरेका छन् ।

सरकारले सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेकोले ७० वर्षमाथिका ज्येष्ठ नागरिक र विपन्न नागरिकको निःशुल्क बीमा गर्न सहयोग गर्ने जनाएको छ । बीमा कार्यक्रमले गरिबी हटाउन मद्धत पुग्ने भन्दै सबैलाई यसमा आबद्ध हुन सरकारले आह्वान गरेको छ । स्वास्थ बीमा कार्यक्रममा उमेर पुगेका सबै वृद्धवृद्धालाई समावेश गर्न सके कार्यक्रमको प्रभावकारीता अझै बढ्नेछ । यसका लागि कार्यान्वयन पक्षमा भने ध्यान दिनुपर्ने देखिन्छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक गणेश पोखरेलेका अनुसार बि.स. २०७२ मा कैलालीबाट शुरु भएको स्वास्थ्य बीमा हाल ४२ जिल्लामा पुगेको र बाँकी जिल्लामा क्रमशः विस्तार हुनेछ । यस बीमा कार्यक्रममा हालसम्म १६ लाख नागरिक आबद्ध भइसकेका छन् । तीमध्ये ५३ प्रतिशत पुरुष र ४७ प्रतिशत महिला छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकार र चिकित्सकको गैरजिम्मेवारीपनले सरकारी अस्पताल लथालिङ्ग, विरामी मारमा
Next article राष्ट्रपतिद्वारा लाइसेन्समा पटक–पटक फेल भएका चिकित्सक बिभूषित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131845
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web