• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कर्मचारी समायोजन प्रक्रियाको विरोधमा स्वास्थ्य सहायकहरु पनि आन्दोलित

April 18th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कर्मचारी समायोजन प्रक्रियाको विरोधमा स्वास्थ्य सहायकहरु पनि आन्दोलित

हेल्थ टुडे,
काठमाडौ,५ बैशाखः स्वास्थ्य समुहका कर्मचारी समायोजन प्रक्रियाको विरोध गर्दै स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) पनि आन्दोलनमा उत्रिएका छन् । कर्मचारी समायोजनको विरोधमा स्वास्थ्य सेवा नै ठप्प हुने गरी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुको समस्या समाधान नहुदै स्वास्थ्य सहायकहरु पनि आन्दोलनमा उत्रिएपछि स्वास्थ्य समूहमा समायोजन प्रक्रिया झन् जटिल बन्दै गएको छ ।

सरकारी चिकित्सकहरुले अस्पताल नै ठप्प हुने गरी नौ दिन लामो आन्दोलन गरेका थिए । सरकारले माग सम्बोधनको लागि आन्दोलनरत चिकित्सकसंग १५ दिनको समय मागेपछि बैशाख १५ गतेसम्मको लागि सरकारी चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन् । आफुहरुले उठाएका माग सम्बोधन नभए पुनः कडा आन्दोलन गर्ने चिकित्सकहरुले चेतावनी दिईसकेका छन् ।

सरकारी चिकित्सकहरुको माग सम्बोधन बारे छलफल भईरहँदा स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) हरुले पनि समायोजन प्रक्रियामा रहेको व्यापक त्रुटि सच्याउनुपर्ने माग राखी स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई ज्ञापनपत्र पेश गरेका छन् । आफुहरुका माग सुनुवाइ नगरे कडा आन्दोलनमै जाने उनीहरुले चेतावनी दिएका छन् । स्वास्थ्य ऐनमा नै कर्मचारी समायोजन गर्दा एक तह बढाएर समायोजन गर्ने व्यवस्था गरिए पनि एक तह घटाएर स्वास्थ्य सहायकलाई राखिएकोले आन्दोलन गर्नुपरेको स्वास्थ्य सहायकहरुको तर्क छ ।

हेल्थ असिष्टेन्ट संघका बरिष्ठ उपाध्यक्ष दीपेन्द्र खड्काले समायोजनमा एक तह घटुवा गरेकोले आन्दोलित हुनुपरेको बताए । उनले भनेः‘हामीले समायोजन सच्याउन ध्यानाकर्षण मात्र गरेका छौँ, सरकारले हेल्थ असिष्टेन्टको माग सुनुवाइ नगरे कडा आन्दोलनमा जान बाध्य हुनेछौ ।’

यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका कर्मचारीलाई समायोजनमा चित्त नबुझे गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको जनाएको छ । उनीहरुले बिहीबारसम्म गुनासो गर्न सक्नेछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तलब नपाएपछि कर्मचारीद्वारा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा तालाबन्दी
Next article स्वास्थ्य मन्त्रालयको सचिवमा रामप्रसाद थपलिया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web