• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मदिरा सेवन ७० प्रतिशतले बढ्यो, हानिकारक मदिरा सेवन नियन्त्रण गराउने लक्ष्य धेरै टाढा

May 10th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मदिरा सेवन ७० प्रतिशतले बढ्यो, हानिकारक मदिरा सेवन नियन्त्रण गराउने लक्ष्य धेरै टाढा

हेल्थ टुडे,
एजेन्सी,बैशाखः विश्वमा तीस वर्ष अगाडिको भन्दा ७० प्रतिशत धेरै मदिरा उपभोग भइरहेको नयाँ अनुसन्धानले जनाएको छ । एसियाका दुई देश भारत र चीनमा मदिरा सेवनको दर व्यापक रुपमा वृद्धि भएसँगै विश्वमा मदिरा सेवनको दर ७० प्रतिशतले बृद्धि भएको अनुसन्धानले जनाएको हो । यसरी अर्को दशकसम्म सो तथ्याङ्क प्रतिव्यक्ति १७ प्रतिशतले अझ बढ्न सक्ने रिपोर्टमा उल्लेख छ ।

२०३० मै विश्वका आधा भन्दा धेरै वयश्कहरुले मदिरा पिउन थाल्ने र पूरै जनसङ्ख्यामा एक चौथाइले महिनामा एकपटक भएपनि सेवन गर्ने विश्वका १८९ देशहरुमा गरिएको सर्वेक्षणपछि पत्ता लागेको हो ।  अनुसन्धानकर्ताहरुले विश्वभर हानिकारक मदिराको उपभोग कम गराउलक्ष्य धेरै टाढा पुगिसकेको जनाएका छन् । उनीहरुले कर वृद्धि वा तिनको विज्ञापनमाथि प्रतिबन्धलगायतका आक्रामक उपाय अपनाउन अपील गरेका समेत गरेका छन् ।

१९९० भन्दा अघि उच्च आय दर भएका राष्ट्रहरुले मात्र धेरै मदिरा सेवन गर्ने गरेका थिए जसकारण युरोपमा यसको उपभोग दर सबैभन्दा माथि रहेको थियो । तर विस्तारै यसमा परिवर्तन देखा परिरहेको अध्ययनकर्ताले बताएका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अहिले पूर्वी युरोपमा ठूलो सङ्ख्यामा मदिरा सेवन गर्नेहरु घटिरहेका छन् भने अर्कोतर्फ मध्यम आयदर भएका देश जस्तै चीन, भारत र भियतनाममा धेरै ठूलो वृद्धि देखा परिरहेको छ ।

जस्तैः चीनमा पुरुषहरुले वार्षिक ११ लिटर भन्दा धेरै शुद्ध मदिरा पिउने गरेका छन् । यसरी १९९० पछि चीनको मदिरा उपभोग ७० प्रतिशतले वृद्धि भएको हो । रिपोर्टका अनुसार चीनमा ७७ प्रतिशतले एकपटक त मदिरा सेवन गरेकै हुन्छन् । त्यसैगरी भारतमा भने ४० प्रतिशत पुरुष र २२ प्रतिशत महिलाले मदिरा सेवन गर्ने गरेका छन् ।

औसतमा उनीहरुले वार्षिक ६ लिटर शुद्ध मदिरा सेवन गरेको बताइएको छ जुन तुलनात्मक रुपमा कम देखिएपनि सो तथ्याङ्क १९९० पछि दुई गुणाले वृद्धि भएर त्यति पुगेको हो । यस्तोमा वैज्ञानिकहरुले अब २०३० सम्म भारतमा मदिराको उपभोग ५० प्रतिशतले वृद्धि हुने अनुमान गरेका छन् ।

यता मध्यपूर्व र उत्तर अफ्रिकामा भने मदिराको उपभोग प्रति वर्ष प्रति व्यक्ति एक लिटर भन्दा कम रहेको छ । यसरी विश्वभर उपभोग गरिने मदिरामा १५ प्रतिशत बियरका रुपमा र १२ प्रतिशत वाइनका रुपमा सेवन गर्ने गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मुटु रोग लागेको छ कि छैन ? आफै यसरी थाहा पाउन सकिन्छ...
Next article ८.६ प्रतिसत नेपालीलाई मधुमेह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132872
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web