• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 10th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

आर्थिक सर्वेक्षणः ८ महिनामा ४ लाख ८३ हजार बिरामी अस्पताल भर्ना

May 28th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आर्थिक सर्वेक्षणः ८ महिनामा ४ लाख ८३ हजार बिरामी अस्पताल भर्ना

हेल्थ टुडे,
काठमाडौ,१४ जेठः गत साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा नेपालका विभिन्न स्वास्थ्य संस्थामा ४ लाख ८३ हजार बिरामी भर्ना भएका छन् । अर्थमन्त्री डा.युवराज खतिवडाले सोमबार संसदमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्ष २०७५–७६ को फागुन मसान्तसम्ममा ४ लाख ८३ हजार बिरामीहरु अस्पतालमा भर्ना भएका उल्लेख छ । यस्तै, ८ महिनाको अवधिमा नेपालका स्वास्थ्य संस्थाबाट १ करोड ५ लाख पटक ओपीडी सेवा लिएका छन् । आर्थिक सर्वेक्षणका अनुसार देशभरका स्वास्थ्यसंख्याबाट १ करोड ५ लाख पटक स्वास्थ्य सेवा प्रवाह भएको हो ।

८ महिनाको अवधिमा ८ लाख ७५ हजार बिरामीले आकस्मिक सेवा लिएको आर्थिक सर्वेक्षणको तथ्यांकमा उल्लेख छ । अस्पतालबाट ओपीडी, आकस्मिक र भर्ना भएर उपचार सेवा प्रदान गर्नेमा प्रदेश ३ का स्वास्थ्य सेवा अग्रस्थानमा रहेको सर्वेक्षणमा उल्लेख छ । प्रदेशगत विवरण हेर्ने हो भने गत साउनदेखि फागुनसम्ममा प्रदेश नम्बर ३ का स्वास्थ्य संस्थाहरुबाट २७ लाख ६० हजार १ सय ९८ पटक ओपीडी सेवा प्रदान गरिएको छ । यस्तै २ लाख ६१ हजार ५ सय ३१ जनाले भर्ना भएर उपचार गराएका छन् भने, ४ लाख ६० हजार ५ सय १८ हजार बिरामीले आकस्मिक सेवा लिएका छन् ।

यस्तै प्रदेश १ का स्वास्थ्य संस्थाहरुबाट ११ लाख ५६ हजार ४ सय ९८ पटक ओपीडी सेवा प्रदान गरिएको छ । यस्तै ६७ हजार ६ सय ३९ जनाले भर्ना भएर उपचार गराएका छन् भने १ लाख ९ हजार ७ सय २७ हजार बिरामीले आकस्मिक सेवा लिएका छन् ।

यस्तै प्रदेश २ का स्वास्थ्य संस्थाहरुबाट १९ लाख ४३ हजार ७ सय १० पटक ओपीडी सेवा प्रदान गरिएको छ । यस्तै ९ हजार ६ सय १९ जनाले भर्ना भएर उपचार गराएका छन् भने, १५ हजार ७ सय २८ हजार बिरामीले आकस्मिक सेवा पाएका छन् ।

यस्तै, गण्डकी प्रदेश भित्रका स्वास्थ्य सेवाले पनि ८ महिनाको अवधिमा १० लाख ७७ हजार ४ सय ९६ पटक ओपीडी सेवा प्रदान गरेका छन् भने ३९ हजार २ सय ९५ जना बिरामीलाई भर्ना गराएर उपचार सेवा दिएको छ । गण्डकी प्रदेश भित्रका स्वास्थ्य सेवाबाट ८३ हजार ४ सय ७८ बिरामीले आकस्मिक सेवा लिएको आर्थिक सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, प्रदेश नम्बर ५ मा १६ लाख ९४ हजार ५ सय २८ पटक ओपीडी सेवा प्रवाह भएको छ भने ६७ हजार ७ सय १४ जनाले भर्ना भएर उपचार सेवा लिएका छन् । प्रदेश पाँचभित्रका स्वास्थ्य सेवाले ९१ हजार ६ सय ६८ जनालाई आकस्मिक सेवा दिएका छन् ।

कर्णाली प्रदेशभित्र साउनदेखि फागुन अन्तिमसम्ममा ६ लाख ५४ हजार ९ सय ३५ जनाले ओपीडी सेवा लिएका छन् । कर्णाली प्रदेशभित्रका स्वास्थ्य सेवामा ८ महिनामा २० हजार ९ सय ३९ जना बिरामीले भर्ना भएर उपचार सेवा लिएका छन् भने ३६ हजार ७ सय ११ जनाले आकस्मिक सेवा लिएका छन् ।

यस्तै सुदूरपश्चिममा १२ लाख ४४ हजार ९ सय ६० जनाले ओपीडी सेवा पाएका छन् भने १६ हजार ८ सय ७१ जनाले भर्ना भएर उपचार सेवा लिएका छन् । सुदूपश्चिम प्रदेशका स्वास्थ्य सेवाबाट ७७ हजार ३ सय ५३ जनाले आकस्मिक सेवा लिएका छन् ।

गत आर्थिक वर्षमा देशभरका स्वास्थ्य सेवाबाट २ करोड १३ लाख ४९ हजार ५ सय १६ पटक ओपीडी सेवा पाएका थिए । देशभर हाल १ सय २५ वटा अस्पताल, ३ सय ८४ वटा आयुर्वेद अस्पताल तथा औषधालय गरी ४ हजार ५ सय १५ वटा स्वास्थ्य सेवा सञ्चालनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के हो थाइराइड ? कसरी थाहा पाउने ?
Next article कान्ति बाल अस्पतालमा युरोलोजी सम्वन्धी ओपिडी सेवा सुरु

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132107
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web