• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणजन्य रोग फैलिएको छैनः स्वास्थ्य मन्त्रालय

July 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणजन्य रोग फैलिएको छैनः स्वास्थ्य मन्त्रालय

हेल्थ टुडे,
काठमाडौ,३१ असारः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म बाढी प्रभावित क्षेत्रमा कुनै पनि सङ्क्रमणजन्य सरुवा रोग नफैलिएको स्पष्ट पारेको छ । मन्त्रालयका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख चूडामणि भण्डारीले तराईलगायत बाढी तथा पहिरो प्रभावित जिल्लाहरूबाट कुनै किसिमको रोग फैलिएको भन्ने जानकारी हालसम्म प्राप्त नभएको जनाएका छन् ।

मन्त्रालयले प्रदेश सरकारसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रमा रोग लाग्न सक्ने सम्भावनालाई ध्यान दिई स्वास्थ्य र सरसफाइ, जनचेतनासम्बन्धी कार्य सुरु गरिसकेको उनले जानकारी दिएका छन् । भण्डारीले स्वास्थ्य मन्त्रालयबाट चिकित्सकसहितको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर जनचेतना, स्वास्थ्य तथा सरसफाइसम्बन्धी काम सुरु गरिसकेको बताएका छन् ।

यसैबीच, नेपाल नर्सिङ संघले तराईलगायत बाढी पहिरो प्रभावित क्षेत्रमा भएका नर्सलाई बाढी, पहिरो तथा डुबानमा परेका पीडित परिवारको उद्धार तथा उपचारमा लाग्न निर्देशन दिएको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा गई पीडितको उद्धार गर्न निर्देशन दिएको हो ।

यस्तै, नेपाल चिकित्सक संघले पनि बाढी, पहिरो तथा डुबानमा परेका पीडित परिवारको उद्धार तथा उपचारमा खटिन निर्देशन दिईसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिपी स्वास्थ्य प्रतिष्ठानका पूर्वउपकुलपतिसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा
Next article बाढीग्रस्त क्षेत्रमा सर्पदंशको डर, ५ जना अस्पताल भर्ना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133119
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web