• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बिरामीको अत्यधिक चाप बढेपछि हेटौँडा अस्पतालको सेवा नै प्रभावित

September 28th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बिरामीको अत्यधिक चाप बढेपछि हेटौँडा अस्पतालको सेवा नै प्रभावित

हेल्थ टुडे,
हेटौँडा,११ असोजः पछिल्ला केहिदिनयता हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका अनुसार तीन सय बिरामीको उपचार क्षमता रहेको उक्त अस्पतालमा ५०० देखी ७०० सम्म उपचारका लागि बिरामी आउने गरेका छन् । उपचारका लागि अस्पताल आउने बिरामीको चाप अत्यधिक बढेपछि उनीहरु श्यया कुरेर बस्न बाध्य भएका छन् । विगत दुई वर्षदेखि बीमा कार्यक्रम लागू भएकाले उपचार गर्नेहरूको सङ्ख्या बढेको र वर्षायाम शुरू भएदेखि डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपनि अस्पतालको क्षमता बढाउन नसकिएकाले श्यया अभावको समस्या विकराल बन्दै गएको अस्पतालले जनाएको छ ।

श्यया अभावकै कारण चिकित्सकले भर्ना गर्नुपर्छ भनेका बिरामीहरूमध्ये पनि कतिपय श्यया नपाएर अन्यत्र गएका छन् । कतिपय बिरामी श्ययाका लागि कुरेर श्यया बाहिर बस्ने गरेका छन् । एउटा चिकित्सकले ४५ जनासम्म बिरामीको उपचार गर्ने भनिएकोमा पछिल्लो समय एउटा चिकित्सकले कम्तीमा १०० देखि १५० सम्म बिरामी जाँच गर्नुपरेको अस्पतालले जनाएको छ ।

दैनिक ५०–६० बच्चाको स्वास्थ्य जाँच भइरहेको उक्त अस्पतालमा हाल १५० सम्म बच्चा बिरामी भएर आउने गरेका छन् । बच्चामा डेङ्गु, स्क्रबटाइफसलगायत समस्या देखिएका छन् । अस्पतालको आकस्मिक कक्षमा रहेको आठ श्ययामा २० भन्दा बढी बिरामी राख्नुपरेको अस्पतालले जनाएको छ । अस्पतालले नयाँ निर्माणाधीन भवन तयार नभएसम्म अझै १० महीनासम्म अस्पतालको हालको समस्यालाई व्यवस्थापन गर्न कठिनाइ हुने जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हेल्थ एण्ड ब्युटी एक्स्पो मंसिर पहिलो साता
Next article एक साताअघि मात्रै जिम्मेवारी सम्हालेका औषधि व्यवस्था विभागका महानिर्देशक ढकालको सरुवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131845
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web