• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा सर्वव्यापी पहुँचबारे प्रदेश २ मा बहस

December 16th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा सर्वव्यापी पहुँचबारे प्रदेश २ मा बहस

हेल्थ टुडे,
जनकपुर : स्वास्थ्यमा सर्वव्यापी पहुँच अर्थात युनिभर्सल हेल्थ कभरेजका बिषयमा प्रदेश नम्बर २ मा प्रदेश स्तरमा बहस प्रारम्भ भएको छ । युनिभर्सल कभरेज दिवसको अवसर पारेर प्रदेश २ को राजधानी जनकपुरधाममा स्वास्थ्यमा सर्ववयापी पहुँच विषयक उच्च स्तरीय बहुक्षेत्रीय समूहगत छलफल आयोजन गरी बृहत नीतिगत बहसको शुरुवात गरिएको हो । शनिवार नेपाल बार एशोसिएशन धनुषाको सभा हलमा स्वास्थ्यमा सबैको सर्वव्यापी पहुँच बढाउनको लागि भोर नामक संस्थाले प्रदेशलाई सशक्त बनाउन प्रदेश २ का बहुक्षेत्रीय सरोकारवाला निकायको सहभागितामा बहस गराएको हो ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचको मुद्दालाई संघीय सरकारले राष्ट्रिय स्तरमा राजनीतिक प्रतिबद्घता तथा नीतिगत सम्बोधन गरि सकेको छ । तर मुलुकमा संघीयता कार्यान्वयन शुरु भई प्रदेश सरकार तथा स्थानीय सरकारहरु गठन भई शासन संचालन भई रहेको २ वर्ष भन्दा पनि बढी बितिसक्दा पनि यस मुद्दाले प्रदेश तथा स्थानीय स्तरमा प्रवेश पाएको छैन । ‘यस विषयमा प्रदेश स्तरमा राजनीतिक प्रतिबद्घता, नीतिगत तथा योजना स्तरमा सम्बोधन नगरीकन प्रदेश स्तरमा स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त गर्न सकिदैन, भोरका अध्यक्ष राज कुमार महतोले भने, ‘ त्यस कारण प्रदेश सरकार तथा स्थानीय सरकारलाई सहयोग गर्न उक्त उच्च स्तरीय प्यानल डिस्कसन मार्फत बृहत बहस थालिएको हो । ’ महतोले कार्यक्रम क्रमशः अरु प्रदेशहरुमा पनि संचालन गरीने जानकारी दिए । कार्यक्रम प्रदेश २ का स्थानीय तहका सरकार प्रमुख तथा प्रदेश सांसद, राजनितिक दल, शैक्षिक संस्था, संचारकर्मी, सहयोगी निकाय नागरिक समाज गरी अन्य बहुक्षेत्रीय सरोकारवालाहरु माझ अझै बिस्तृत रुपमा संचालन गरिने योजना रहेको जानकारी भोरकै कोषाध्यक्ष पचुलाल माझीले जनाए ।
उक्त प्यानल डिस्कसनमा सामाजिक अभियन्ता प्रकाश थारु, विश्व स्वास्थ्य संगठन प्रदेश २ का प्रादेशिक स्वास्थ्य अधिकृत रमेश यादव, सामाजिक विकास मन्त्रालयका डा. नवल किशोर झा, यूएनएफपिए प्रदेश २ प्रमुख डा. नरेन्द्र मिश्र, जानकी मेडिकल कलेजका प्राध्यापक डा. नन्द किशोर साह, युनिसेफ प्रदेश २ का स्वास्थ्य अधिकृत बेकी प्रसाई, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रिकुं गायत्री मिश्र गरी सात जना विभिन्न क्षेत्रका जिम्मेवार व्यक्तिहरु प्यानलिस्टको रुपमा सहभागी थिए । भोरका अध्यक्ष तथा जनस्वास्थ्य विद राज कुमार महतोले सहजीकरण गरेका उक्त प्यानल डिस्कसनमा १७३ जना बहुक्षेत्रीय व्यक्तिहरुको सहभागीता रहको थियो । कार्यक्रमको व्यवस्थापन भोरका पचुलाल माझी, उमेश कुमार साह, नागेन्द्र साह, सुन्दर सदा, विजय माझी, धर्मेन्द्र साह र अशोक महतोले गरेका थिए ।
कार्यक्रममा जानकी मेडिकल कलेजका प्राध्यापक डा. नन्द किशोर साहले प्रेदशमा उत्पादन भइरहेको चिकित्सकहरु प्रयाप्त भएपनि विभिन्न कारणले मेडिकल पेशामा टिक्न नसकेको र गुणस्तरीय सेवा दिन नसकेको औल्याए । सरकारले रोजगारीको उचित व्यवस्था नगर्दा स्वास्थ्य क्षेत्रका अधिकांश जनशक्ति विदेश तिर र अन्य क्षेत्रमा पलायन भइरहेको उनले बताए ।
यस्तै, स्वास्थ्यमा पत्रकारको भुमिकाको विषयमा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गायत्री मिश्रले चर्चा गरेकी थिइन । अबको दिनमा स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सरसफाई, निर्माण कार्य, आर्थिक उन्नती लगायत विभिन्न क्षेत्रहरु एकीकृत रुपमा सहकार्य गरेर अगाडी बढनु पर्छ अनि मात्र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न सकिन्छ, युएनएफपीएका डा. नरेन्द्र मिश्रले बताए ।
कार्यक्रममा सामाजिक अभियन्ता सरोज रायले गरिब, आन्दोलनका घाइते र पिछडिएका वर्गको जिम्मा कसले लिने? भन्दै जिज्ञासा राखेका थिए । अभियन्ता रायको जिज्ञासालाई जवाफ फर्काउदै प्रदेश २ सरकार, सामाजिक मन्त्रालय, नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखाका प्रमुख डा. झाले प्रदेश सरकारले आफ्नो काम गम्भिरतापुर्वक गरिरहेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जाडोमा दमको कहर
Next article त्रिविका विद्यार्थीले सात वटा अस्पतालमा एक लाखसम्म उपचार खर्च पाउने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134355
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web