• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2021
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

जाडो मौसम, छाला सुक्खा हुने समस्या र त्यसको समाधन

December 17th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडो मौसम, छाला सुक्खा हुने समस्या र त्यसको समाधन

डा. सञ्जुबाबु श्रेष्ठ,
जाडो मौसममा छाला सुक्खा हुन्छ । हरेक व्यक्तिको शरीरका लागि छाला रक्षा कवच हो । छाला शरीरको सबैभन्दा ठूलो भाग पनि हो । मानिसको सुन्दरता छालासँग जोडिएको हुन्छ । जाडोले छालालाई नकारात्मक असर गर्छ । त्यो नराम्रो असर भनेकै छाला सुक्खा हुनु हो । सुक्खापनका कारण जाडो मौसममा छालासम्बन्धी विभिन्न समस्याहरु देखिने गर्छन् । जाडोमा चाया, पोतो बढी हुनुको प्रमुख कारण पनि छाला सुक्खा हुनु नै हो । जाडो मौसममा हामी धेरैजसो घाम ताप्ने गर्छौ । एसीमा बस्न मन पराउछौं वा हिटर तापेर बस्छौं । यसले हाम्रो छाला भित्रको नमीपन (चिल्लोपन) लाई सुक्खा बनाइदिन्छ । छाला सुक्खा भएपछि छाला रातो हुन्छ । यसपछि छाला फुट्ने गर्छ । हात, खुट्टा वा ओठ फुट्ने समस्याको प्रमुख कारण छाला सुक्खा हुनु नै हो । जाडो मौसममा चिसो पानीले नुहाउन गाह्रो हुन्छ । त्यसैले हामी तातो पानीले नुहाउछौं । तातो पानीले पनि हाम्रो शरीरमा रहेको नमीपन (चिल्लोपन) हरूलाई चुसिदिन्छ र छाला सुक्खा हुन्छ । यसका अलावा हामीले प्रयोग गर्ने साबुन बढी केमिकलयुक्त भए यसको नकारात्मक असरसमेत छालामा पर्छ । बढीजसो धेरै लुगा धुने र भाँडाकुँडा माझ्नेमा छाला खुक्खा हुने समस्या बढी हुने गरेको पाइन्छ । यसरी सुक्खा छाला हुनबाट जोगाउन विभिन्न तरिका अपनाउन सकिन्छ । छाला सुक्खा हुनबाट जोगाउन सबैभन्दा महत्वपूर्ण कुरा हो, छालालाई घामबाट जोगाउनु । यसको लागि नियमित लोसन लगाउनु पर्छ । अमेरिकन प्रविधिबाट उत्पादन गरिएको लक्जरीयस–टी सन ब्लक लोसनको प्रयोग गर्न सकिन्छ । यसले सूर्यका हानिकारक किरणबाट अनुहारको त्वचालाई सुरक्षा प्रदान गर्छ । अर्को कुरा हामीले नुहाउदा केमिकलयुक्त सावुनको प्रयोग कम गर्नु पर्छ । जाडोमा सकभर हिटरको प्रयोग कम गर्नु पर्छ । नुहाई सकेपछि मास्चराइजर प्रयोग गर्नु बिर्सनु हुँदैन । मास्चराइजरले बाहिरको छालालाई मात्र सुक्खा हुनबाट बचाउँदैन कि भित्रको चिल्लोपनलाई पनि बाहिर आउन दिँदैन । मास्चराइजर नियमित लगाउनु पर्छ र यो चिकित्सकको सल्लाह अनुसार लगाउनु पर्छ । आफू खुसी वा यो त राम्रो छ भन्ने हल्लाका भरमा किन्नु र प्रयोग गर्नु हुँदैन । बास्नायुक्त र अल्कोहल मिक्स मास्चराइजर प्रयोग गर्नु हुँदैन । छाला सुक्खा हुनबाट बचाउन सकभर बिहान चिसोमा बाहिर निस्कनु हुँदैन । निस्कनु पर्ने अवस्था भएमा टोपी, गलबन्दी, मोजा, पन्जा, स्विटर लगाएर मात्र निस्कनु पर्छ । सुक्खा छाला हुनबाट बचाउन र भइसकेपछि निको पार्ने सबै भन्दा प्रभावकारी उपचार हो, नरिवल तेल । नरिवल तेलमा ल्यानोलिन र लैरिक एसिड मिलेको हुन्छ । यो छालाको लागि सबैभन्दा राम्रो हो । बजारमा पाइने विभिन्न ब्रान्डका नरिवल तेलहरूमध्ये एक्ट्रा भर्जिन नरिवल तेललाई पनि राम्रो ब्रान्ड मान्न सकिन्छ । यो नवजात शिशुको मालिसका लागि पनि उपयुक्त हुन्छ । यसका अलावा सनफ्लावरको तेल पनि उपयुक्त हुन्छ । एभोकार्डोको तेलमा पनि भिटामिन सी र डी मिसिएको हुन्छ । त्यसैले यो पनि प्रयोग गर्न सकिन्छ । कसैकसैले तोरीको तेल पनि सुक्खा छाला भएको अवस्थामा प्रयोग गर्ने गरेको पाइन्छ । तर हामी तोरीको तेललाई सिफारिस गर्दैनौं । किनकि तोरीको तेलको प्रयोग गर्नाले छालाको रंग कालो हुन्छ । ( डर्माटोलोजिस्ट डा. श्रेष्ठ, मेडीसिटी हस्पिटलमा कार्यरत छन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जाडोमा दमको कहर
Next article औषधि र फुडसप्लिमेन्ट फरक फरक चिज हुन

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

Leave a Reply Cancel reply

Timeline
Mar 3rd 9:42 AM
समाचार

सभामुख, मन्त्रीहरु र सांसदहरुले लगाए कोरोनाविरुद्धको खोप

Feb 27th 7:51 AM
समाचार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार, शरीरको दाहिने भाग चल्न थालेको डा. झाको भनाई

Feb 21st 10:49 AM
समाचार

भारतबाट किनेको १० लाख डोज कोभिड १९ विरुद्धको खोप आइपुग्यो,पालैपालो सबैलाई खोप

Feb 17th 11:42 AM
समाचार

डाक्टरको फि बढ्यो, कस्को कति ?

Feb 14th 1:22 AM
समाचार

बाग्मती प्रदेशले क्यान्सर विरामीलाई थप ५० हजार उपचार खर्च दिने

Feb 14th 1:13 AM
समाचार

ताप्लेजुङबाहेक प्रदेश १ का १३ जिल्लामा लागु भयो स्वास्थ्य विमा, विमा गराउनेको संख्या ११ लाख

Feb 10th 7:50 AM
समाचार

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन : डब्लूएचओ’

Jan 30th 2:30 PM
समाचार

देउराली जनताको ३० औं बार्षिकोत्सव

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1029
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

9
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2020. All rights reserved.
Designed & Developed By : Nepsol Web