• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

जाडो मौसम, छाला सुक्खा हुने समस्या र त्यसको समाधन

December 17th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडो मौसम, छाला सुक्खा हुने समस्या र त्यसको समाधन

डा. सञ्जुबाबु श्रेष्ठ,
जाडो मौसममा छाला सुक्खा हुन्छ । हरेक व्यक्तिको शरीरका लागि छाला रक्षा कवच हो । छाला शरीरको सबैभन्दा ठूलो भाग पनि हो । मानिसको सुन्दरता छालासँग जोडिएको हुन्छ । जाडोले छालालाई नकारात्मक असर गर्छ । त्यो नराम्रो असर भनेकै छाला सुक्खा हुनु हो । सुक्खापनका कारण जाडो मौसममा छालासम्बन्धी विभिन्न समस्याहरु देखिने गर्छन् । जाडोमा चाया, पोतो बढी हुनुको प्रमुख कारण पनि छाला सुक्खा हुनु नै हो । जाडो मौसममा हामी धेरैजसो घाम ताप्ने गर्छौ । एसीमा बस्न मन पराउछौं वा हिटर तापेर बस्छौं । यसले हाम्रो छाला भित्रको नमीपन (चिल्लोपन) लाई सुक्खा बनाइदिन्छ । छाला सुक्खा भएपछि छाला रातो हुन्छ । यसपछि छाला फुट्ने गर्छ । हात, खुट्टा वा ओठ फुट्ने समस्याको प्रमुख कारण छाला सुक्खा हुनु नै हो । जाडो मौसममा चिसो पानीले नुहाउन गाह्रो हुन्छ । त्यसैले हामी तातो पानीले नुहाउछौं । तातो पानीले पनि हाम्रो शरीरमा रहेको नमीपन (चिल्लोपन) हरूलाई चुसिदिन्छ र छाला सुक्खा हुन्छ । यसका अलावा हामीले प्रयोग गर्ने साबुन बढी केमिकलयुक्त भए यसको नकारात्मक असरसमेत छालामा पर्छ । बढीजसो धेरै लुगा धुने र भाँडाकुँडा माझ्नेमा छाला खुक्खा हुने समस्या बढी हुने गरेको पाइन्छ । यसरी सुक्खा छाला हुनबाट जोगाउन विभिन्न तरिका अपनाउन सकिन्छ । छाला सुक्खा हुनबाट जोगाउन सबैभन्दा महत्वपूर्ण कुरा हो, छालालाई घामबाट जोगाउनु । यसको लागि नियमित लोसन लगाउनु पर्छ । अमेरिकन प्रविधिबाट उत्पादन गरिएको लक्जरीयस–टी सन ब्लक लोसनको प्रयोग गर्न सकिन्छ । यसले सूर्यका हानिकारक किरणबाट अनुहारको त्वचालाई सुरक्षा प्रदान गर्छ । अर्को कुरा हामीले नुहाउदा केमिकलयुक्त सावुनको प्रयोग कम गर्नु पर्छ । जाडोमा सकभर हिटरको प्रयोग कम गर्नु पर्छ । नुहाई सकेपछि मास्चराइजर प्रयोग गर्नु बिर्सनु हुँदैन । मास्चराइजरले बाहिरको छालालाई मात्र सुक्खा हुनबाट बचाउँदैन कि भित्रको चिल्लोपनलाई पनि बाहिर आउन दिँदैन । मास्चराइजर नियमित लगाउनु पर्छ र यो चिकित्सकको सल्लाह अनुसार लगाउनु पर्छ । आफू खुसी वा यो त राम्रो छ भन्ने हल्लाका भरमा किन्नु र प्रयोग गर्नु हुँदैन । बास्नायुक्त र अल्कोहल मिक्स मास्चराइजर प्रयोग गर्नु हुँदैन । छाला सुक्खा हुनबाट बचाउन सकभर बिहान चिसोमा बाहिर निस्कनु हुँदैन । निस्कनु पर्ने अवस्था भएमा टोपी, गलबन्दी, मोजा, पन्जा, स्विटर लगाएर मात्र निस्कनु पर्छ । सुक्खा छाला हुनबाट बचाउन र भइसकेपछि निको पार्ने सबै भन्दा प्रभावकारी उपचार हो, नरिवल तेल । नरिवल तेलमा ल्यानोलिन र लैरिक एसिड मिलेको हुन्छ । यो छालाको लागि सबैभन्दा राम्रो हो । बजारमा पाइने विभिन्न ब्रान्डका नरिवल तेलहरूमध्ये एक्ट्रा भर्जिन नरिवल तेललाई पनि राम्रो ब्रान्ड मान्न सकिन्छ । यो नवजात शिशुको मालिसका लागि पनि उपयुक्त हुन्छ । यसका अलावा सनफ्लावरको तेल पनि उपयुक्त हुन्छ । एभोकार्डोको तेलमा पनि भिटामिन सी र डी मिसिएको हुन्छ । त्यसैले यो पनि प्रयोग गर्न सकिन्छ । कसैकसैले तोरीको तेल पनि सुक्खा छाला भएको अवस्थामा प्रयोग गर्ने गरेको पाइन्छ । तर हामी तोरीको तेललाई सिफारिस गर्दैनौं । किनकि तोरीको तेलको प्रयोग गर्नाले छालाको रंग कालो हुन्छ । ( डर्माटोलोजिस्ट डा. श्रेष्ठ, मेडीसिटी हस्पिटलमा कार्यरत छन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जाडोमा दमको कहर
Next article औषधि र फुडसप्लिमेन्ट फरक फरक चिज हुन

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web