• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

औषधि र फुडसप्लिमेन्ट फरक फरक चिज हुन

December 20th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि र फुडसप्लिमेन्ट फरक फरक चिज हुन

सुरेन्द्र मानन्धर,

आयुर्वेद, युनानी, एलोपैथी, होमियोपेथी, नेचअरोपेथी आदि जस्ता तमाम प्रख्यात उपचार पद्धतिहरू संसारमा उपलब्ध छन्, जसलाई मानिसमा हुने रोगको विरुद्ध प्रयोग गरिन्छ । यसको मूल उद्देश्य मानिसलाई स्वास्थ्य लाभ दिनु हो । र यिनका प्रविधिहरूलाई पनि फरकफरक किसिमले रोगको विरुद्ध प्रयोग गर्ने प्रमाणित विधिहरू छन् ।
ड्ड तर मानव सभ्यताले फड्को मारेको यो आधुनिक युगमा आजसम्म पनि चिकित्साका यी विधि र प्रविधिले रोग लाग्न नै नदिने भन्ने कुरामा विचार पु¥याएको देखिन्न । अहिलेसम्मको स्वास्थ्यसम्बन्धी अध्ययनहरूलाई सरसर्ती हेर्ने हो भने मानिस जन्मेदेखि मृत्युवरण गर्दासम्म यदि कुनै चिजको महत्व छ भने त्यो हो आहार, जसले हामीलाई चाहिने पोषण प्रदान गर्दछ । फलस्वरूप हाम्रो शरीरको विकासलाई गति मिल्छ ।
औषधि विज्ञानका पिता ग्रिक फिजिसियन हिप्पोक्र्याटले आहारलाई महत्व दिँदै भनेका छन्ः तपाईंले खाने खाना नै तपाईंको औषधि हो । यस्तै एल. बेलोज, आर. मोरे र ए. ग्रोसले भिटामिन, मिन्रल्स, हर्ब्स, एमिनो एसिड्स, इन्जाइम्स भएको खाना मात्र सन्तुलित खाना हुने बताएका छन् ।
डाइटरी सप्लिमेन्टको अवधारणाको विकास नै खाद्यपदार्थबाट अपुग हुने पोषकतत्वहरूको कमी र त्यसवाट आइपर्ने जटिलतालाई टार्ने भन्ने देखिन्छ । नेपालमा डाइटरी सप्लिमेन्टको प्रचलनको इतिहासको आधिकारिक तथ्य पाइँदैन । विदेशमा रहेका आफन्तहरूले पठाएको माछाको तेल,क्याल्सियम,एन्टिअक्सिडेन्टका क्याप्सुल,प्रोटिन पाउडर आदिको सेवन गर्ने केही धनाढहरूबीच यसको जानकारीछ । आम नेपालीले यसबारे थाहा पाएको एक दशक मात्र भएकोछ । ट्याबलेट, क्याप्सुलजस्ता स्वरूपमा भएका डाइटरी सप्लिमेन्ट औषधि होइन मूलभूत रूपमा औषधि भन्नाले रोगको निदान, उपचार वा रोकथामका लागि प्रयोग गरिन्छ । डाइटरी सप्लिमेन्टको प्रयोग शरीरलाई चाहिने तर दैनिक खानपानवाट पूर्ण मात्रामा प्राप्त हुन नसकेको अवस्थामा पूरकको रूपमा गरिन्छ । तसर्थ, डाइटरी सप्लिमेन्ट औषधि होइन, केवल पूरक प्रशोधित खाद्यपदार्थ वुझ्नु जरुरीछ ।
औषधि र आहारपूरक खाद्य पदार्थमा भिन्नता प्रस्ट हुने गरी अमेरिकन फुड एन्ड ड्रग एडमिनिस्टेसनले पनि सप्लिमेन्ट फुडका विषयमा स्पष्ट परिभाषा दिएको छ । आहारपूरकका खाद्य पदार्थहरू औषधि पसललगायत अन्य पसलबाट समेत सहजै उपलब्ध हुन सक्छ जस्लाई कुनै चिकित्सकले सिफारिस गरिरहनु पर्दैन । हाम्रो देशमा एउटै छानामा सबै औषधिलगायत आहारपूरक खाद्यपदार्थ, पानी, बालआहार, सर्जिकल समान, सेनिटरी प्याड आदि उपलब्ध हुनुपर्नेमा व्यवसायीहरूले आयात गरेको प्रशोधित आहारपूरक खाद्यवस्तुहरूलाई प्रतिबन्धित औषधि भनी बिक्रीसमेत गर्न नदिई विवादको स्थिति सिर्जना गरेको देखिन्छ ।
हाम्रो देशको आर्थिक सबलतामा र जनस्वास्थ्यमा फुडसप्लिमेन्टले पु¥याएको टेवा सराह्रनीय छ । झन्डै ५०० करोड मूल्यबराबरको फुडसप्लिमेन्टहरूबर्सेनि हाम्रो देशमा भित्रिने गर्दछन । फुडसप्लिमेन्ट शीर्षक ्अन्तर्गत गत साउनमा मात्र लगभग ३ करोड बराबरको भन्सार महसुलबापत राजस्व असुली भएको देखिन्छ । करिब दुई हजार ब्रान्डका फुडसप्लिमेन्टलाई नेपाल सरकारले अनुमति दिइसकेको छ । जसमा करिब २५० जना आयातकर्ताको करोडौंको लगानी भइसकेको छ । यस व्यवसायअन्तर्गत करिब १५ हजार युवाहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।
फुडसप्लिमेन्टहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत मान्यता प्राप्त गरिसकेको र त्यस्ता वस्तुहरू औषधिजन्य पदार्थ नभई रिकोमेन्डेड डेली अलाउन्सको मात्रामा विद्यमान अवस्थामा विश्व बजारमा प्रचलनमा रहेकोले गुणस्तर र आम उपभोक्ताको स्वास्थ्य र सुविधाको लागि वैज्ञानिक तथ्यको आधार र राज्यको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको विश्लेषण प्रतिवेदन, निर्यात गर्ने राष्ट्रको कानुनी प्रक्रिया, असल उत्पादन अभ्यास आदि प्रमाणहरूको आधारमा रहेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमार्फत उत्पादन, दर्ता तथा आयात प्रक्रिया अगाडि बढाउने गरेमा यस कार्यलाई अझ व्यवस्थित र मर्यादित बनाउन सकिने आजको माग देखिन्छ ।
(मानन्धर, फ्यानक्यानका केन्द्रीय अध्यक्ष हुन् ।)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जित्ने दाबी सहित डा.लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले जारी गर्यो चुनावी घोषणा पत्र
Next article जाडो मौसम, छाला सुक्खा हुने समस्या र त्यसको समाधन

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web