• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एक तिहाई महिलामा आङ खस्ने समस्या

January 13th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एक तिहाई महिलामा आङ खस्ने समस्या

हेल्थ टुडे,
विराटनगर, २८ पुष : भोजपुरको हतुवागढीमा पाठेघर खस्ने (आङ खस्ने) समस्या भएका महिलाको संख्या अत्यधिक रहेको पाइएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा रोट्र्याक्ट क्लब अफ धरान घोपा र रोटरी क्लब अफ धरान घोपाले सञ्चालन गरेको शिविरमा १ हजार ३ सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । स्त्री रोगअन्तर्गत ३ सय जनाको परीक्षण गरिएकोमा १ सय बढीमा आङ खस्ने रोग भेटिएको थियो । ८३ जनालाई रिङ पेसरी लगाएर अस्थायी समाधान गरिएको शिविरमा उपचारमा संलग्न स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा कृष्ण महर्जनले बताए ।
बालविवाह, कम उमेरमा गर्भवति हुने, भारी सामान उठाउने, पोषक तत्व कम हुने, वर्षेनी बच्चा जन्माउनेलगायत कारणले हतुवगढीका महिलामा आङ खस्ने समस्या बढी देखिएको हुनसक्ने शिविर संयोजक विजयानन्द यादवको आकलन छ । उनका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गर्नेमा बालविवाह गरेका कम उमेरका १५ बालिका पनि थिए ।
दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आङ खस्ने समस्यापछि हाडजोर्नीका समस्या भएका बिरामी धेरै पाइएको थियो । शिविर संयोजक तथा रोट्र्याक्ट क्लबका लागि प्रमुख संयोजक प्रतिक्षा केसीका अनुसार यो संख्या करिब ३ सय थियो । हाडजोर्नीका बिरामी बढी भेटिएको सम्बन्धमा भने थप अनुसन्धन नै गर्नुपर्ने देखिएको चिकित्सकहरूले बताए । थप उपचार गर्नुपर्ने देखिएका बिरामीलाई प्रतिष्ठानमा बोलाइएको थियो । शिविरमा ६० भन्दा बढी चिकित्सक, नर्स र प्राविधिकहरू सहभागी थिए । एक तिहाई महिलामा पाठेघर खस्ने समस्या देखिएपछि यसको उपचारका लागि सबै पक्ष लाग्नु पर्नेमा सरोकारवाला महिलाले जोड दिएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागेको दुर्गा प्रसाईंको आरोप
Next article औषधिको प्रयोग नै नगरी यसरी घटाउन सकिन्छ रक्तचाप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131845
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web