• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एक तिहाई महिलामा आङ खस्ने समस्या

January 13th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एक तिहाई महिलामा आङ खस्ने समस्या

हेल्थ टुडे,
विराटनगर, २८ पुष : भोजपुरको हतुवागढीमा पाठेघर खस्ने (आङ खस्ने) समस्या भएका महिलाको संख्या अत्यधिक रहेको पाइएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा रोट्र्याक्ट क्लब अफ धरान घोपा र रोटरी क्लब अफ धरान घोपाले सञ्चालन गरेको शिविरमा १ हजार ३ सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । स्त्री रोगअन्तर्गत ३ सय जनाको परीक्षण गरिएकोमा १ सय बढीमा आङ खस्ने रोग भेटिएको थियो । ८३ जनालाई रिङ पेसरी लगाएर अस्थायी समाधान गरिएको शिविरमा उपचारमा संलग्न स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा कृष्ण महर्जनले बताए ।
बालविवाह, कम उमेरमा गर्भवति हुने, भारी सामान उठाउने, पोषक तत्व कम हुने, वर्षेनी बच्चा जन्माउनेलगायत कारणले हतुवगढीका महिलामा आङ खस्ने समस्या बढी देखिएको हुनसक्ने शिविर संयोजक विजयानन्द यादवको आकलन छ । उनका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गर्नेमा बालविवाह गरेका कम उमेरका १५ बालिका पनि थिए ।
दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आङ खस्ने समस्यापछि हाडजोर्नीका समस्या भएका बिरामी धेरै पाइएको थियो । शिविर संयोजक तथा रोट्र्याक्ट क्लबका लागि प्रमुख संयोजक प्रतिक्षा केसीका अनुसार यो संख्या करिब ३ सय थियो । हाडजोर्नीका बिरामी बढी भेटिएको सम्बन्धमा भने थप अनुसन्धन नै गर्नुपर्ने देखिएको चिकित्सकहरूले बताए । थप उपचार गर्नुपर्ने देखिएका बिरामीलाई प्रतिष्ठानमा बोलाइएको थियो । शिविरमा ६० भन्दा बढी चिकित्सक, नर्स र प्राविधिकहरू सहभागी थिए । एक तिहाई महिलामा पाठेघर खस्ने समस्या देखिएपछि यसको उपचारका लागि सबै पक्ष लाग्नु पर्नेमा सरोकारवाला महिलाले जोड दिएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधिको प्रयोग नै नगरी यसरी घटाउन सकिन्छ रक्तचाप
Next article चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागेको दुर्गा प्रसाईंको आरोप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133886
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web