• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय शैय्याको कोरोना उपचार केन्द्र

April 20th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सय शैय्याको कोरोना उपचार केन्द्र

हेल्थ टुडे,
धरान, ८ बैसाख : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० आईसीयूसहितको १०० शैय्याको कोभिड–१९ उपचार केन्द्रको निर्माण कार्य तिव्र रुपले अगाडि बढेको छ । उपचार केन्द्र वैशाख १२ देखि सञ्चालनमा ल्याउने तयारी छ ।
कोरोना संक्रमितको संख्या भविश्यमा बढ्न सक्ने अनुमान गर्दै त्यसको जोखिमलाई ध्यानमा राखी आवश्यक उपकरणसहितको छुट्टै उपचार केन्द्र बनाउन लागिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार यहाँ लेभल ३ को कोराना उपचार केन्द्र संचालन हुनेछ । सरकारले मेची अस्पताल र कोसी अस्पताललाई लेभल १ र २ सम्मको उपचार गर्ने केन्द्रका रूपमा अघि सारेको छ । थप संवेदनशील अवस्थामा पुगेका संक्रमितलाई प्रतिष्ठानमा उपचार गरिने उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले बताए । उक्त केन्द्रको लागत १२ करोड ५० लाख रुपैयाँ छ । ‘निर्माणाधीन केन्द्रमा १० आईसीयू बेड जडानका लागि डिजाइनअनुसार काम भइरहेको छ । आगामी वैशाख १२ देखि सञ्चालनमा ल्याइने छ ।’ गिरीले भने । उनका अनुसार यहाँ सिटिस्क्यान, एमआरआई, अप्रेसन थिएटर, प्रयोगशाला र एक्सरे मेसिनहरू जडान गरिनेछन ।
चार वर्षअघि ७ करोड रुपैयाँमा लागतमा निर्मित द्वन्द्वपीडित पुनःस्थापना केन्द्रको भवनलाई कोरोना उपचारमा प्रयोगमा ल्याइन लागेको हो । उक्त भवन प्रतिष्ठानको हाडजोर्नी विभाग मातहत थियो ।
कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याउन तीव्र गतिमा काम भइरहेको अस्पताल निर्देशक प्रा।डा। गौरीशंकर साहले बताए । उनका अनुसार अहिले कोरोना उपचारलाई लक्षित गरी फिवर क्लिनिक, हेल्प डेस्क र २० बेडको आइसोलेसन वार्ड सञ्चालनमा छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोराना संक्रमितको संख्या ४२ पुग्यो, एकै दिन उदयपुरमा ११ जनामा संक्रमण, ५ औं संक्रमित धनगढी अस्पतालबाट डिस्चार्ज
Next article कैलालीका युवक पनि कोरोना संक्रमणबाट निको भएर घर फर्के

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134360
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web