• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

नियमित साईकल चलाउनु स्वास्थ्यकालागि फाइदै फाइदा

May 5th, 2020 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नियमित साईकल चलाउनु स्वास्थ्यकालागि फाइदै फाइदा


मिलनकुमार पौडेल,

साईकल नेपाली युवापुस्तामा निक्कै लोकप्रिय बन्दै गईरहेको छ । साईकल यातायातको भरपर्दो साधन पनि हो । साईकलमा अरु सवारी साधनमा जस्तो ईन्जिन जडान गरिएको हुदैन । यो शरिरको बलले नै चल्ने गर्दछ । साईकल चलाउँदा मानिसका प्राय सबै अगंहरु चल्दछन् । साईकलले मानिसलाई तन्दुरुस्त राख्नुको साथै शारीरिक रुपमा मजबुद पनि बनाउन सहयोग गर्छ ।
साईकल वातावरण मैत्री हुन्छ । यसले अलिकति पनि वातावरण प्रदुषण गर्दैन । यो कम खर्चिलो साथै किफायती पनि छ । पछिल्लो समयमा वातावरण मैत्री ब्याट्री सहितका साईकल पनि आएका छन् । अहिले अभिभावकहरु प्नि आफ्नो तथा बालबालिकाको स्वास्थ्यप्रति निक्कै चनाखो भएको पाईन्छ । आफु साईकल चलाउँदा आफ्ना बालबालिकालाई समेत संगसंगै साईकल चलाउँन लगाएको देख्न पाईन्छ ।
कुनै एक समय थियो, जुनबेला साईकललाई नेपाली समाजमा वर्गसंग तुलना गरेर हेर्ने गरिन्थ्यो । समयसंगै सोचमा पनि परिवर्तन आउँदै गयो । पहिलापहिला बाध्यता जस्तै लाग्ने साईकल हिजो आज एउटा रहर र अभियानकै रुपमा चलाउन थालिएको छ ।

स्वास्थ्य सम्बन्धी विभिन्न सचेतना ¥यालीहरुमा साइकल समूहले सघाउदै आएका छन् । देशको पर्यटन प्रर्वधन तथा सचेतना फैलाउन विभिन्न साईकल समूह गठन गरी सामाजिक कार्यमा समेत उत्पे्ररणा बढाउदै आएका छन् । यसले मनिसको स्वास्थ्यलाई निक्कै फाईदा पुर्याएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार स्वास्थ्यका लागि साइकल चलाउनु जति राम्रो अरु कुनै शारिरीक अभ्यास नै छैन । साइकिल चलाउदा सरिरका सम्पूर्ण अंगको समान रुपमा अभ्यास हुने भएकाले मुटु रोग, मोटोपना, मधुमेह, उच्चरक्तचाप लगायतका थुप्रै रोगबाट बच्न पनि साइकिल चलाउनु उपयोगी हुने डा. रेग्मीको सुझाव छ । विभिन्न अध्ययनहरुले नियमित साइकिल चलाउनेहरुमा उच्च रक्तचाप र मुटुरोगको संभावना कम हुने देखाएको डा. रेग्मीको कथन छ ।


नियमित साईकिल चलाउदा के के फाइदा हुन्छ त ?

१. मुटु स्वास्थ्य राख्न सहयोग गर्छ ।
२. शरिरका मांशपेशीहरु मजबुत बनाउँछ ।
३. ब्लड प्रेसर र डाईबेटिज हुनबाट बचाँउछ ।
४. शरिरमा भएको अनावश्यक बोसोलाई घटाउँछ ।
५. घुडा तथा जोर्नीहरुलाई मजबुत बनाउँछ ।
६. तनाव कम गराउँछ र मानसिक स्वास्थ्यलाई निक्कै फाईदा पु¥याउँछ ।

७. निन्द्रा राम्रोसंग लाग्छ । अनिद्राबाट बचाउँछ ।
८. साईकलले मानिसको फोक्सोलाई मजबुत बनाउँछ ।
९. शरिरमा रहेको कोलस्ट्रोल घटाउन सहयोग गर्छ ।
१०. क्यान्सर रोग प्रतिरोध क्षमता बढाउँन सहयोग गर्छ ।
११. नियमित साईकल चलाउँदा स्मरण शक्ति पनि बढाउँछ ।
१२. शरिरको छालालाई विभिन्न हानिकारक किरणहरुबाट बचाई सधै युवा अवस्थामा जस्तो तन्नेरी बनाउँछ ।
१३. ध्वनि प्रदुषणबाट जोगाउँछ ।
१४. अनावश्यक रुपमा हुने ट्राफिक जामकम गराउँछ ।
१५. पाचन शक्तिमा उल्लेख्य सुधार ल्याउँछ ।
साईकलका माध्यबाट साहसिक खेलकुद पर्यटन प्रर्वधनगर्दै देशमा आर्थिक संमृद्धिका माध्यमबाट स्वस्थ्य नागरिक बनाउन सकिन्छ । तर यसका लागि सडकको वारीपारी छुट्टै साइकिल लेनको व्यवस्था हुनु पर्छ । सरकारले यसमा पहल गर्नु आवश्यक छ ।

(साईकल अभियन्ताहरु, काठमाडौंका तिरेक मानन्धर, हेटौंडाका जीवन शर्मा र ईलामका निपेश नेपालसंग गरेको कुराकानीमा आधारित । सबै तस्बिर सबै उहाँहरुबाटै प्राप्त भएको हो । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कोरोना बेबि–बुम
Next article कोरोना संकटमा सघाउन सेभ द चिल्ड्रेनद्वारा सरकारलाई साडे १७ सय पीपीई हस्तान्तरण

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133977
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

123
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

119
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web