• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कोरोना बेबि–बुम

May 5th, 2020 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना बेबि–बुम

रमेश भट्ट,

बेबि–बुम भनेको सामान्य भन्दा अत्याधिक रुपमा जन्मदर बढने अबस्था हो । यस्तो अवस्था सृजना हुन प्रजनन् स्वास्थ्यसंग सम्बन्धित बिभिन्न कारक तत्व लगायत अन्य सामाजिक परिवेशहरुले भूमिका खेलेको हुन्छ । विश्वको ईतिहास हेर्दा दोस्रो विश्वयुद्घपछि युरोपका केहि देशहरु र अमेरिकामा बेबि–बुमको अवस्था देखिएको थियो । अमेरिकामा सन् १९४५ पछि जब दोस्रो विश्वयुद्घ लडेका व्यक्तिहरु आफ्नो देश फर्किए, त्यहाँको सरकारले यस्ता व्यक्तिहरुको जीवनस्तर सहज हुनेखालको माहोल बनाईदियो । जसका कारण उनीहरु परिवारिक जिवन यापन गर्ने, बिहेवारी गर्ने, परिवार विस्तार गर्न सन्तान जन्माउनतिर लागे । फलस्वरुप सन् १९४१ देखि सन् १९६१ सम्म त्यहाँको जनसंख्यामा उल्लेखनिय वृद्धि भयो । यसै समयलाई नै बेबि–बुमको संज्ञा दिइएको पाईन्छ ।
यसै स्थितिलाई हालको कोरोना महामारीले निम्त्याएको हाम्रो सामाजिक तथा आर्थिक अवस्थासंग पनि जोड्न सकिन्छ । आउँदा दिनमा कतै हाम्रो समाजले पनि यहि अवस्थाको सामना त गर्नुपर्ने हैन ? यो एउटा गहन छलफल को विषय छ । हुनत, कोरोना भाइरसको संक्रमणले विश्वभरिनै मानिसहरुको जनजिवनलाई त्रसित पारेको छ । यसले निम्त्याएको जनधनको क्षति र यसका समग्र प्रभावहरुलाई वृहत सामाजिक र आर्थिक रुपमा विश्लेषण गर्दा नकारात्मकनै देखिए पनि केही पक्षहरुमा यसको सकारात्मक प्रभाव पनि परेको छ । हाल सुधार भएको प्रदुषण रहित वातावरण, कोलाहल नभएको शान्त माहोल, परिवारसंग विताउन पाईएको प्रचुर समय, साथै बर्षौसम्म बिदेशिएका युवाहरु फेरि आफ्नै देश फर्किएको अवस्थाले हामीलाई दुःख भित्र लुकेको खुशी पनि दिलाईरहेको छ । यस्तो अवस्थामा फर्किएका यी लाखौ कर्मठ युवाहरुलाई यदि सरकारले सहि स्थान र अवसर दिए देशको सामाजिक परिर्वतन र आर्थिक सुधार थोरै समयमानै गर्न सकिन्थ्यो होला ।
हाल, बिदेशमा नेपाली मजदुरहरुले काम गरिरहेका कलकारखाना, निर्माण कार्य तथा अन्य व्यवसायहरु वन्द भएका र खुल्ने निश्चिता पनि नभएकोले यो महामारिका कारण भएको लकडाउन खुलेपछि अझ थप लाखौ बेरोजगार युवा मजदुरहरु विदेशमा सिकेको ज्ञान र सिप बोकेर नेपाल फर्किने अवस्था छ । हालको, अन्तराष्ट्रिय आर्थिक मन्दिमा सुधार नहुन्जेल यी युवाहरु नेपालमै बसेर अवसरहरु खोज्ने र श्रम गर्ने छ भन्ने कुरालाई हाल थुप्रै विज्ञहरुले संञ्चारका माध्यमहरुमा भनिसकेका छन । यसरि लामो समय घरपरिवार भन्दा टाढा, अर्काको देशमा बसेर फर्केका युवाहरु एकातिर आफ्नै स्वदेशमा रोजगारको सम्भावनाहरु खोज्नेछन भने अको तिर केही समय भएपनि घरपरिवारसंग रमाउने, बैबाहिक सम्बन्धमा बाधिने र दम्पत्तिहरुले पनि आफ्नो लामो समयसम्म विछोडिएको पारिवारिक तथा यौन सम्बन्धहरु पुनः प्रगाढ तथा सुमधुर बनाउनतिर पक्कै लाग्नेछन ।
यसैगरि, स्वदेशमै रहेका दम्पत्तीहरु पनि बन्दाबन्दिका कारण लामो समयसम्म घरमै बस्ने अवस्था छ । केहि परिवारहरुमा आधारभूत आवश्यकता तथा रासनको चरम अभावले जिवन गुजारा गर्न निकै कष्टकर भए पनि केहि परिवारहरुमा अरु बेलाको भन्दा फरक माहोल छ । अन्य समयमा प्राय आफ्नो मजदुरी, कामकाज, व्यवसाय र जागिरका कारण अस्तव्यस्त दैनिकी हुदा परिवारसंगै बसेर गफ गर्ने, टिभी हेर्ने, खाना पकाउने, भावना साटासाट गर्ने र आत्मियता बढाउन त्यति सहज नभए पनि, हाल प्रसस्त समय संगै बस्न पाउदा पारिवारिक वातावरण रमाईलो भएको छ । यसको साथै दम्पत्तीहरु बिचको सामिप्यता बढेको छ । साथै सम्वन्धहरु पनि सुमधुर भएका छन । यसले एकातिर पारिवारिक खुशी बढाएको त छदैछ, साथै यस्तो बेला दम्पत्तिहरु यौनजन्य तथा प्रजनन् कृयाकलापमा बढी सकृय हुनसक्ने हुदा यसले हाल सोचे अनूरुप भन्दा बढि जन्मदर निम्त्याउन पनि सक्छ ।
दम्पत्तीहरुको आवश्यकता र योजना अनुरुप नै प्रजनन् कृयाकलापहरु अगाडी बढाउन त उनीहरुको प्रजनन् अधिकार नै हो, तर हाल लकडाउनले गर्दा दम्पत्तीहरुलाई सुहाउदो र आवश्यक गर्भ निरोधक साधनको सहज पहुच नभएर वा त्यसको अभावका कारण अनिच्छित गर्भ रहन गए त्यसले अरु जटिलताहरु निम्त्याउन सक्छ । यस्तो अवस्थामा सुरक्षित गर्भपतन गराउन चाहेपनि स्वास्थ्य संस्था वा अस्पताल जानको लागि यातायातको अभाव र कोरोना संक्रमणको त्रासले त्यति सहज वातावरण छैन । त्यसकारण,सुरक्षित गर्भपतन सेवाको सहज पहुच र सुविधा नहुदा एकातिर जन्मदर बढने सम्भावना त छदैछ साथै अर्कोतिर असुरक्षित गर्भपतनका प्रकृया अपनाउदा गर्भवती महिलाको शाररिक तथा मानसिक स्वास्थ्यमा गहिरो नकारात्मक असर पर्नका साथै ज्यान पनि जोखिमा पर्न सक्छ ।

त्यसकारण, यस्तो अवस्थामा हुनसक्ने असुरक्षित यौन क्रियाकलापहरु, अनिच्छित गर्भको रोकथाम साथै असुरक्षित गर्भपतन हुन नदिन सरकार तथा यससंग सरोकार राख्ने अन्य संघसंस्थाहरुले परिवार नियोजन सेवा तथा गर्भनिरोधकका साधनहरु सहज उपलब्ध गराउने तर्फ विशेष ध्यान जानु जरुरी छ । हाल विदेशबाट फर्किरहेका लाखौ युवा मजदुरहरु प्राय प्रजनन् उमेरका साथै सरकारले परिवार नियोजन सेवा प्रदान गर्न निर्धारण गरेको लक्षित समुह अन्तरगत नै पर्ने भएकाले आगामि दिनमा यो सेवाका प्रयोगकर्ताहरु स्वतः बढने र गर्भनिरोधकका साधनहरुको माग पनि उल्लेखनीय रुपमा बढन सक्छ । त्यसकारण यस्तो अवस्थालाई मध्यनजर गरेर हाल परिवार नियोजन सेवाको अपरिपुर्तमागलाई घटाउन तथा यो सेवाको पहुच समुदायको तल्लो स्तरसम्म पुर्याउन सरोकारवाला संस्थाहरुले अब विषेश जोडदिनु पर्ने देखिन्छ । यसको साथै पालिका र ती अन्तरगत संचालन रहेका बिभिन्न स्वास्थ्य संस्थाहरुमा पनि यी सेवा र सुविधाहरु निरन्तर रुपमा उपलब्ध हुनु पनि अत्यन्त जरुरी छ । पहुँच बढाउन र घरआगनमै साधनहरु उपलब्ध गराउन रोभिङ नर्स साथै महिला स्वास्थ्य स्वयं सेविकाहरु मार्फत पनि सेवा प्रभावकारी तथा निरन्तर बनाउन सकिन्छ । अझ थप, समूदायमा बिभिन्न चेतना मूलक कार्यक्रमहरु विस्तार गर्नेसाथै मोवाईल फोनको प्रयोग, एम हेल्थको माध्यमबाट पनि यस्ता लक्षित समूदायलाई आवश्यक जानकारी दिन सकिन्छ ।
यसरी प्रभावकारि रुपमा परिवार नियोजन सेवा र आवश्यक गर्भनिरोधक साधनहरु लक्षित समूदायसम्म पुर्याउन सके अनिच्छित गर्भको रोकथाम साथै असुरक्षित गर्भपतन बाट महिलाको स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरु न्यून गर्दै कोरोना महामारी पश्यात हाम्रो समूदायमा पनि देखिन सक्ने बेबि बुमको सम्भावनाहरुलाई पनि समयमै सम्वोधन गर्न सकिन्छ ।
( भट्ट, यति स्वास्थ्य विज्ञान प्रतिष्ठान, महाराजगन्जका प्रिन्सिपल हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विरगन्जमा एकैदिन एकै परिवारका १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु समेत कोरोना पोजेटिभ
Next article नियमित साईकल चलाउनु स्वास्थ्यकालागि फाइदै फाइदा

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134019
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web