• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सचिव कोइरालाको ३ महिना नबित्दै सरुवा, नयाँ स्वास्थ्य सचिवको जिम्मेवारी अर्याललाई

May 28th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सचिव कोइरालाको  ३ महिना नबित्दै सरुवा, नयाँ स्वास्थ्य सचिवको जिम्मेवारी अर्याललाई

हेल्थ टुडे,
काठमाडौं, १५ जेठ : सरकारले ३ महिना नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा गरेको छ । कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरेर उनको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्याललाई पठाइएको छ । पछिल्लो मन्त्रीपरिषद्ले कोइराला र अर्यालको सरुवा गरेको हो । कोइरालाले गत फागुन ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए । कोरोना महामारीको सामना गरिरहेको बेला त्यसको रोकथाम, नियन्त्रण र उपचारमा प्रत्यक्ष सम्बन्ध राख्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवलाई बिचमै सरुवा गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । छोटो समयमा सचिव सरुवा गर्दा मन्त्रालय मातहतको कर्मचारीतन्त्र अस्थिर हुने विज्ञहरुले बताएका छन । आफ्नो सरुवा भएको सुनेको भए पनि बिहीबार मध्यान्हसम्म सरुवाको पत्र पाइनसकेको बताए । उनले भने, ‘म अहिले स्वास्थ्य मन्त्रालयमै छु । सरुवाको कुरा बाहिरबाट सुनेको छु । पत्र पाइसकेको छैन । ’ ३ महिना नबित्दै आफूलाई सरुवा गरेको प्रति सचिव कोइरालाले असंतुष्टि जनाएका छन । यसरी ३ महिना समेत नबित्दै सरुवा गर्नु कर्मचारीलाई जिस्क्याएको जस्तो भएको उनले प्रतिकृया दिए । केही समय पहिले सचिव कोइरालाले एक टेलिभिजन कार्यक्रममा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विज्ञ डा. शेरबहादुर पुनका विरुद्ध तल्लो स्तरको शब्द प्रयोग गरेका थिए । १८ बर्षदेखि करारमा रहेको डा. पुनलाई आफूले करार थप नगरेर जागिरबाट हटाइदिनसक्ने बताएका थिए । त्यसको नेपाल चिकित्सक संघ लगायत चिकित्सा क्षेत्रले बिरोध गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘कोबिड– १९’ प्रतिरोधी आहारपूरक फुडसप्लिमेन्ट
Next article दि युनियनको अबको अभियान, ‘ई–सिगरेट्स र हिटेड टोबाको प्रडक्ट ’ बन्देज

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132686
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web