• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिँदा समस्या

April 2nd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिँदा समस्या

हेल्थ टुडे,

बाके, २० चैत : सरकारले करौडौ रुपैया खर्चेर बर्सेनि हात्तीपाइले रोगविरुद्ध अभियान चलाइरहेको छ । तर लक्षित वर्गले औषधि सेवन गर्न नमान्दा  बाँकेमा यो अभियान सफल हुन सकेको छैन । विसं २०६७ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको बाकेमा पहिलो वर्ष ८५.७४ प्रतिशतले औषधि खाएका थिए । तर दोस्रो वर्ष यो संख्या झन्डै आधाले घट्दै ४७.४३ प्रतिशत पुगेको तथ्यांकले देखाउछ ।

त्यसपछिका वर्षहरूमा क्रमशः ६३.०२ प्रतिशत, ६७ प्रतिशत, ७१ प्रतिशत, ६५ प्रतिशत, ६७.१३ प्रतिशत, ६५.८९ प्रतिशतको मात्रै सहभागिता रह्यो । सन् २०१९ मा ५४.९८ प्रतिशतले खाँदा सन् २०२० मा यो संख्या बढेर ७४ प्रतिशतसम्म पुगेको थियो । गत वर्ष ५ लाख ४२ हजार ६ सय ३६ जनालाई औषधि खुवाउने लक्ष्य राखिएकामा ४ लाख ३६ हजार ६ सय ८ जना मात्रै सामेल भएका थिए ।

हात्तीपाइले रोग (फाइलेरिया) प्रायः बाल्यावस्थामा लाग्ने गर्छ । यो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । हात्तीपाइले रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा ‘उचेरेरिया बांक्रोटी’ नामक परजीवी स्थानान्तरण भई यसको संक्रमण हुन्छ । यसबाट बच्न वर्षको एक मात्रा हात्तीपाइलेविरुद्धको औषधि निरन्तर ६ वर्षसम्म सेवन गर्नुपर्छ । यो औषधि सरकारले अभियान नै चलाएर हरेक वर्ष निःशुल्क वितरण गर्दै आएको छ ।

पछिल्लो एक दशकयता निरन्तर अभियान चले पनि जिल्लामा १० प्रतिशत मात्रै बिरामी घटेका छन् । पहिलो चरणको अभियान चल्दा जिल्लामा २१ प्रतिशत रोगी थिए । अहिले करिब १० प्रतिशत रहेको तथ्यांक छ । यो औषधि सेवन गर्दा स्वास्थ्यमा विभिन्न समस्या आउँछन् भन्ने भ्रम फैलँदा उपस्थिति घट्दै गएको स्वास्थ्यकर्मीहरूको बुझाइ छ । जनप्रतिनिधि र अभियानमा खटिने स्वास्थ्यकर्मीले त्यस्ता भ्रम हटाउन पहल नगर्दा यस्तो अवस्था आएको बताउँछन् स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह । ‘जनताकै तहमा पनि औषधि खानमा वास्ता गरिएको पाइँदैन,’ उनले भने । यस वर्ष स्थानीय तहमार्फत हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन हुँदै छ । शाहका अनुसार बाँकेमा ५ लाख ७६ हजार ७६ जनालाई औषधि खुवाइँदै छ । राप्तीसोनारी गाउँपालिकामा ७० हजार, कोहलपुरमा ८५ हजार, बैजनाथमा ६५ हजार, खजुरामा ५९ हजार, जानकीमा ४४ हजार, नेपालगन्जमा १ लाख ६६ हजार, डुडुवामा ४३ हजार र नरैनापुरमा ४० हजारभन्दा बढीलाई अभियानमा सामेल गराउने लक्ष्य छ । ‘जिल्लाका हरेकलाई औषधि खुवाउने योजना बनाएका छौं,’ उनले भने, ‘अब परम्परागत होइन, नयाँ ढंगबाट अभियान सुरु गर्छौं ।’ उनका अनुसार अभियानमा खटिएका स्वास्थ्यकर्मीको समेत अनुगमन हुनेछ । नेपालगन्जमा चैत २० देखि चैत मसान्तसम्म अभियान सञ्चालन हुने उपमहानगरले जनाएको छ । यसअघि कम औषधि सेवन भएका स्थानमा जनप्रतिनिधि, धर्मगुरु, स्वास्थ्यकर्मीलगायतको सहभागितामा अभियान चलाउने तयारी गरिएको छ । अभियानका लागि १ सय ११ स्वास्थ्यकर्मी परिचालन हुने उपमहानगरको स्वास्थ्य शाखाअन्तर्गत हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन विनोदकुमार विकले बताए ।

‘नगरमै औषधि खान आनाकानी गर्छन्,’ उनले भने, ‘पढेलेखेकाले नै औषधि नखाइदिँदा गाउँ–गाउँमा बुझाउन गाह्रो भयो ।’ उनका अनुसार गर्भवती, सुत्केरी र सिकिस्त बिरामीबाहेक २ वर्षमाथिका सबैलाई औषधि खुवाइनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चीनबाट आज ८ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्दै
Next article शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौँ कलेजो प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132287
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web