• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिँदा समस्या

April 2nd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हात्तीपाइले रोगविरुद्धको औषधि नखाइदिँदा समस्या

हेल्थ टुडे,

बाके, २० चैत : सरकारले करौडौ रुपैया खर्चेर बर्सेनि हात्तीपाइले रोगविरुद्ध अभियान चलाइरहेको छ । तर लक्षित वर्गले औषधि सेवन गर्न नमान्दा  बाँकेमा यो अभियान सफल हुन सकेको छैन । विसं २०६७ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको बाकेमा पहिलो वर्ष ८५.७४ प्रतिशतले औषधि खाएका थिए । तर दोस्रो वर्ष यो संख्या झन्डै आधाले घट्दै ४७.४३ प्रतिशत पुगेको तथ्यांकले देखाउछ ।

त्यसपछिका वर्षहरूमा क्रमशः ६३.०२ प्रतिशत, ६७ प्रतिशत, ७१ प्रतिशत, ६५ प्रतिशत, ६७.१३ प्रतिशत, ६५.८९ प्रतिशतको मात्रै सहभागिता रह्यो । सन् २०१९ मा ५४.९८ प्रतिशतले खाँदा सन् २०२० मा यो संख्या बढेर ७४ प्रतिशतसम्म पुगेको थियो । गत वर्ष ५ लाख ४२ हजार ६ सय ३६ जनालाई औषधि खुवाउने लक्ष्य राखिएकामा ४ लाख ३६ हजार ६ सय ८ जना मात्रै सामेल भएका थिए ।

हात्तीपाइले रोग (फाइलेरिया) प्रायः बाल्यावस्थामा लाग्ने गर्छ । यो लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । हात्तीपाइले रोगीलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा ‘उचेरेरिया बांक्रोटी’ नामक परजीवी स्थानान्तरण भई यसको संक्रमण हुन्छ । यसबाट बच्न वर्षको एक मात्रा हात्तीपाइलेविरुद्धको औषधि निरन्तर ६ वर्षसम्म सेवन गर्नुपर्छ । यो औषधि सरकारले अभियान नै चलाएर हरेक वर्ष निःशुल्क वितरण गर्दै आएको छ ।

पछिल्लो एक दशकयता निरन्तर अभियान चले पनि जिल्लामा १० प्रतिशत मात्रै बिरामी घटेका छन् । पहिलो चरणको अभियान चल्दा जिल्लामा २१ प्रतिशत रोगी थिए । अहिले करिब १० प्रतिशत रहेको तथ्यांक छ । यो औषधि सेवन गर्दा स्वास्थ्यमा विभिन्न समस्या आउँछन् भन्ने भ्रम फैलँदा उपस्थिति घट्दै गएको स्वास्थ्यकर्मीहरूको बुझाइ छ । जनप्रतिनिधि र अभियानमा खटिने स्वास्थ्यकर्मीले त्यस्ता भ्रम हटाउन पहल नगर्दा यस्तो अवस्था आएको बताउँछन् स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह । ‘जनताकै तहमा पनि औषधि खानमा वास्ता गरिएको पाइँदैन,’ उनले भने । यस वर्ष स्थानीय तहमार्फत हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन हुँदै छ । शाहका अनुसार बाँकेमा ५ लाख ७६ हजार ७६ जनालाई औषधि खुवाइँदै छ । राप्तीसोनारी गाउँपालिकामा ७० हजार, कोहलपुरमा ८५ हजार, बैजनाथमा ६५ हजार, खजुरामा ५९ हजार, जानकीमा ४४ हजार, नेपालगन्जमा १ लाख ६६ हजार, डुडुवामा ४३ हजार र नरैनापुरमा ४० हजारभन्दा बढीलाई अभियानमा सामेल गराउने लक्ष्य छ । ‘जिल्लाका हरेकलाई औषधि खुवाउने योजना बनाएका छौं,’ उनले भने, ‘अब परम्परागत होइन, नयाँ ढंगबाट अभियान सुरु गर्छौं ।’ उनका अनुसार अभियानमा खटिएका स्वास्थ्यकर्मीको समेत अनुगमन हुनेछ । नेपालगन्जमा चैत २० देखि चैत मसान्तसम्म अभियान सञ्चालन हुने उपमहानगरले जनाएको छ । यसअघि कम औषधि सेवन भएका स्थानमा जनप्रतिनिधि, धर्मगुरु, स्वास्थ्यकर्मीलगायतको सहभागितामा अभियान चलाउने तयारी गरिएको छ । अभियानका लागि १ सय ११ स्वास्थ्यकर्मी परिचालन हुने उपमहानगरको स्वास्थ्य शाखाअन्तर्गत हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन विनोदकुमार विकले बताए ।

‘नगरमै औषधि खान आनाकानी गर्छन्,’ उनले भने, ‘पढेलेखेकाले नै औषधि नखाइदिँदा गाउँ–गाउँमा बुझाउन गाह्रो भयो ।’ उनका अनुसार गर्भवती, सुत्केरी र सिकिस्त बिरामीबाहेक २ वर्षमाथिका सबैलाई औषधि खुवाइनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छैटौँ कलेजो प्रत्यारोपण
Next article चीनबाट आज ८ लाख डोज कोरोनाविरुद्धको खोप आइपुग्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web