• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कानून विपरित सूर्ति उद्योगबाट ५ करोड सहयोग लिदै डा. कोइराला

April 23rd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कानून विपरित सूर्ति उद्योगबाट ५ करोड सहयोग लिदै डा. कोइराला

हेल्थ टुडे,
काठमाडौं, १० चैत :  बाल अस्पताल खोल्ने भन्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका वरिष्ठ मुटु रोग विज्ञ डा.भगवान कोइराला कानून बिपरित सूर्ति उद्योगबाट ५ करोड सहयोग लिने भएका छन् । मुटुरोग, क्यान्सर, क्षयरोग, दम आदी रोगको प्रमुख कारक मानिएको सूर्तिजन्य पदार्थको सेवन न्यून गर्न सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा निगमन गर्ने ऐन, नियमावली र निर्देशिका नै ल्याएर कार्यन्वयन गरिरहेको छ । ऐनको दफा १० ले सूर्तिजन्य पदार्थको विज्ञापन र प्रायोजन गर्न नपाइने ब्यवस्था गरेको छ भने नियमावलीको दफा २० को उपदफा ६ अनुसार सार्वजनिक निकायका पदाधिकारीले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने लगायतका कुनै पनि गतिविधि वा कार्यक्रममा सूर्ति उद्योगहरुको सहयोग, सहभागिता र सहकार्य गर्न नपाइने स्पष्ट कानूनी व्यवस्था छ । त्यस्तै दफा २२ मा समाजिक उत्तरदायित्वका नाममा समेत शिक्षण संस्था, धार्मिक संस्था र स्वास्थ्य संस्थाहरुलाई सूर्ति उद्योगहरुले कुनै पनि प्रकारको सहयोग गर्न नपाइने व्यवस्था छ । तर यी सबै कानूनी व्यवस्थाको ख्याल नगरि सूर्ति उद्योगको प्रभावमा परेर डा. कोइरालाले सूर्य नेपालबाट अस्पताल बनाउन ५ करोड सहयोग लिने भएका छन् । डा. कोइराला अहिले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष र त्रिवि शिक्षण अस्पतालको प्राध्यापक पदमा कार्यरत छन । यी दुबै सार्वजनिक जवाफदेही पद हुन् ।

डा.कोइराला नै सूर्ति उद्योगको प्रभावमा परेर सहयोग लिन राजी भएपछि जनस्वास्थ्यका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका अधिकारीले आश्चर्य व्यक्त गरेका छन । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले डा. कोइरालाको यो निर्णयले आफूहरु आश्चर्यमा परेको बताए । उनले भने, ‘यो कुरामा डा. कोइरालाले सोच्नु पर्छ ।’ सूर्य नेपालको मातहतमा रहेको सूर्य टोवाको कम्पनी नेपालकै सबैभन्दा ठूलो चुरोट उत्पादक कम्पनी हो । आज राजधानीमा आयोजना हुने कार्यक्रममा सूर्य नेपाल र डा. कोइरालाको अगुवाईमा बुढानिलकण्ठमा बन्न लागेको बाल अस्पतालबिच सहयोग आदान प्रदान गर्ने सहमतीमा हस्ताक्षर हुने भएको छ । डा. कोइरालाले आफुले सूर्य नेपालबाट अस्पताल बनाउन सहयोग लिन लागेको स्विकार गरेका छन । आफूले कुनै सर्त मानेर उक्त सहयोग नलिएको र माग्न पनि नगएको डा. कोइरालाले बताए । सरकारले पनि चुरोटको बिक्रीबाट उठेको कर सूर्ति उद्योगहरुबाट लिएर अस्पतालहरुलाई अनुदानमा दिइरहेको बताउदै समाजिक उत्तरदायित्व वाफत दिन लागिएको उक्त सहयोग लिन आपत्ती हुन नहुने उनले बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कांग्रेस नेता स्व. जोशीकी धर्मपत्नीले घरघर पुगेर बाढिन् सेनीटाइजर र १५ सय मास्क
Next article सूर्य नेपालको ५ करोड सहयोग लिनबाट यसकारण पछि हटे डा. कोइराला 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web