• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कानून विपरित सूर्ति उद्योगबाट ५ करोड सहयोग लिदै डा. कोइराला

April 23rd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कानून विपरित सूर्ति उद्योगबाट ५ करोड सहयोग लिदै डा. कोइराला

हेल्थ टुडे,
काठमाडौं, १० चैत :  बाल अस्पताल खोल्ने भन्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका वरिष्ठ मुटु रोग विज्ञ डा.भगवान कोइराला कानून बिपरित सूर्ति उद्योगबाट ५ करोड सहयोग लिने भएका छन् । मुटुरोग, क्यान्सर, क्षयरोग, दम आदी रोगको प्रमुख कारक मानिएको सूर्तिजन्य पदार्थको सेवन न्यून गर्न सरकारले सूर्तिजन्य पदार्थ नियन्त्रण तथा निगमन गर्ने ऐन, नियमावली र निर्देशिका नै ल्याएर कार्यन्वयन गरिरहेको छ । ऐनको दफा १० ले सूर्तिजन्य पदार्थको विज्ञापन र प्रायोजन गर्न नपाइने ब्यवस्था गरेको छ भने नियमावलीको दफा २० को उपदफा ६ अनुसार सार्वजनिक निकायका पदाधिकारीले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने लगायतका कुनै पनि गतिविधि वा कार्यक्रममा सूर्ति उद्योगहरुको सहयोग, सहभागिता र सहकार्य गर्न नपाइने स्पष्ट कानूनी व्यवस्था छ । त्यस्तै दफा २२ मा समाजिक उत्तरदायित्वका नाममा समेत शिक्षण संस्था, धार्मिक संस्था र स्वास्थ्य संस्थाहरुलाई सूर्ति उद्योगहरुले कुनै पनि प्रकारको सहयोग गर्न नपाइने व्यवस्था छ । तर यी सबै कानूनी व्यवस्थाको ख्याल नगरि सूर्ति उद्योगको प्रभावमा परेर डा. कोइरालाले सूर्य नेपालबाट अस्पताल बनाउन ५ करोड सहयोग लिने भएका छन् । डा. कोइराला अहिले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष र त्रिवि शिक्षण अस्पतालको प्राध्यापक पदमा कार्यरत छन । यी दुबै सार्वजनिक जवाफदेही पद हुन् ।

डा.कोइराला नै सूर्ति उद्योगको प्रभावमा परेर सहयोग लिन राजी भएपछि जनस्वास्थ्यका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका अधिकारीले आश्चर्य व्यक्त गरेका छन । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले डा. कोइरालाको यो निर्णयले आफूहरु आश्चर्यमा परेको बताए । उनले भने, ‘यो कुरामा डा. कोइरालाले सोच्नु पर्छ ।’ सूर्य नेपालको मातहतमा रहेको सूर्य टोवाको कम्पनी नेपालकै सबैभन्दा ठूलो चुरोट उत्पादक कम्पनी हो । आज राजधानीमा आयोजना हुने कार्यक्रममा सूर्य नेपाल र डा. कोइरालाको अगुवाईमा बुढानिलकण्ठमा बन्न लागेको बाल अस्पतालबिच सहयोग आदान प्रदान गर्ने सहमतीमा हस्ताक्षर हुने भएको छ । डा. कोइरालाले आफुले सूर्य नेपालबाट अस्पताल बनाउन सहयोग लिन लागेको स्विकार गरेका छन । आफूले कुनै सर्त मानेर उक्त सहयोग नलिएको र माग्न पनि नगएको डा. कोइरालाले बताए । सरकारले पनि चुरोटको बिक्रीबाट उठेको कर सूर्ति उद्योगहरुबाट लिएर अस्पतालहरुलाई अनुदानमा दिइरहेको बताउदै समाजिक उत्तरदायित्व वाफत दिन लागिएको उक्त सहयोग लिन आपत्ती हुन नहुने उनले बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सूर्य नेपालको ५ करोड सहयोग लिनबाट यसकारण पछि हटे डा. कोइराला 
Next article कांग्रेस नेता स्व. जोशीकी धर्मपत्नीले घरघर पुगेर बाढिन् सेनीटाइजर र १५ सय मास्क

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133955
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

151
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web