• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 26th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
Ads

स्वास्थ्य सम्बन्धि जनहितमा जारि संदेश

June 29th, 2021 Ads 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

प्रदेश सरकार
सुदूरपश्चिम प्रदेश
सामाजिक बिकास मन्त्रालय
स्वास्थ्य निर्देशनालय राजपुर डोटी

स्वास्थ्य सम्बन्धि जनहितमा जारि संदेश

“स्वच्छ, सवल, भेदभाव रहित समाज , गुणस्तरीय स्वास्थ्य सेवा सुदूरपश्चिम प्रदेश को आवाज” जस्तो मूल नारा अन्तर्गत सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सेवा निर्देशित रहेको छ । यस प्रदेशमा बसोबास गर्ने आम जनसमुदाय लाइ आ आफ्नो स्वास्थ्य स्तर उच्च , तन्दुरुस्त , स्वस्थ,सुदृढ ,बनाइ राख्न स्वास्थ्य का केहि आधारभूत नियम , ब्यबहार , अभ्यास तथा बानि अनुसरण गर्नु पर्दछ । तपशिलमा उल्लेखित कुराहरुमा ध्यान दिउ र आफ्नो , परिवारको र समुदायको स्वास्थ्य स्तर स्वस्थ बनाउनमा मद्दत गरौ ।

तपशिल

  • छोरीको उमेर २० वर्ष पुगे पछी मात्र बिबाहको तयारी गरौ । बिबाह भै सके पछी कम्तिमा दुइ वर्ष को फरकमा बढीमा दुइ वटा सम्म बच्चा जन्माउने गरि योजना बनाऔ ।
  • गर्भवती महिला हरुको स्वास्थ्य र गर्भको शिशु को स्वास्थ्य अवस्था राम्रो बनाइ राख्न गर्भ अवधि भरिमा कम्तिमा चार पटक स्वास्थ्य संस्था मा लगेर स्वास्थ्य जांच गराऔ ।
  • सुदूरपश्चिम प्रदेशका सबै ८८ वटै स्थानीय तहमा ग्रामिण अल्ट्रासाउन्ड सेवा उपलब्ध भएको हुनाले सबै गर्भवती महिला हरुले आ आफ्नो पायक पर्ने स्थानमा गइ आफ्नो गर्भको शिशुको अवस्था थाहा पाउन उक्त ग्रामिण अल्ट्रासाउन्ड को सेवा लिएर गर्भको भ्रुण को अवस्था थाहा पाएर आवश्यक ब्यबस्थापन गरौ ।
  • गर्भवती महिला र बच्चा जन्मेको १५ महिना भित्र सरकारले उपलब्ध गराएको सबै खोप हरु नियमित र निर्धारित तालिका अनुसार लिने गरौ र बिभिन्न संक्रामक सरुवा रोगहरुबाट सुरक्षित बनौ ।
  • आयोडिन नुन को मात्र प्रयोग गरौ , घरमा पालेका जनावर हरुलाई समेत आयोडिन नुन खुवाउने गरौ ।
  • गर्भवती महिला हरुलाई गर्भको चार महिना देखि बच्चा जन्मेको ४५ दिन सम्म नियमित दैनिक आइरन चक्की खुवाउने गरौ ।
  • लगातार दुइ हप्ता भन्दा लामो समय देखि खोकी लागेको छ भने क्षयरोग हुन् सक्छ त्यस कारण लामो समय देखिको खोकी लागेको छ भने नजिक को स्वास्थ्य संस्था गइ खकार जांच गरौ । क्षयरोग लागेको प्रमाणित भयो भने नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुने गर्दछ ।
  • छालामा लाटो, फुस्रो र नाचिलाउने दाग आउन सक्छ , त्यस्तो दाग कुष्ठरोग को हुन् सक्छ यस्तो दाग आयो भने तुरुन्तै नजिक को स्वास्थ्य संस्था मा गइ कुष्ठरोग को जांच गराउ , स्वास्थ्यकर्मीको सल्लाह बमोजिम नियमित औषधि सेवन गरि कुष्ठरोग निको हुन् सक्छ र अपांग हुन् बाट समेत बच्न सकिन्छ ।
  • औलो प्रभावित क्षेत्र मा बसोबास गर्ने मानिसहरुमा कुनै कारण बिना ज्वरो आयो भने औलो ज्वरो हुन् सक्छ । त्यस कारण ज्वरो आउने बितिक्कै औलोको संका गरि नजिकको स्वास्थ्य संस्थामा गइ रगत जांच गरि औल हो होइन जांच गराउ , अनि औलो प्रमाणित भयो भने सरकारी स्वास्थ्य संस्था बाट निशुल्क प्राप्त हुने औषधि सेवन गरि औलो रोग निको हुने गर्दछ ।
  • दुइ हप्ता भन्दा लामो समय देखि ज्वरो आउने गरेको छ भने कालाजार लागेको हुन् सक्छ । अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र हरुमा कालाजार जांच गर्ने प्रबिधि उपलब्ध रहेको छ । कालाजार को जांच गरौ समयमै उपचार गरि स्वास्थ्य लाभ गरौ ।
  • विश्व ब्यापी रुपमा फैलिएको महामारी कोरोना बाट बाट बच्न मास्क को प्रयोग गरौ , समय समय मा हात धुने गरौ , भिडभाड हुने ठाउमा नजाउ र सरकार ले उपलब्ध गराएको खोप लगाउ ।
  • औलो , कालाजार , डेंगु , चिकंगुनिया , हात्तीपाइले, जापानिज इन्सेफ्लाईटिस जस्ता रोगहरु लामखुट्टे लगायत का भुसुना बाट सर्ने भएको हुनाले उक्त किट हरुको टोकाई बाट बच्न सुत्ने बेला झुल को प्रयोग गरौ ।
  • घर वरिपरिको बाताबरण सफा राखौ बिभिन्न सरुवा रोग बाट बचौ ।
  • मुटु रोग , क्यान्सर , मधुमेह तथा उच्च रक्त चाप सम्बन्धि समस्या बढ्दो क्रम मा रहेको छ यसलाई न्यूनीकरण गर्न उचित आहार बिहार , व्यायाम , समय समय मा स्वास्थ्य जांच, योग , प्राणायाम को आवश्यकता पर्दछ ।
  • तराई क्षेत्र मा बसोबास गर्ने केहि समुदायमा सिकलसेल एनेमिया को समस्या रहेको देखिन्छ । रोग समयमै पत्ता लगाउ अनि आफु र आफ्ना सन्तान लाइ उक्त समस्या बाट छुटकारा दिलाउन स्वास्थ्यकर्मी सल्लाह अनुसार गरौ ।
  • घरेलु हिंशा बाट प्रभावित हरुको समस्या सम्बोधनको लागि अस्पतालहरुमा एक द्वार संकट ब्यबस्थापन केन्द्र को ब्यबस्था गरिएको छ त्यस कारण यस्ता व्यक्तिहरुले उक्त स्थानमा गइ सेवा लिन सकिन्छ ।

स्वास्थ्य निर्देशनालय
राजपुर डोटी
०९४४४०१२०

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रेम्डेसिभिर नेपालमै उत्पादन हुने , ‘नेसनल हेल्थकेयर’लाई उत्पादन अनुमति
Next article राजिनामा माग्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको कार्यालयमा तालाबन्दी

Health Today Nepal

Related Posts

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

Health Insurance

Health Insurance

नेपाल आयल निगमको अत्यावश्यक जानकारी

नेपाल आयल निगमको अत्यावश्यक जानकारी

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1840
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

15
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz