• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीर अस्पतालले महिनामा १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने

July 11th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीर अस्पतालले महिनामा १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने

हेल्थ टुडे,

काठमाडौं, २७ असार : वीर अस्पतालले महिनामा कम्तिमा पनि १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने योजना बनाएको छ । वीरमा मिर्गौला प्रत्यारोपणका लागि अपरेसन थिएटर र जनशक्ति अभावका कारण वीरमा आक्कल झुक्कल मात्र मिर्गौला प्रत्यारोपण हुने गरेको छ ।

वीर अस्पतालको ५०० शैयाको नयाँ सर्जिकल भवन सञ्चालनमा आएपछि मिर्गौला प्रत्यारोपणले फेरि गति लिने भएको हो । आईतबार सर्जिकल भवन उद्घाटन समारोहमा कोभिड– १९ युनिफाईड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले वीर अस्पतालले अब हरेक महिना १५ वटा मिर्गौला प्रत्यारोपण गर्ने योजनाका साथ अगाडि बढेको जानकारी दिए ।

डा. गौतमले मिर्गौला फेल भएका विरामीको लागि ४० शैया डाइलासिसको संख्या बढाएर डाइलासिस शैयाको संख्या १०० पुर्याइएको बताए । नयाँ सजिर्कल भवन सहित वीरका सेवा विस्तारका लागि ८३१ वटा नयाँ जनशक्ति स्विकृत भएको समेत डा. गौतमले जानकारी दिए । सन् २००८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा पहिलो पटक वीर अस्पतालमा सफल मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन भएको थियो ।

त्यसको केही समयपछि सरकारले डा. श्रेष्ठलाई भक्तपुरस्थित मानव अंग प्रत्यारापण केन्द्रको कार्यकारी निर्देशक बनाएर सरुवा गरे पछि वीरको मिगौला प्रत्यारोपण सेवामा ब्रेक लागेको थियो ।

अहिले डा. श्रेष्ठको वीरमै सरुवा भएकाले वीरमा फेरि मिगौला प्रत्यारोपण सेवाले फड्को मार्नेमा वीरको नेतृत्व आशावादी भएको हो । मिर्गौला फेल हुने विरामीको संख्या बर्षेनी बढ्दै गए पनि वीरमा डाइलासिस र प्रत्यारोपण सेवा कछुवा गतिमा चलिरहेकोले थुप्रै सर्वसाधारण सेवाबाट बन्चित हुनु परेको छ । नेपालमा सरकारी स्तरबाट वीर सहित भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनमा छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन
Next article भेरोसेल सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133139
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web