• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपालमा अनुमानित एचआईभी संक्रमितको संख्या ३० हजार, उपचारमा जम्मा २० हजार मात्र

December 1st, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपालमा अनुमानित एचआईभी संक्रमितको संख्या ३० हजार, उपचारमा जम्मा २० हजार मात्र

हेल्थ टुडे,

काठमाडौँ, १५ मंसिर :  नेपालमा अनुमानित एचआईभी संक्रमितको संख्या ३० हजार रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व एड्स दिवसको अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा अनुमानित ३० हजार ३०० संक्रमित मध्ये २० हजार मात्र उपचारमा छन ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले मंगलबार आयोजना गरेको पत्रकार अन्तरक्रिया केन्द्रकी निर्देशक डा सुधा देवकोटाले सन् २०३० भित्र नेपालबाट एचआईभी संक्रमण निर्मूल पार्ने लक्ष्य भए पनि १० हजार अनुमानित संक्रमित उपचारमा आउन नसकेकाले समस्या भएको बताइन । पछिल्ला वर्षमा सरकारले एचआईभी नियन्त्रणमा सफलता पाइरहेको भएपनि हराइरहेकाहरुको खोजी नहुदा चुनौति अझै बाकी रहेको डा. देवकोटाले जानकारी दिइन ।
उनले संक्रमणमा परेकाहरु आफूप्रति हुनसक्ने सामाजिक भेदभाव तथा कलंकको डरले लुकेका पनि हुनसक्ने डा. देवकोटाको अनुमान छ ।

केन्द्रका बरिष्ठ मेडिकल सुपरीटेन्डेन डा पवनकुमार साहले नेपालमा एचआईभी संक्रमणको उच्च जोखिम समूहहरु सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मीहरु, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरु र रोजगारीका लागि विदेशीहरु भएको बताए । उनले त्यसमध्ये पनि सुईद्धारा लागूपदार्थ लिने र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अरु जोखिमसमूहमा भन्दा उच्च रहेको बताए ।

केन्द्रको तथ्यांक अनुसार सन् २०२० मा ७५४ व्यक्तिहरुमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ । तर यो संख्या सन् २०१० को तुलनामा ६३ प्रतिशतले घटेको हो । त्यसबेला २ हजार ६१ जना नयाँ संक्रमित रहेको अनुमान थियो । यस्तै सन् २०२० मा ८० बच्चाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ । तर यो संख्या पनि सन् २०१० को तुलनामा ६३ प्रतिशतले नै कमी हो । त्यसबेला २१५ जना बच्चाहरुमा नयाँ संक्रमण देखिएको थियो ।
मेडिकल सुपरीटेन्डेन्ट डा साहले एड्सबाट मृत्यु हुनेको संख्यामा पनि उल्लेख्य कमी आएको बताए । सन् २०१० मा १ हजार ४१३ जनाको एड्सबाट मृत्यु भएको थियो तर सन् २०२० मा ६३६ जनाको ज्यान गयो । ‘ज्यान जानु राम्रो कुरा त होइन तर यो संख्या ५५ प्रतिशतले घट्नु हाम्रो कामहरु प्रभावकारी भएका छज् भन्नु हो,’ डा साहले भने ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article छैटौं एपी क्याट समिट इन्डोनेशियाको जाकर्तामा हुने
Next article सूर्तिजन्य पदार्थको प्रयोगमा कडाई गर्ने उद्घोष गर्दै छैटौं एपी क्याट सम्मेलन जाकर्तामा सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132300
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web