हेल्थ टुडे,
काठमाडौं, ३१ भदौ : वरिष्ठ स्त्री तथा प्रसुति रोग विज्ञ डा. अचला बैद्यलाई बेलायतको प्रशिद्ध रोयल कलेज अब्स्टेट्रिसियन्स एण्ड गाइनाकोलिजिस्टले फेलोसिप प्रदान गरेको छ । डा. बैद्यलाई हालै बैलायतको लण्डनमा आयोजित विशेष समारोहमा ‘Fellow ad eundem ‘ प्रदान गरिएको हो । स्त्री तथा प्रजनन् रोग विज्ञका रुपमा डा. बैद्यले गरेको योगदानको कदर स्वरुप यो फेलोसिप प्रदान गरिएको कलेजले जनाएको छ । डा. बैद्यले लामो समय प्रसूति गृहमा सेवा गरेर सेवा निवृत भए पछि हाल नर्भिक हस्पिटलमा कार्यरत् छिन् । डा. अचला नेपालका चर्चित औषधी व्यवसायी प्रभुराज वैद्यकी धर्मपत्नी हुन् । डा. अचलासँगै विभिन्न देशका स्त्री तथा प्रसूति रोग विज्ञहरुलाई पनि फेलोसिप प्रदान गरिएको छ ।
Leave a Reply