• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल अंग प्रत्यारोपण समाजको सिएमई सम्पन्न

September 18th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल अंग प्रत्यारोपण समाजको सिएमई सम्पन्न

हेल्थ टुडे,
काठमाडौं,२ असोज : नेपाल अंग प्रत्यारोपण समाज (नेजलीज सोसाइटी अफ ओर्गान ट्रान्सप्लान्टेसन) ले एक दिने सिएमई (कन्टिन्यूइङ मेडिकल एजुकेशन) शनिबार ललितपुरमा सम्पन्न गरेको छ । नेपाल अंग प्रत्यारोपण समाजका अध्यक्ष एवं वरिष्ठ अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठको अध्यक्षता भएको सिएमईमा समाजका सदस्यहरु र स्वदेशी र विदेशी विज्ञ चिकित्सकहरुको सहभागिता थियो ।

समाजका अध्यक्ष डा. श्रेष्ठले नेपालमा पछिल्ला वर्षमा अंग प्रत्यारोपणका क्षेत्रमा प्रगति हुदै गइरहेकोमा खुशी व्यक्त गर्दै अझै नयाँ नयाँ प्रविधिको माध्यमबाट राजधानी बाहेक देशका अन्य भागमा पनि अंग प्रत्यारोपण सेवा विस्तारका लागि प्रयास भइरहेको बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रगत रोग विज्ञ डा. विशेष पौडेलले रगत सम्बन्धी रोगको उपचारमा देखिएका समस्या र अहिले भइरहेका प्रयासका बिषयमा जानकारी गराएका थिए । नेपालमा रगत रोग विज्ञको अभाव र रोग निदान केन्द्रको अभावका कारण धेरै विरामीले उपचारका लागि विदेश जानु परिहेको जानकारी गराउदै डा. पौडेलले बोन म्यारो प्रत्यारोपण सेवालाई बिस्तार गर्नु अहिलेको आवश्यकता भएको बताए ।

शहीद धर्मभक्त रा. प्रत्यारोपण केन्द्रका मिर्गौला रोग विशेषज्ञ डा. सुरेश महर्जनले नेपालमा बर्षेनी ३ हजार जनाको मिर्गौला फेल हुने गरेको जानकारी गराउदै मुस्किलले ३ सयको मात्र प्रत्यारोपण भइरहेको बताए । अमेरिकाको सिकागो स्थित स्टोन्जर हस्पिटलका इन्टरनल मेडिसिन विज्ञ डा. चन्द्रप्रकाश चटौतले सिकलसेल एनिमियाका बिषयमा प्रकाश पारेका थिए भने वरिष्ठ सर्जन डा. राकेश बर्माले अंग प्रत्यारोपणका बिषयमा जनचेतना बिस्तारका बिषयमा आफ्ना भनाई राखेका थिए । सिएमईमा ३० भन्दा बढी चिकित्सकहरु सहभागी थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. पुकारको एक वर्षे कार्यकालको छलाङ : १८४ को मिर्गौला र ३ को कलेजो प्रत्यारोपण
Next article आनन्द बनमा ४० शैयाको ट्रमा एण्ड इमरजेन्सी सेन्टर, स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134409
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web