• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पुकारको एक वर्षे कार्यकालको छलाङ : १८४ को मिर्गौला र ३ को कलेजो प्रत्यारोपण

September 23rd, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पुकारको एक वर्षे कार्यकालको छलाङ : १८४ को मिर्गौला र ३ को कलेजो प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौं, ७ असोज :  डा. पुकारचन्द्र श्रेष्ठलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा पुनः नियुक्ति भई आएको एक वर्ष पुरा भएको छ । एक वर्षमा उनले प्रत्यारोपणका क्षेत्रमा छलाङ नै मारेका छन् । एक वर्षमा उनल १८४ जनाको मिर्गौला प्रत्यारोपण गरेका छन भन ३ जनाको कलेजो प्रत्यारोपण गरेका छन् । यसरी मिर्गौला प्रत्यारोपण गरिएका मध्ये १८० काठमाडौंमा र ४ जना पोखरामा हुन । डा. पुकार नेतृत्वको टीमले पहिलो पटक काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालमा पहिलो पटक पोखरामा मिर्गौला प्रत्यारोपण गरेको हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिगत एक वर्षम डा.पुकार नेतृत्वको टीमले गरेका उपलब्धी निम्न अनुसार छन् ।
१. एक वर्षमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट १८० जना र काठमाण्डौ उपत्यका बाहिर सरकारी अस्पतलामा पहिलो पटक पोखरामा ४ जनाको गरी १८४ जनाको मृर्गौला प्रत्यारोपण भएको छ । जुन संख्या हालसम्म उक्त केन्द्रको नेतृत्वमा भएको सबैभन्दा बढी संख्या हो । यस अघि डा. पुकारकै नेतृत्वमा एक वर्षमा १७९ जनाको मृर्गौला प्रत्यारोपण भएको थियो । कोभिड १९ को माहामारी र औषधिको अभावकाबीच पनि १८४ जनाको मृर्गौला प्रत्यारोपण सम्भब भएको छ ।

२. एक वर्षमा ३ जनाको कलेजो प्रत्यारोपण भएको छ ।

३. डाइलाइसिस मेशीनको संख्यामा पनि अत्याधिक वृद्धि गरी ३५ बाट ७२ वटा मेशीन पु¥याई अधिकांश सञ्चालनमा ल्याइएको छ । जसबाट निःशुल्क डाइलाइसिसका दैनिक १५०  विरामीहरु लाभान्वित भएका छन् ।

४. यस वर्ष मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपण कार्यक्रमलाई नेपाल सरकारले विशेष प्राथमिकतामा राखी देशको ७ वटै प्रदेशमा व्यापक रुपमा प्रचार प्रशार गर्ने योजना अनुसार जनचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा लिइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र क्याबिनेटका सम्र्पूण सदस्यहरुले मृत्यू पश्चात आफ्नो सम्पूर्ण अंगदान गर्ने घोषणा बाट सम्पूर्ण जनमानसमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

५. मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपण अभियानमा केन्द्रले विभिन्न स्थानमा अन्तर्किया कार्यक्रम जारी राखेको छ । विगतको केही महिनामा सुर्खेतको प्रदेशिक अस्पताल, धनगढीको प्रादेशिक अस्पतल र गण्डकी प्रदेशको पश्चिामाञ्चल क्षेत्रीय अस्पताल पोखरा तथा राजधानीमा विभिन्न कार्यक्रम मार्फत मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपण कार्यमा व्यापक प्रचार प्रशार गरी जनचेतना जगाउने कार्य गरिएको छ ।

६. लामो समयदेखि स्थगित भएको मस्तिष्क मृत्यूबाट हुने अंग दान र प्रत्यारोपण कार्य डा.पुकारको कार्यकालमा पुनः सञ्चालनमा आएको छ । यस वर्ष मस्तिष्क मृत्यू भएका एक जना व्यक्तिको २ वटा मृर्गौला र १ वटा कलेजो प्रत्यारोपण भएको छ ।

७. देशका विभिन्न भागमा ७ वटै प्रदेशमा मृर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुरुप नेपाल सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दलाई्र आफ्नो नीति तथा कार्यक्रममा राष्ट्रपतीज्यूबाट यो ‘केन्द्रलाई विस्तार गरिने छ’ भन्ने घोषणा भएको छ भने अर्थ मन्त्रीज्यूले यस आर्थिक वर्षको बजेट भाषणमै यस केन्द्रलाई प्रत्यारोपण सम्बन्धि दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको रुपमा विकास गर्ने घोषणा गर्नु भएको छ । यो कुरा केन्द्रको लागि सबैभन्दा महत्वपूर्ण उपलब्धी हो र केन्द्रको भविष्यमा यसले छलाङ मार्ने छ । केन्द्रमा अब पठन पाठन र अध्ययन अध्यापन कार्य सञ्चालन हुने छन, दक्ष जनशक्ति उत्पादन हुनेछन, सेवा अझ उच्चस्तरीय हुनेछ साथै केन्द्रमा कार्यरत चिकित्सक, नर्स लगायत अन्य प्राविधिकहरुको पनि आफ्नो भविष्य उज्जवल हुने विस्वास गरिएको छ ।

८. केन्द्रको परिसर अत्यन्त साँघुरो भएको हुनाले नयाँ जग्गा प्राप्तीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ र हाल उपलब्ध भएको जग्गामा पनि उचित उपयोग गर्नको लागि संरचना बनाउने तयारी भएको छ ।

९. केन्द्रको मुटुको सेवामा कार्डियोलोजी विभागले पनि सराहनीय कार्य गरेको छ । एन्जियोग्राम तथा एन्जियोप्लास्टी यही आर्थिक वर्षमा २०० जना भन्दा बढीको भै सकेको छ जुन केन्द्रको इतिहाँसमा सबैभन्दा धेरै हो । आगामी दिनमा कार्डियोलोजि विभागमा २० वटा बेड मात्र थप्न सकियो भने भक्तपुर र यसका पूर्वि जिल्लाहरुबाट आउने मुटुका विरामीहरुको लागि यहाँ २४ सै घण्टा मुटुको सेवा उपलब्ध गराउन सकिने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा २२ लाखलाई चस्मा आवश्यक रहेको नेत्र ज्योति संघको दाबी
Next article नेपाल अंग प्रत्यारोपण समाजको सिएमई सम्पन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134306
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web