• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पुकारको एक वर्षे कार्यकालको छलाङ : १८४ को मिर्गौला र ३ को कलेजो प्रत्यारोपण

September 23rd, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पुकारको एक वर्षे कार्यकालको छलाङ : १८४ को मिर्गौला र ३ को कलेजो प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौं, ७ असोज :  डा. पुकारचन्द्र श्रेष्ठलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा पुनः नियुक्ति भई आएको एक वर्ष पुरा भएको छ । एक वर्षमा उनले प्रत्यारोपणका क्षेत्रमा छलाङ नै मारेका छन् । एक वर्षमा उनल १८४ जनाको मिर्गौला प्रत्यारोपण गरेका छन भन ३ जनाको कलेजो प्रत्यारोपण गरेका छन् । यसरी मिर्गौला प्रत्यारोपण गरिएका मध्ये १८० काठमाडौंमा र ४ जना पोखरामा हुन । डा. पुकार नेतृत्वको टीमले पहिलो पटक काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालमा पहिलो पटक पोखरामा मिर्गौला प्रत्यारोपण गरेको हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिगत एक वर्षम डा.पुकार नेतृत्वको टीमले गरेका उपलब्धी निम्न अनुसार छन् ।
१. एक वर्षमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट १८० जना र काठमाण्डौ उपत्यका बाहिर सरकारी अस्पतलामा पहिलो पटक पोखरामा ४ जनाको गरी १८४ जनाको मृर्गौला प्रत्यारोपण भएको छ । जुन संख्या हालसम्म उक्त केन्द्रको नेतृत्वमा भएको सबैभन्दा बढी संख्या हो । यस अघि डा. पुकारकै नेतृत्वमा एक वर्षमा १७९ जनाको मृर्गौला प्रत्यारोपण भएको थियो । कोभिड १९ को माहामारी र औषधिको अभावकाबीच पनि १८४ जनाको मृर्गौला प्रत्यारोपण सम्भब भएको छ ।

२. एक वर्षमा ३ जनाको कलेजो प्रत्यारोपण भएको छ ।

३. डाइलाइसिस मेशीनको संख्यामा पनि अत्याधिक वृद्धि गरी ३५ बाट ७२ वटा मेशीन पु¥याई अधिकांश सञ्चालनमा ल्याइएको छ । जसबाट निःशुल्क डाइलाइसिसका दैनिक १५०  विरामीहरु लाभान्वित भएका छन् ।

४. यस वर्ष मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपण कार्यक्रमलाई नेपाल सरकारले विशेष प्राथमिकतामा राखी देशको ७ वटै प्रदेशमा व्यापक रुपमा प्रचार प्रशार गर्ने योजना अनुसार जनचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा लिइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र क्याबिनेटका सम्र्पूण सदस्यहरुले मृत्यू पश्चात आफ्नो सम्पूर्ण अंगदान गर्ने घोषणा बाट सम्पूर्ण जनमानसमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

५. मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपण अभियानमा केन्द्रले विभिन्न स्थानमा अन्तर्किया कार्यक्रम जारी राखेको छ । विगतको केही महिनामा सुर्खेतको प्रदेशिक अस्पताल, धनगढीको प्रादेशिक अस्पतल र गण्डकी प्रदेशको पश्चिामाञ्चल क्षेत्रीय अस्पताल पोखरा तथा राजधानीमा विभिन्न कार्यक्रम मार्फत मस्तिष्क मृत्यूबाट हुने अंगदान र प्रत्यारोपण कार्यमा व्यापक प्रचार प्रशार गरी जनचेतना जगाउने कार्य गरिएको छ ।

६. लामो समयदेखि स्थगित भएको मस्तिष्क मृत्यूबाट हुने अंग दान र प्रत्यारोपण कार्य डा.पुकारको कार्यकालमा पुनः सञ्चालनमा आएको छ । यस वर्ष मस्तिष्क मृत्यू भएका एक जना व्यक्तिको २ वटा मृर्गौला र १ वटा कलेजो प्रत्यारोपण भएको छ ।

७. देशका विभिन्न भागमा ७ वटै प्रदेशमा मृर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुरुप नेपाल सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दलाई्र आफ्नो नीति तथा कार्यक्रममा राष्ट्रपतीज्यूबाट यो ‘केन्द्रलाई विस्तार गरिने छ’ भन्ने घोषणा भएको छ भने अर्थ मन्त्रीज्यूले यस आर्थिक वर्षको बजेट भाषणमै यस केन्द्रलाई प्रत्यारोपण सम्बन्धि दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको रुपमा विकास गर्ने घोषणा गर्नु भएको छ । यो कुरा केन्द्रको लागि सबैभन्दा महत्वपूर्ण उपलब्धी हो र केन्द्रको भविष्यमा यसले छलाङ मार्ने छ । केन्द्रमा अब पठन पाठन र अध्ययन अध्यापन कार्य सञ्चालन हुने छन, दक्ष जनशक्ति उत्पादन हुनेछन, सेवा अझ उच्चस्तरीय हुनेछ साथै केन्द्रमा कार्यरत चिकित्सक, नर्स लगायत अन्य प्राविधिकहरुको पनि आफ्नो भविष्य उज्जवल हुने विस्वास गरिएको छ ।

८. केन्द्रको परिसर अत्यन्त साँघुरो भएको हुनाले नयाँ जग्गा प्राप्तीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ र हाल उपलब्ध भएको जग्गामा पनि उचित उपयोग गर्नको लागि संरचना बनाउने तयारी भएको छ ।

९. केन्द्रको मुटुको सेवामा कार्डियोलोजी विभागले पनि सराहनीय कार्य गरेको छ । एन्जियोग्राम तथा एन्जियोप्लास्टी यही आर्थिक वर्षमा २०० जना भन्दा बढीको भै सकेको छ जुन केन्द्रको इतिहाँसमा सबैभन्दा धेरै हो । आगामी दिनमा कार्डियोलोजि विभागमा २० वटा बेड मात्र थप्न सकियो भने भक्तपुर र यसका पूर्वि जिल्लाहरुबाट आउने मुटुका विरामीहरुको लागि यहाँ २४ सै घण्टा मुटुको सेवा उपलब्ध गराउन सकिने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल अंग प्रत्यारोपण समाजको सिएमई सम्पन्न
Next article नेपालमा २२ लाखलाई चस्मा आवश्यक रहेको नेत्र ज्योति संघको दाबी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 29th 10:35 AM
समाचार

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2318
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web