• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दुई महिनापछि बल्ल पायो स्वास्थ्य मन्त्रालयले मन्त्री

May 4th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दुई महिनापछि बल्ल पायो स्वास्थ्य मन्त्रालयले मन्त्री

हेल्थ टुडे,
काठमाडौं, २१ बैसाख : दुई महिनापछि बल्ल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मोहन बहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेपछि स्वास्थ्य मन्त्रालयले मन्त्री पाएको हो । गत फागुन १५ गते तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसहित एमालेबाट सरकारमा सहभागी भएका सबै मन्त्रीले राजिनामा दिए पछि बिगत दुई महिना भन्दा बढी समयदेखि स्वास्थ्य मन्त्रालय मन्त्री विहिन थियो । मन्त्री नहुदा स्वास्थ्य मन्त्रालयले बजेट माग गर्ने लविङदेखि नीति निर्माणमा समेत बिलम्ब भएको थियो । नव नियुक्त मन्त्री बस्नेतले आजै दिउसो ३ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ खाने र त्यसपछि मन्त्रालयमा पद बहाली गर्ने कार्यक्रम रहेको बस्नेतको निजी सचिवालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री समेत रहने परम्परा रहे पनि अहिलेसम्म स्वास्थ्य राज्यमन्त्री भने नियुक्त गरिएको छैन । बस्नेत नेपाली कांग्रेसका लोकप्रिय नेता हुन । उनी सिन्धुपाल्चोकबाट निर्वाचित सांसद हुन । यो भन्दा पहिले पनि उनले स्वास्थ्य राज्यमन्त्री र सूचना मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यको बजेट बढाउने नव नियुक्त स्वास्थ्य मन्त्री बस्नेतको दावी
Next article स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134452
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web