• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यको बजेट बढाउने नव नियुक्त स्वास्थ्य मन्त्री बस्नेतको दावी

May 4th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यको बजेट बढाउने नव नियुक्त स्वास्थ्य मन्त्री बस्नेतको दावी

हेल्थ टुडे,
काठमाडौं, २१ बैसाख : नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यको बजेट घटाएर गुणस्तरीय सेवा प्राप्त गर्न कठिन हुने बताएका छन । मन्त्री बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पद बहाली गरेपछि मन्त्रालयका उच्च अधिकारी र सञ्चारकर्मीलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई चालु आर्थिक वर्षको भन्दा झण्डै ४० प्रतिसत बजेट कटौती गरेर ४१ अर्वको मात्र बजेट सिलिङ पठाएकोमा असन्तुष्टि व्यक्त गरेका हुन । चालु आर्थिक वर्षमा ६९ अर्व बजेट पाएको स्वास्थ्यले आउदो आर्थिक वर्षका लागि ४१ अर्बको सिलिङ पठाएको छ । मन्त्री बस्नेतले भने, अर्थतन्त्रमा केही संकुचल आएको छ । तर स्वास्थ्यमै त्यति ठूलो बजेट काटेपछि जनतालाई गुणस्तरीय सेवा कसरी दिन सकिन्छ ?
विकास भन्दा हरेक व्यक्तिको लागि ज्यान ठूलो भएको भन्दै मन्त्री बस्नेतले स्वास्थ्यको बजेट बढाउन आफु लागी पर्ने बताए । मन्त्री बस्नेतले विभिन्न अस्पतालहरुले किनेर प्रयोगमा नआएका महंगा उपकरणको खोजविन गरि त्यसको बिबरण एक हप्ताभित्र पेस गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिए । स्वास्थ्य मन्त्रालय मातहतका चिकित्सक र कर्मचारी सबैले मिलेर काम गरेको खण्डमा राम्रो उपलब्धी हासिल गर्न सकिने भन्दै आफुले गफ गर्नेलाई भन्दा काम गर्नेलाई अवसर दिने बताए । मन्त्रालयका सचिव डा.रोसन पोखरेलले मन्त्री बस्नेतलाई स्वागत गर्दै मन्त्रालयका गतिविधिका विषयमा जानकारी गराएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दुई महिनापछि बल्ल पायो स्वास्थ्य मन्त्रालयले मन्त्री
Next article राज्यमन्त्री भएको २२ वर्षपछि मन्त्री भएर बस्नेत पुगे स्वास्थ्य मन्त्रालय

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web