• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्री बस्नेत निकै ‘ इनरजेटिक एण्ड डाइनामिक ’ मन्त्री हुन : प्रधानमन्त्री

August 11th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्री बस्नेत निकै ‘ इनरजेटिक एण्ड डाइनामिक ’ मन्त्री हुन  : प्रधानमन्त्री

हेल्थ टुडे,
काठमाडौं, २६ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वास्थ्य तथा जनसंख्या मन्त्री आफ्नो मन्त्रीपरिषद्मा सबैभन्दा बढी उर्जावान र गतिशील मन्त्री भएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले मन्त्रीको पदभार सम्हालेको १०० दिन पुगेको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले स्वास्थ्य मन्त्री बस्नेत लय सम्हालेर काम अगाडि बढाएको बताए ।
स्वास्थ्य मन्त्री बस्नेतले गरेका स्वास्थ्य सुधारका कामबाट मन्त्री परिषद्का सदस्यहरु समेत निकै प्रभावित भएको बताउदै प्रधानमन्त्री दाहालले भने, ‘ क्याविनेटमा स्वास्थ्य मन्त्रीले आफुले गरेका कामको ब्रिफिङ गर्दा उहाँको काम देखेर सबै मन्त्री प्रभावित हुन्छन । ’ स्वास्थ्य मन्त्री बस्नेतको स्वास्थ्य सुधारको योजना र कार्यशैलीबाट आफू प्रभावित भएको प्रधानमन्त्री दाहालले बताए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेकै कारण आफू हौसला प्रदान गर्न कार्यक्रममा आएको प्रधानमन्त्री दाहालले बताए । सबै मन्त्रीहरुसँग आफुले कार्यसम्पादन सम्झौता गरेको जानकारी दिदै मन्त्री बस्नेत नेतृत्वको स्वास्थ्य मन्त्रालयले १०० प्रतिसत सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
नेपालको नर्सिङ क्षेत्रमा निकै समस्या रहेको औल्याउदै प्रधानमन्त्रीले यसमा निजीगत सुधार गरेर पढ्नका लागि विदेश जानु पर्ने र त्यतैबाट रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्न आफू लागिपरेको बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले १०० दिनको कार्यकालमा आफूले विपन्नको निशुल्क उपचारका लागि संघीय अस्पतालका साडे ३ हजार बेड निशुल्क गरेको, भिआईपी तथा भिभिआईपीका लागि वीर अस्पतालका उपचार कक्ष थप गरेको, वित्ति रणनीति र स्वास्थ्य रणनीति पास गरेको, निजी अस्पतालमा समेत १० प्रतिशत बेड विपन्नका लागि निशुल्क गर्नै पर्ने व्यवस्था कडाइका साथ लागु गरेको लगायतका काम गरेको बताउदै आउदो ६ महिनामा जनताले महसुस हुने गरि स्वास्थ्यमा सुधारका काम गर्ने दावी गरे । कार्यक्रममा राष्टिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले स्वास्थ्यका नीति बनाउदा योजना आयोगले सहजिकरण गर्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले स्वास्थ्य मन्त्री बस्नेतको नेतृत्वमा मन्त्रालयले धेरै काम अगाडि बढाएको बताउदै नेतृत्व गतिलो भएपछि कर्मचारीले दायाँबाया गर्ने अवस्था नआउने बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारी, विभिन्न अस्पतालका कर्मचारी, चिकित्सक, दातृ निकायका प्रमुखहरु सहितको ठूलो सहभागिता थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाग्मती प्रदेशले पनि घोषणा गर्यो विपन्नका लागि ८०१ शैया नि:शुल्क
Next article स्वास्थ्य मन्त्री बस्नेतका १०० दिन, यी हुन् १०० दिनमा गरेका १०७ काम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132299
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web