• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

केन्द्रीय अस्पतालहरूमा तत्काल १६ हजार दरबन्दी आवश्यक छ : स्वास्थ्य सचिव पोखरेल

January 16th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
केन्द्रीय अस्पतालहरूमा तत्काल १६ हजार दरबन्दी आवश्यक छ :  स्वास्थ्य सचिव पोखरेल

हेल्थ टुडे,
काठमाडौँ, २ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रीय अस्पतलाहरूका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताएका छन् । केन्द्रीय अस्पतालहरूमा तत्काल १६ हजार दरबन्दी आवश्यक छ ः स्वास्थ्य सचिव पोखरेल
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा सचिव डा. पोखरेलले अर्थ मन्त्रालयमा दरबन्दीका लागि स्वास्थ्य मन्त्रालयले गरेको प्रस्ताव स्वीकृत नभए केन्द्रीय अस्पतालका ५ सय शैय्या बन्द हुने अवस्था आइपुगेको बताए । हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडका अस्पताल सञ्चालन लागि पनि स्वास्थ्य मन्त्रालयले दरबन्दी थपका लागि प्रस्ताव पठाएको र त्यसलाई अर्थ मन्त्रालयले स्वीकृत गर्नैपर्ने सचिव पोखरेलको भनाई थियो ।
‘प्रत्येक स्थानीय तहमा ५ जना विशेषज्ञ डाक्टर पठाउने भन्ने पनि नीतिमा आयो । जुन सम्भव छैन । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म अस्पताल खोल्नु भन्ने पनि आयो । त्यो कसरी सम्भव होला ?,’ उनले भने, ’ अर्थ मन्त्रालयबाट यो दरबन्दी र ओएनएमलाई पास गर्नका लागि सहयोग पु¥याई दिनुहुन्छ भनेर अनुरोध गरें । केन्द्रीय अस्पतालको दरबन्दी हामीलाई १५ देखि १६ हजार तुरुन्तै चाहिने छ । यो भएन भने हाम्रा ५ सय बेडका केन्द्रीय अस्पताल संचालन हुँदैनन् । आगामी दिनमा निर्माणाधीन ५, १० र १५ बेडका अस्पतालको एउटा प्रस्तावित दरबन्दीको आर्थिक पाटोमा नेपाल सरकारले स्वीकृति दिएन भने ती अस्पताल चल्दैनन् ।’
चिकित्सकका लागि स्वास्थ्य मन्त्रालयले पठाएको प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएमा ५, १०, १५ बेडका अस्पतालमा भौतिक संरचनाका साथसाथै जनशक्तिको पूर्ति हुने उनको भनाइ थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चैत २५ गते अन्तर्राष्ट्रिय दातृ निकाय सम्मेलन गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
Next article सुस्वास्थ्य हस्पिटल नवौं वर्षमा , गुणस्तरीय प्राकृतिक चिकित्सा सेवा दिने प्रतिबद्धता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

Jul 28th 12:02 PM
समाचार

आन्दोलनरत चिकित्सकको माग तत्काल सम्बोधन गर्न कांग्रेसको आग्रह

Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133654
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

126
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

128
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web