• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रसूति गृहको विस्तारित विशिष्टिकृत सेवा कुपण्डोलको नयाँ भवनबाट सुरु हुँदै

February 13th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रसूति गृहको विस्तारित विशिष्टिकृत सेवा कुपण्डोलको नयाँ भवनबाट सुरु हुँदै

हेल्थ टुडे,
काठमाडौं, १ फागुन : थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह) ले कुपण्डोलमा निर्माण गरिएको नवनिर्मित भवनबाट आफ्नो विशिष्टिकृत सेवा बिस्तार गर्ने भएको छ । थापाथलीमा रहेको पुरानो भवनमा स्थान अभावका कारण सहज रुपमा विशिष्टिकृत सेवा उपलब्ध गराउन समस्या झेलीरहेको प्रसूति गृहलाई गुणस्तरीय सेवा प्रदान गर्न यो भवनले ठूलो राहत दिने छ ।
४३ करोड ७९ लाख ६७ हजार रुपैयाको लागतमा निर्माण सम्पन्न भएको पाँच तले उक्त सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवनको फागुन २ गते श्रीपञ्चमीको दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औपचारिक उदघाटन गरेपछि बिस्तारित सेवा सञ्चालनमा आउने छ । नयाँ भवनमा केही दिनमै ओपिडी सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार योजना सेवा सहित विशिष्टिकृत सेवा सञ्चालनमा आउने परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल (प्रसूति गृह) का निर्देशक डा.श्रीप्रसाद अधिकारीले जानकारी दिए । डा. अधिकारीका अनुसार पाठेघरको क्यान्सरको जाँच, पिसाव चुहिने समस्या, टेष्ट ट्युव बेबी सेवा लगायतका सेवा यही भवनबाट सञ्चालन हुने छन् । डा. अधिकारीले भने, ‘यसका अलावा उक्त भवनमा १२० जना नर्सिङ अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवासको समेत व्यवस्था गरिएको छ । ’ प्रसूति तथा स्त्रीरोग सम्बन्धी तालिममा सहभागी हुन दुरदराजबाट आउने गरेका स्वास्थ्यकर्मी र चिकित्सकहरुका लागि आवासको व्यवस्था पनि उक्त भवनमा गरिएको डा.अधिकारीले बताए ।
एक महिनाभित्र यी सबै सेवा सञ्चालनमा आउने डा. अधिकारीले जानकारी दिए । यो सेवा बिस्तार र अध्ययन अनुसन्धान भवन ४ वर्ष ८ महिनामा निर्माण सम्पन्न भएको हो । भवनको ग्राउण्ड फ्लोरमा ओपिडी सेवा, ल्याव, फार्मेसी र रिसेप्सन रहने छ भने पहिलो तलामा सुरक्षित गर्भपतन सेवा, परिवार योजना सेवा, माइनर ओटी, जनरल ओटी रहने छ । दोश्रो तलामा प्रशासन साखा, बैठक कक्ष र तालिम कक्ष रहेका छन् । त्यसैगरि तेश्रो र चौथो तलामा नर्सिङ पढ्ने १२० जना विद्यार्थीहरुका लागि आवासको व्यवस्था गरिएको छ । पाँचौ तलमा प्रसूति तथा स्त्री रोग सम्बन्धी बिभिन्न तालिममा सहभागी हुन आउने स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था गरिएको छ । भवनमा किचेन र डाइनिङ हलको व्यवस्था पनि गरिएको छ । यो भवन सञ्चालनमा आएपछि प्रसूति गृहलाई आफ्ना विशिष्टिकृत सेवा बिस्तार गर्न ठूलो सहयोग पुग्ने निर्देशक डा. अधिकारीले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रीद्वारा प्रसूति गृहको सेवा बिस्तार एवं अध्ययन अनुसन्धान भवन उदघाटन
Next article ग्लोवल फण्डको अनुदानको प्रभावकारिता अध्ययन गर्न डा. बाराकोटीको संयोजकत्वमा समिति गठन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133494
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

106
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web