• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मस्तिष्क मृत्यू पश्चात हुने अंगदान सम्बन्धि स्वास्थ्यकर्मी सहित सरोकारवालासँग अन्तरक्रिया

July 13th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मस्तिष्क मृत्यू पश्चात हुने अंगदान सम्बन्धि स्वास्थ्यकर्मी सहित सरोकारवालासँग अन्तरक्रिया

हेल्थ टुडे,
काठमाडों, २९ असार : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यू पश्चात हुने अंगदान सम्बन्धि अन्तर्किया कार्यक्रम सम्पन्न भयो । काठमाडौ उपत्यका भित्रका अंगदान हुन सक्ने अस्पतालहरुमा कार्यरत न्युरो तथा अन्य शल्यचिकित्सक, सघन उपचार विशेषज्ञ चिकित्सक तथा नर्स, ट्रान्सप्लान्ट कोर्डिनेटर, फोरेन्सिक विशेषज्ञ, महानगरिय प्रहरी कार्यालय अन्तर्गत काठमाडौ उपत्यका भित्रका सम्पूर्ण प्रहरी कार्यालयका अधिकृत प्रतिनिधिहरु, ट्राफिक प्रहरीहरु र पत्रकार सहितको टोलिसँग मस्तिष्क मृत्यू पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि वृहत छलफल भयो ।
मस्तिष्क मृत्य पश्चात हने अंगदान र प्रत्यारोपणले व्यापकता पाओस भनी जनचेतनाको अभिवृद्धि गर्ने कार्यलाई सबैभन्दा महत्व दिई उक्त कार्यक्रमको आयोजना गरिएको थियो । यस बाट चिकित्सक, नर्स, तथा अन्य स्वास्थ्यकर्मी, राजनितिज्ञ, पत्रकार, कानून व्यवसायी, समाजसेवी तथा कलाकार सबैमा जानकारी भयो भने मात्र यो काम अघि बढ्न सक्छ, आफू मरेपछि खरानी भएर जाने अंग या गाडेर सकिने अंग दान दिन सके १ जना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिन्छ र सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्वपुर्ण भएको कुरा शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण विद् डा पुकार चन्द्र श्रेष्ठले बताए ।
सबैले आ आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्यौ भने विदेशमा जस्तै ८० प्रतिशत प्रत्यारोपण नेपालमा पनि मस्तिष्क मृत्यूबाट भएका व्यक्तिको अंगबाट हुने र अंग नपाएर अंग प्रत्यारोपण बाट बञ्चित हुने कार्यको अन्त्य हुने विस्वास डा श्रेष्ठले व्यक्त गरे ।
मस्तिष्क मृत्यूबाट हुने अंग विरतण पारदर्शी बानाउन नेपाल सरकारले स्पष्ट मापदण्ड बनाएको हुँदा त्यसै अनुसार अंग वितरण हुने जानकारी गराइयो ।
कार्यक्रममा प्रहरी अधिकृत, चिकित्सक तथा अन्य सहभागीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा मस्तिष्क मृत्यू बाट हुने अंगदान तथा प्रत्यारोपण प्रवद्र्धन गर्नको लागि विभिन्न सुझाव प्राप्त भएको र संस्थागत रुपमा नीति बनाइ कायान्वयन गर्नु पर्ने निष्कर्ष सहित कार्यक्रमको समापन भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रदीप पौडेलले सम्हाले स्वास्थ्यको बागडोर
Next article कस्तो हुनु पर्छ मिर्गौलाका विरामीको खाना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133585
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

121
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

118
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web