• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
लेखविचार

‘हन्टर होमलेस कनेक्ट डे’ र मेरो अनुभव

August 22nd, 2024 लेखविचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘हन्टर होमलेस कनेक्ट डे’ र मेरो अनुभव


गरिमा धिताल /अस्ट्रेलिया,

अस्ट्रेलिया संसारका बिकशित मुलुक मध्ये एक हो । भौगोलिक रुपमा यसको क्षेत्रफल ७६ लाख ८८ हजार ३८७ बर्ग किलोमिटर छ । सबै भन्दा ठुलो प्रदेश पश्चिम अस्ट्रेलिया हो जसको क्षेत्रफल २५ लाख २७ हजार ०१४ र सबै भन्दा सानो प्रदेश जेर्भिस बे टेरिटोरी हो,जसको क्षेत्रफल ६७.८ वर्ग किलोमिटर छ । यहाँ लगभग ३०० भन्दा केही बढी मात्र जनसंख्या बसोबास गर्छन । क्षेत्रफलको हिसाबले पाँचौ नम्बरमा पर्ने न्यु साउथ वेल्स प्रदेश जसको कुल क्षेत्रफल ८ लाख एक हजार १५० बर्ग किलोमिटर रहेको र सो अन्तर्गत पर्ने न्युकासल सिटिमा हरेक वर्ष एकीकृत सेवा प्रदान गर्ने हेतुले सन् २००९ देखि सुरु गरेको ‘हन्टर होमलेस कनेक्ट डे’ सन् २०२४ को लागि सन् २०२४ अगस्त २१ का दिन करिब १५० वटा सेवा प्रदायक संस्थाहरुबाट विभिन्न सेवाहरु जस्तै स्वास्थ्य सेवा, कानुनी सल्लाह, नोकरी परामर्श, बिबाह दर्ता तथा नयाँ सरकारी सेवा साथै आवश्यक दैनिक उपभोगका समान समेत प्रदान गरी मुलतः सेवाबाट बन्चित रहेका आदीवासी तथा जनजाती समुदायहरुलाई लक्षित गरेर विभिन्न सेवा प्रदान गरिएको थियो ।
यो सेवा संग सम्बन्धित केहि मुख्य मुख्य कुराहरुलाई यहाँको भ्रमण गर्दा देखिएको यथार्थताबाट मलाई निम्न अनुसारको सिकाईको महशुस भयो । जुन नेपालको सन्दर्भमा उपयोगी हुन सक्छ । अत: यस क्याम्पियनबाट सेवा प्रदायक र सेवाग्राहीहरु दुबैले अबलम्बन गर्नु पर्ने कुराहरु प्रस्तुत गरिएको छ ।
१.यो एकीकृत सेवामुखी क्याम्पिय न्युक्यासल इन्टरटेन सेन्टरमा संचालन गरियो । जुन एउटा ठुलो स्टेडियम भित्र संचालन गर्दा सेवा प्रदायक र सेवा ग्राही दुवैलाई घाम, पानी, हुरी, बतास आदिको जोखिमबाट बच्न र बचाउन सकिने एक सुरक्षित स्थान थियो ।
२.यो स्थानमा सेवा दिने दिन भन्दा एकदिन अगाडि राम्रो सेटअफ गरी सबै कुरा को ब्यबस्थापन समेत गरिएको थियो ।
३. समयमै कुन सेवा कुन स्टल वा हबबाट को कसले के सेवा दिने भनि सुनिश्चित गरिएको थियो, जसले सेवा दिने दिन सहज हुन्छ ।
४.सेवा लिन आउनु भएका सेवा ग्राहीहरुलाई मात्र सेवा प्रदान गर्ने, नकि सेवा प्रदान गर्ने वा कुनै पनि स्वयम् सेवक हरुलाई उक्त दिन कुनै पनि उपलब्ध सेवा लिने अवसर थिएन र कसैले पनि सेवा दाबी गर्ने गर्दैनन् ।
५. ती सेवाहरु ब्यबस्थित र गुणस्तरीय वा सम्बन्धित कार्यालयबाट दिएको भन्दा कमि थिएन ।
६.निश्चित समय भन्दा १ मिनेट पनि ढिला नगरी सेवा सुरुवात गरी तोकिएको समय भित्र मात्र सेवा प्रदान गरियो, कसैले पनि मा स्टल वा हबमा प्रवेश गरिसके सो जसरि पनि मैले सेवा पाउँनु पर्छ भनि कसैले पनि भनेको मैले देखिन । सेवा प्रदान गर्नेको कुनै पहुँच वा रुचीमा कसैले प्रभाव पर्ने र पर्ने गरिएको देखिएन ।
७.सेवा प्रदान गर्दा सेफ्टी मेजरको शुनिश्चितता गरिएकोले हाम्रो देश नेपालले सिक्नु पर्ने कुराहरु थुप्रै छन् । जस्तो अनुशासित, मर्यादित, सुरक्षित, आदरभाव, विभेदरहित सेवा, फस्ट कम फस्ट सेवाका साथ गुणस्तरतामा ध्यान दिनु आवस्यक छ ।

(गरिमा धिताल हाल युनिभरसिटि अफ न्युक्यासलमा स्नातक फार्मेसी दोश्रो वर्षमा अध्ययनरत छिन)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मंकीपक्सको जोखिममा नेपाल पनि
Next article एक्सप्लोर हेल्थ केयरका अध्यक्ष पाण्डे विश्व शान्तिदूत अवार्डबाट सम्मानित

Health Today Nepal

Related Posts

उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

बेनी अस्पताल भ्रष्टाचारीहरुको अखडा बनेको आरोप

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

रक्तअल्पता तथा आइरनको कमी किशोरमा पनि

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133243
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

53
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web