• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आईओएमले शैक्षिक क्यालेण्डर अनुसार परीक्षाफल प्रकाशित गर्दै आएको डा. दिव्याको दावी

August 29th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आईओएमले शैक्षिक क्यालेण्डर अनुसार परीक्षाफल प्रकाशित गर्दै आएको डा. दिव्याको दावी

हेल्थ टुडे,
काठमाडौं, १३ भदौ : त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) की डिन प्रा.डा. दिव्या सिंहले आईओएमले विगत ३ वर्षदेखि शैक्षिक क्यालेन्डर बनाएर सोही अनुसार समयमै परीक्षाफल प्रकाशित गर्ने गरेको बताएकी छन् । हेल्थटुडेनेपाल डटकममा गत साउन २० गते ‘आईओएममा माखो नमारेकी डा.दिव्यालाई फेरि डीन बनाउन डा. सायमीलाई सर्च कमिटिमा ल्याइदै ’ शिर्षकको प्रकाशित समाचारको खण्डन गर्दै डा.दिव्याले आफु डिन भएपछि आईओएम सुधारका क्षेत्रमा थुप्रै काम गरेको दावी गरेकी छन् । त्रिवि शिक्षण अस्पताल परिसरमा सुव्यवस्थित छात्राबास,पार्किङ र ढल निकास बनाउन गुरुयोजना बनाई प्रथम चरणको कार्य थालनी गरिएको, सुरेश वाग्ले क्यान्सर सेन्टर जस्ता अलपत्र रहेका परियोजनालाई पूर्णता दिई कार्यान्वयनमा ल्याइएको र जनस्वास्थ्य केन्द्रीय बिभागका लागि भवन र छात्रावास बनाएको डा. सिहले उल्लेख गरेकी छन् ।
आंगिक क्याम्पसहरुको पठनपाठन सुदृढ गर्न मापदण्डका आधारमा शिक्षक प्रमाणिकरण गर्न सुरु गरिएको र कर्मचारीहरुसँग सौहार्दपूर्ण सम्बन्ध कायम गरेर आफुले काम गरिरहेको डा. सिंहले जानकारी गराएकी छन् । आफु अहिले निजी अस्पताल ग्राण्डीको विभागिय प्रमुख नरहेको र अहिले सो अस्पताल पूर्ण रुपमा छोडिसकेको उनले जानकारी दिएकी छन् । डा. सिंहले स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधिहरुसँग वारम्बार छलफल गरेर काम गर्ने गरेको र आफ्नो जिम्मेवारीप्रति आफु सचेत रहेको बताएकीछन् । छात्रावास निर्माणको बिषय संवेदनशिल भएकाले कन्सल्टेन्ट फर्मसंग डिजायनका बिषष्यमा बेला बेला छलफल गर्ने गरेको, कार्यालयका वायोमेटिक हाजिरी गर्ने गरेको तर विभिन्न बैठकमा जानु पर्दा आफ्नो केही हाजिरी छुटेको डा. सिंले जनाएकी छन् । परीक्षा स्कुटिनी वोर्ड गठन गरेर वोर्डकै निर्णय अनुसार परीक्षाफल प्रकाशित गर्ने गरेको डा.सिंहले दावी गरेकीछन् ।
यसै गरि स्वतन्त्र विद्यार्थी युनियन महाराजगन्ज मेडिकल क्याम्पसका सभापति डा. आनन्द कुमार सिंहले हाल सुचारु रहेको छात्रावासको मर्मत नगरेको र विद्यार्थी संख्याको अनुपातमा छात्रावास न्युन रहेको हुदा पटकपटक आन्दोदनका क्रममा सहमती हुदा पनि वैकल्पिक छात्रावास व्यवस्थापन गर्नका निम्ति डिनले कदम नचालेको विज्ञप्ति मार्फत जानकारी गराएका छन् । राजनीतिक चेतना भएका विद्यार्थीहरुलाई छानिछानी मौखिम परीक्षामा फेल गराउने मेडिसिन र अर्थोपेडिक्स डिपार्टमेन्टलाई नैतिक सुधार गर्नु पर्ने र यसको उत्तरदायित्व क्याम्पस प्रमुख र डीनले लिनु पर्ने स्वयियू सभापति डा. सिहले विज्ञप्तिमा उल्लेख गरेका छन् । त्रिवि अन्तरगतका मेडिकल विद्यार्थीहरुको अध्ययन शुल्क २ वर्षभित्रै ५० लाख रुपैया तिर्न लगाउने तर विभिन्न बहाना र नियम बनाएर परीक्षामा बस्न बन्चित गराएर डीनको कार्यालयले अन्याय गर्दै आएको स्ववियू सभापति डा. सिंहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्री पौडेललाई कार्यदलले बुझायो प्रतिवेदन
Next article १२ देशका चिकित्सक संघ आवद्व सिएमएएओको अध्यक्षमा डा.कार्की निर्वाचित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134450
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

38
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web