• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कसरी बच्ने ग्यास्ट्रोएन्टेराइटिसबाट ?

November 7th, 2024 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसरी बच्ने ग्यास्ट्रोएन्टेराइटिसबाट ?


हेल्थ टुडे

काठमाडौं, २२ कात्तिक भाइरस, ब्याक्टेरिया, परजीवी आदिले गर्दा आन्द्राको सतह सुन्निनु नै ग्यास्ट्रोएन्टेराइटिस हो । ब्याक्टेरिया, भाइरस र तिनको विषाक्त पदार्थ, परजीवी, खाना वा औषधिमध्ये कुनै वस्तुको विपरीत प्रतिक्रियाका कारण यो संक्रमण हुन्छ । यतिमात्र नभएर, नयाँ खानाको प्रतिक्रियास्वरूप समेत यो समस्या देखिन सक्छ । हाम्रो देशमा यसको संक्रमणबाट बर्सेनि करिब सयको हाराहारीको मृत्यु हुन्छ भने एक लाख व्यक्ति प्रभावित हुन्छन् ।
ग्यास्ट्रोएन्टेराइटिसको मुख्य कारण खाद्यपदार्थ र प्रदूषित पानी, अव्यवस्थित दिसापिसाबले संक्रमित हुने गर्छ । पेट रोग विशेषज्ञ डा. पीके यादवका अनुसार भाइरसबाट हुने ग्यास्ट्रोएन्टेराइटिस जाडो याममा बढी देखिन्छ । हाल अमिबा, ब्याक्टेरियालगायतका कारणले हुने ग्यास्ट्रोएन्टेराइटिस नै बढी देखिने गरेको उनी बताउँछन् । यो रोगको मुख्य कारण प्रदूषित खानपान नै हो ।
बढी गर्मी र वर्षामा ग्यास्ट्रोएन्टेराइटिसको जीवाणु फस्टाउने अनुकूल समय हो । त्यसैले यो मौसममा यो रोगको संक्रमणको खतरा अन्य समयमा भन्दा बढी देखिन्छ ।
शरीरमा जीवाणु प्रवेश गरेको चारदेखि ४८ घन्टाभित्र यो रोगको लक्षण देखिने उल्लेख गर्दै डा. यादव भन्छन्, यसअन्तर्गत पखाला र बान्ताका माध्यमले शरीरमा लवण र खनिज पदार्थको कमी हुन्छ ।
ग्यास्ट्रोएन्टेराइटिसको समयमा नै उपचार नगर्दा स्वास्थ्यसम्बन्धी अन्य जटिल समस्यासमेत आउन सक्छ । कुनैकुनै केसमा कडा डिहाइड्रेसन (पानीको कमी) भएर एक्युट रेनल फेल्योर (मिर्गाैलाले काम गर्न छाड्नु) समेत हुन सक्ने स्थिति औंल्याउँदै डा.यादव भन्छन्, यस्तो अवस्थामा बिरामीलाई डायलासिस गराउनुपर्ने अवस्थासमेत आउन सक्छ ।
लक्षणहरू : पेट दुख्नु, दिसा पातलो हुनु, वाक्वाकी र बान्ता हुनु, जीउ गल्नु, कमजोरी हुनु र रिंगटा लाग्नु
यतिमात्र नभएर कहिलेकाहीँ रक्तचापमा कमी आएर बिरामीको मृत्युसमेत हुन सक्छ । राजधानीमा समेत ग्यास्ट्रोएन्टेराइटिसका बिरामीहरूमा पनि समयमै अस्पताल नपुगेपछि डायलासिस गराउनु पर्ने, रक्तचापको कमीले मृत्युलगायत जटिल समस्या देखिने गरेको औंल्याउँदै यादव भन्छन्, “सहजै अनुमान गर्नुहोस्, दुर्गम क्षेत्रमा ग्यास्ट्रोएन्टेराइटिसले गर्दा कतिसम्म असहज स्थिति देखिने गरिएको होला ।”
चिकित्साकर्मीले ग्यास्ट्रोएन्टेराइटिसको प्रकार पत्ता लगाउन दिसा परीक्षण गर्छन् । यसको उपचार यो संक्रमण हुने कारणमा निर्भर रहन्छ । तर यसको उपचारअन्तर्गत तरल पदार्थको अत्यधिक उपयोगसँगै ओरल रिहाइड्रेसन साल्ट (ओआरएस) को सेवन गर्नुपर्ने डा. यादव बताउँछन् । ओआरएसलाई बोलचालको भाषामा जीवनजल पनि भनिन्छ ।
उपचारअन्तर्गत ओआरएसले बनाइएको पानी खुवाइन्छ, बान्तासमेत हुनेहरूमा नसाको माध्यमले पानी चढाइन्छ । यसका अलावा बिरामीको अवस्था र स्वरूप हेरेर एन्टिबायोटिक औषधिसमेत दिने गरिन्छ । ग्यास्ट्रोएन्टेराइटिसले पखाला हुन थाले सामान्यतः चिकित्सकलाई जँचाउन जानुभन्दा अघिदेखि नै ओआरएसको सेवन गर्दा बिरामीलाई फाइदा नै हुने गर्छ । यसले शरीरमा पानीको कमी भएर हुने मृत्युलगायत अन्य जटिल समस्या हुन सक्ने जोखिमलाई कम गर्न मद्दत गरिरहेको हुन्छ । कडा ग्यास्ट्रोएन्टेराइटिस प्राणघातक हुन्छ । कहिलेकाहीँ सामान्य समस्या गराउने खालको यो संक्रमण आफैं निको हुनेसमेत हुन्छ । तर यो समस्या कडा रूपमा देखिएमा वा बूढापाका, मधुमेही, दीर्घरोगी, बालबालिकामा भएमा कुनै पनि जोखिम नलिएर तुरुन्त अस्पताल पुग्नु नै उपयुक्त हुन्छ ।
संक्रमणको आंशका भएमा ःशरीरमा पानीको कमी हुन नदिन प्रशस्त तरल पदार्थ सेवन गर्नुहोस् । पेटलाई व्यवस्थित हुन दिन केही घन्टाका लागि खाना बन्द गर्नुहोस् । सजिलै पच्ने खाद्यपदार्थको सेवन गर्नुहोस् । दूध वा दुग्धजन्य वस्तुको उपभोग नगर्नुहोस् । कफी, रक्सी, सूर्ति, बोसो भएका पच्न गाह्रो हुने पदार्थहरूको सेवन नगर्नुहोस् । काँचो फल र राम्ररी नपकाइएको सब्जी नखानुहोस् । पर्याप्त आराम गनुहोस् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एन्टिबायोटिकको जथाभावी प्रयोगले जनस्वास्थ्यमा गम्भिर असर
Next article स्वास्थ्यमा जिम्मेवारी हेरफेर : सुचना केन्द्रका डा. केसी मन्त्रालय सरुवा

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132404
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web