हेल्थ टुडे,
काठमाडौं, २ मंसिर : राष्ट्रिय योजना आयोगका सदस्य वरिष्ठ बालरोग विशेषज्ञ डा.आरपी बिच्छालाई एशिया क्षेत्रको उत्कृष्ट बालरोग विशेषज्ञ अवार्ड २०२४ (आउट स्टैन्डिङ एशियन पेडियाट्रिसियन अवार्ड) प्रदान गरिएको छ ।
फिलिपिन्सको सेबुमा शनिबार आयोजना गरिएको बालरोग विशेषज्ञहरुको १८ औं एशिया प्यासिफिक महासभामा स्वास्थ्य सेवा विभागका पुर्व महानिर्देशक डा. बिच्छालाई एशिया क्षेत्रको उत्कृष्ट बालरोग विशेषज्ञ अवार्ड प्रदान गरिएको हो । डा. बिच्छाले बालरोगका क्षेत्रमा राष्टिय र अन्तर्राष्ट्रिय रुपमा समेत उल्लेखनिय भूमिका निर्वाह गरेको मूल्यांकन गर्दै उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । बाल स्वास्थ्य महासाखाको निर्देशक भएका बेला डा. बिच्छाकै पहलमा नेपालमा खोप सम्बन्धी छुट्टै कानून बनेको थियो । यसका साथै वालमृत्यु दर न्युनिकरणमा डा. बिच्छाको ठूलो योगदान रहेको छ ।
Leave a Reply