• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

किशोरावस्थाको स्वास्थ्य र महिनावारी सम्बन्धी स्कुल नर्सहरूलाई प्रशिक्षक प्रशिक्षण

February 2nd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किशोरावस्थाको स्वास्थ्य र महिनावारी सम्बन्धी स्कुल नर्सहरूलाई प्रशिक्षक प्रशिक्षण

हेल्थ टुडे,
काठमाडौं,२० माघ : किशोरावस्थाको स्वास्थ्य र महिनावारी सम्बन्धी स्कुल नर्सहरुकालागि आयोजित ३ दिने प्रशिक्षक प्रशिक्षण आईतबार सम्पन्न भएको छ । बाग्मती प्रदेश स्वास्थ्य तालिम केन्द्रको सहयोगमा स्वास्थ्य शिक्षा, जनचेतना तथा अधिकार,नेपाल (हियर नेपाल) ले आयोजना गरेको प्रशिक्षणमा बाग्मती प्रदेश अन्तरगत भक्तपुरका २५ जना स्कूल नर्सहरुको सहभागिता रहेको थियो । यो प्रशिक्षण तिन चरणमा गरि बाग्मती प्रदेशका २०० जना स्कूल नर्सहरुलाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ । प्रशिक्षण समापनका अवसरमा बोल्दै बाग्मती प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक दीपक तावारीले स्कूल नर्सहरुलाई स्वास्थ्यका विविद पक्षबारे थाहा भए पनि किशोरावस्थाको स्वास्थ्य र महिनावारीका विषयमा तालिमले उमेर अनुसार प्रदान गर्नु पर्ने स्वास्थ्य शिक्षाका विषयमा अझ प्रभावकारी भएको विचार व्यक्त गरे । उनले यस किसिमको प्रशिक्षण देशभरि कै नर्सहरुलाई दिनु पर्ने आवश्यकता रहेको औल्याए । आयोजक संस्था स्वास्थ्य शिक्षा, जनचेतना तथा अधिकार, नेपाल (हियर नेपाल) का अध्यक्ष माधव जोशीले स्कूल नर्सहरु स्वास्थ्य सूचनाका सच्चा सम्बाहक भएको दावी गर्दै उनीहरुको क्षमता बढाउन राज्यले ध्यान दिनु पर्ने बताए । प्रशिक्षक नर्वदा थापाले प्रशिक्षणले स्कूल नर्सहरुको ज्ञानको दायरा अझ फराकिलो भएकोमा जोड दिइन । कार्यक्रममा स्वास्थ्य शिक्षा विज्ञहरु कृष्णबहादुर चन्द र कुञ्जप्रसाद जोशीले पनि स्वास्थ्य सचेतनाका विविद पक्षबारे स्कूल नर्सहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम समापनका अवसरमा स्कूल नर्सहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य प्रर्वद्वन शिक्षा संघ, नेपालको अध्यक्षमा खड्का
Next article निजामती कर्मचारी युनियन अन्तरगत स्वास्थ्यको विभागिय कार्यसमितिको अध्यक्षमा केसी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132473
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web