• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान शुभारम्भ

February 4th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान शुभारम्भ

हेल्थ टुडे,
काठमाडौँ, २२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान शुभारम्भ गरेका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पनि उपस्थिति रहेको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज काठमाडौंको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका ३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको शुभारम्भ गरेका हुन् ।
विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका अभियानमा १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने सरकारको तयारी छ ।
यो खोप अभियानका लागि ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोग रहेको छ । चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको १७ लाख ७० हजार ४०० भाइल खोप उपलव्ध गराएको छ । यो खोप एक डोज मात्रै लगाए हुन्छ । ओलीले खोप अभियान शुभारम्भ गरेसंगै देशैभर खोप अभियान सुरु भएको छ ।
सरकारले यो वर्ष अभियानको रुपमा सुरु गरेपनि अर्को बर्ष देखि नियमित खोप तालीकामा यो खोप राखिसकेको छ ।
किशोरी लक्षित यो कार्यक्रम विद्यालय केन्द्रीत हुने छ । अभियानका लागि १८ हजार ९०० वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको छ । ‘विद्यालय बाहेकका स्वास्थ्य संस्थाहरुमा पनि खोप चल्छ । थप ८ हजार २०० वटा यस्ता केन्द्र तोकिएका छन् ।
खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १६० जना स्वयंसेवक, १५ हजार ६७४ जना सुपरीवेक्षक परिचालन गरिएको छ । अभियानका लागि १७ हजार ८४३ वटा सेफ्टी बक्स प्रयोग हुनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाँच दशकपछि नेपाल औषधी लिमिटेडले पायो जिएमपी प्रमाणपत्र
Next article निजामती कर्मचारी युनियन अन्तरगत स्वास्थ्यको विभागिय कार्यसमितिको अध्यक्षमा केसी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133378
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

57
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

41
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web