• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गोकर्णेश्वरका क्यान्सर विरामीले थप ५० हजार सहयोग पाउने, भक्तपुर क्यान्सर अस्पतालसँग सम्झौता छिट्टै

March 7th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गोकर्णेश्वरका क्यान्सर विरामीले थप ५० हजार सहयोग पाउने, भक्तपुर क्यान्सर अस्पतालसँग सम्झौता छिट्टै

हेल्थ टुडे,
काठमाडौं, २३ फागुन : गोकर्णेश्वर नगरपालिकाका वासिन्दाले क्यान्सर रोगको उपचार गराउँदा नगरपालिकाबाट उपचार सहयोग वाफत थप ५० हजार रुपैया सहयोग पाउने भएका छन् । क्यान्सरको उपचार गराउँदा लाग्ने खर्च मध्ये ५० हजार गोकर्णेश्वर नगरपालिकाले बेहोर्ने छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएपछि क्यान्सर विरामीहरुले उक्त सहयोग प्राप्त गर्ने छन् । यस सम्बन्धमा चाँडै भक्तपुर क्यान्सर अस्पताल र गोकर्णेश्वर नगरपालिकाबिच सेवा सम्झौता हुदैछ । हालै गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल र स्वास्थ्य संयोजक डा.सुवास प्याकुरेलले भक्तपुर क्यान्सर अस्पतालको स्थलगत अवलोकन गरेर उपलब्ध सेवा सुविधाका बिषयमा जानकारी लिएका छन् । भक्तपुर क्यान्सर अस्पतालले प्रदान गरिरहेको उपचार सेवा प्रभावकारी पाइएपछि नगरपालिकाले क्यान्सर अस्पतालसँग सम्झौता गर्न लागेको हो ।
क्यान्सर विरामीलाई नगरपालिकाले दिने ५० हजार रुपैया अस्पताललाई सोधभर्ना गर्ने छ । सम्झौताका विषयमा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसे र नगरपालिकाका मेयर रिसाल तथा स्वास्थ्य संयोजक प्याकुरेलबिच छलफल भएको छ । भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. चालिसेले गोकर्णेश्वरका मेयर र स्वास्थ्य स्वास्थ्य संयोजकसँगको छलफल सकारात्मक भएको र उहाँहरुको स्वास्थ्य अभियानबाट आफु प्रभावित भएको बताए । आफ्ना नगरवासीलाई नगरअस्पतालबाटै गुणस्तरीय उपचार सेवा दिई रहेको गोकर्णेश्वरले गम्भिर प्रकृतिका रोगको उपचारका लागि विभिन्न विशिष्टकृत अस्पतालसँग सम्झौता गरेर नगरवासीको उपचारमा सहजिकरण गर्दै आइरहेको छ । गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य अभियान नमुना भएको आफुले पाएको बताउदै डा. चालिसेले नगरपालिकासँग सहकार्य गर्न भक्तपुर क्यान्सर अस्पताल तयार रहेको बताए । डा.चालिसेले भने, ‘ गोकर्णेश्वरले सबै नगरवासीको आफैलै स्वास्थ्य विमा गरिदिएको रहेछ । आफ्नै नगर अस्पताल चलाएको छ । त्यहाँ उपचार संभव नभएका नगरवासीका लागि अन्य विशिष्टिकृत अस्पतालसँग सम्झौता गर्दै उपचारमा सहज गर्ने गरेको मलाई असाध्यै राम्रो लाग्यो ।’
यस्तो नमुना काम अन्य स्थानिय सरकारले पनि सिक्नु पर्ने सुझाव डा. चालिसको छ । क्यान्सर विरामीको उपचारका लागि एक लाख रुपैया केन्द्रीय सरकारले सहयोग दिन्छ । नगरपालिकाले एक लाख रुपैया बराबरको स्वास्थ्य विमा गरिदिएको छ । ५० हजार बाग्मती प्रदेश सरकारले दिन्छ । त्यसमा नपुगेको ५० हजार नगरपालिकाले दिए पछि गोकर्णेश्वरमा विरामीले क्यान्सरको उपचार गराउनु पर्दा ३ लाख रुपैया सहयोग नै प्राप्त गर्ने छन् । क्यान्सर विरामीका लागि उपचारमा सक्दो सहजिकरण गर्न नगरपालिकाले प्रयास गरिरहेको नगरपालिकाका स्वास्थ्य स्वास्थ्य संयोजक डा. प्याकुरेलले बताए ।
स्वास्थ्य संयोजक डा. प्याकुरेलका अनुसार अर्को चरणको छलफलपछि क्यान्सर अस्पतालसँग सम्झौता हुने छ । नगरपालिकाले बेला बेलामा नगरपालिका क्षेत्र भित्र क्यान्सर स्क्रिनिङ गर्दै आइरहेको छ । स्क्रिनिङका क्रममा क्यान्सर पत्ता लगाए नगरपालिकाले भक्तपुर क्यान्सर रिफर गर्ने छ । र उपचार गराएको विल अस्पतालले नगरपालिका पठाउने र पालिकाले सोध भर्ना गर्ने गरि छलफल भइरहेको प्योकुरेलले जानकारी दिए । नेपाल सरकार मातहत सञ्चालनमा आए पछि पछिल्ला दिनमा भक्तपुर क्यान्सर अस्पतालले उपचार सेवामा निकै सुधार ल्याएको छ । यहाँ सुपथ शुल्कमा गुणस्तरीय उपचार हुने गरेको छ । क्यान्सरको उपचार महंगो मानिन्छ । भक्तपुर अस्पतालले नाफा भन्दा सेवाभावले उपचार गरिरहेको छ ।
डा. चालिसेले जनतालाई स्वास्थ्य सेवा सुलभ रुपमा उपलब्ध गराउन सबै भन्दा महत्वपूर्ण भूमिका स्थानिय निकायले निभाउन सक्छन भन्ने गतिलो उदाहरण गोकर्णेश्वरले दिएको बताए । उनले भने, ‘यहाँको नगर अस्पतालमा उपचारका लागि दैनिक ५०० भन्दा विरामी आउने गरेका छन् । यस्तै सुविधा देशका अन्य पालिकाले पनि दिन सके विरामीलाई धेरै सहज हुने थियो । ’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकाश देवकोटा नियुक्त
Next article मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा रौतहटका १० निजी अस्पताल बन्द गर्न निर्देशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132473
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web