• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हेटौंडा अस्पतालमा मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा सुरु, मुख्य मन्त्री लामाले गरे सुभारम्भ

March 11th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हेटौंडा अस्पतालमा मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा सुरु, मुख्य मन्त्री लामाले गरे सुभारम्भ

हेल्थ टुडे,
हेटौंडा, २७ फागुन : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा मुटु रोग सम्बन्धी विशषेज्ञ सेवा सुरु भएको छ । बागमती प्रदेशका मुख्य मन्त्री बाहादुर सिंह लामाले एक समारोह विच मंगलबार उक्त सेवाको सुभारम्भ गरेका छन् । मुटु रोगको उपचारका लागि स्वास्थ्य उपकरण उपलब्ध भइसके पनि चिकित्सक नपाउँदा अस्पतालले उपचार सेवा दिन सकेको थिएन । शिक्षण अस्पतालमा अध्ययनरत मुटु रोग विशेषज्ञ डाक्टर विकेश श्रेष्ठलाई सरकारले दुई वर्षका लागि खटाएपछि उपचार सेवा सुरु गरिएको अस्पतालले जानकारी दिएको छ । मुख्यमन्त्री लामाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार लागि परेको र प्रदेश सरकारले हेटौंडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई उन्नत बनाउन विशेष प्राविधिक र जनशक्ति व्यवस्थापनमा का गरिरहेको बताए । यो सेवा नहुदा विरामीले मुटको उपचारका लागि काठमाडौं धाउनु पर्ने बाध्यता थियो ।
अस्पतालले ओपीडी, ईको, टीएमटी, हल्टर, एबीपी र इसिजी सेवा प्रदान गर्नेछ । स्वास्थ्य उपकरण र जनशक्ति अभावका कारण मुटु रोग सम्बन्धी शल्यक्रिया भने अस्पतालमा उपलब्ध हुन नसक्ने जनाइएको छ । प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले अस्पतालमा कार्डियो सेवा र शल्यक्रियाका लागि क्याथ ल्याबको दीर्घकालीन सञ्चालनका लागि दातृ संस्थासँग साझेदारी गर्ने तयारी पनि गरिरहेको उल्लेख गरे ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीले अस्पतालको सेवा विस्तारमा निरन्तरता र सुधार महत्त्वपूर्ण भएको बताए ।
ज्ञवालीले उनले अस्पतालका विशेषज्ञ डाक्टरलाई २ वर्षसम्म टिकाउन नीतिगत रुपमा काम गर्न आवश्यक रहेको बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. दिलीप शर्मा बने वीर अस्पतालको निर्देशक
Next article स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.बाराकोटी नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132789
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web