• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

टिचिङ हस्पिटलले भित्र्यायो एआई प्रविधियुक्त अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’

April 2nd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
टिचिङ हस्पिटलले भित्र्यायो एआई प्रविधियुक्त अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’

हेल्थ टुडे,
काठमाडौं, २० चैत : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगन्जले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) अर्थात् कृत्रिम बुद्धिमत्ता प्रविधिमा आधारित अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’ खरिद गरेर जडान गरेको छ । अहिले परीक्षणका रूपमा सञ्चालनमा रहेको थ्री टेस्ला एमआरआई केही दिनपछि औपचारिक शुभारम्भ भएपछि सर्वसाधारणका लागि पूर्ण रूपमा सञ्चालनमा आउनेछ । यो एमआरआई पूर्ण रूपमा सञ्चालनमा आएपछि उपचारका लागि टिचिङ हस्पिटल आउने बिरामीले सरकारी अस्पतालमा कम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा पाउनेछन् । चीनको युनाइटेड इमेजिङ हेल्थकेयरबाट खरिद गरेको एआई प्रविधिमा आधारित यो थ्री टेस्लाले छिटो स्क्यानिङ गर्ने र अरू एमआरआईको तुलनामा क्लियर इमेज देखाउँछ । जसको कारण छिटो रोग पत्ता लगाउन सकिन्छ । टिचिङ हस्पिटलमा योभन्दा पहिले पुरानो प्रविधिका ०.३ र १.५ टेस्ला एमआरआई थिए ।
अहिले टिचिङ हस्पिटलले भित्र्याएको थ्री टेस्ला एकदमै अत्याधुनिक एमआरआई भएको टिचिङ हस्पिटलका रेडियोजोली विभाग प्रमुख प्रा.डा. घनश्याम गुरुङले बताए ।

डा. गुरुङले एक महिना पहिले परीक्षणको रूपमा जोडिएको थ्री टेस्ला सञ्चालन गर्ने तालिम र परीक्षणसँगै भइरहेकोले केही दिनमै यसको औपचारिक शुभारम्भ हुने जानकारी दिए । गुरुङले भने, ‘परीक्षणका रूपमा यसले राम्रो काम गरिरहेको छ । अत्याधुनिक प्रविधिमा आधारित भएकाले प्राविधिज्ञदेखि चिकित्सक सबैले यसको सञ्चालन र यसले दिने रिजल्टका विषयमा जानकार हुनुपर्छ । यो काममा हामी लागेका छौ ।’ टिचिङ हस्पिटल टेक्निकल प्रमुख विष्णुहरि सिंहले अत्याधुनिक थ्री टेस्ला सञ्चालनमा आएपछि बिरामीका साथै अस्पतालमा कार्यरत चिकित्सक र प्राविधिकले पनि नयाँ प्रविधिसँग साक्षात्कार हुन पाउने भएकाले टिचिङ हस्पिटलका लागि यो खुसीको कुरा भएको बताए ।
काठमाडौंमा केही निजी क्षेत्रका स्वास्थ्य संस्थाबाहेक सरकारी अस्पतालमा यस किसिमको एमआरआई एकदमै कम मात्र रहेको सिंहले जानकारी दिए । कति शुल्क तोक्ने भन्ने विषयमा पूर्ण सञ्चालनमा आएपछि थाहा हुने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अधिकारीहरूका अनुसार निजी क्षेत्रमा सञ्चालनमा आएका थ्री टेस्लाभन्दा पक्कै पनि दुई चार हजार सस्तै हुनेछ । टिचिङ हस्पिटलले लामो समयदेखि थ्री टेस्ला किन्ने योजना बनाएको थियो । तर बजेट अभावमा सकेको थिएन । अस्पताल प्रशासनका अनुसार यो पटक यो एमआरआई २० करोड रुपैयाँमा खरिद गरिएको हो । त्रिवि शिक्षण अस्पतालका रेडियोलोजिस्ट शर्मा पौडेलले थ्री टेस्ला सञ्चालनमा आएपछि क्यान्सर लगायतका गम्भिर प्रकृतिका रोगको पहिचान गर्नमा र नयाँ नयाँ प्रविधि प्रयोग गर्न सकिने भएकाले विरामी र चिकित्सक दुबै पक्ष यो मेसिनबाट लाभान्वित हुने बताए । उनले भने, ‘अब पहिले भन्दा रोग पत्ता लगाउन सजिलो हुन्छ ।’ बायो मेडिकल इन्जिनियरसमेत रहेका मेटा हेल्थ केयरका प्रोजेक्ट मेनेजर हरिराम दवाडीले एआई प्रविधिमा आधारित थ्री टेस्लाको इमेज क्लियर हुने र छिटो स्क्यानिङ गर्ने भएकाले रोग छिटो पत्ता लाग्ने र छाटो समयमा धेरै जनाको परीक्षण गर्न सकिने बताए ।

युनाइटेड इमेजिङ हेल्थकेयरले चिप्स , म्याग्नेट, सफटवेयर आफैं तयार गर्ने भएकाले भविष्यमा समस्या आए तत्काल प्राविधिक टिमले काम गर्ने दवाडीले बताए । युनाइटेड इमेजिङ हेल्थकेयर नयाँ दिल्लीका प्रडक्ट मेनेजर भुपिन्द्र कुमारले त्रिवि शिक्षण अस्पतालमा जडान गरिएको थ्री स्टेला एमआरआई संसारमै सबैभन्दा छिटो स्यान गर्ने मेसिन भएको दावी गरे । उनले भने, ‘जुनकुसै विरामीको रोग पहिचान गर्नका लागि १०० सेकेन्ड भित्र स्यान गरिसक्छ । त्यसैले त यसलाई फिप्थ जेनेरेसन एक्सरेसन भनिन्छ ।’ यसले क्लिनिकल र रेडियोलोजिस्टहरुको ४० प्रतिसत समय बचत गरिदिने सिंहको दावीको छ । एआई प्रविधिका माध्यमबाट सञ्चालन हुने भएकाले संसारको जुनसुकै ठाउँमा बसेर पनि रिमोटको माध्यमबाट कुनै समस्या देखिएको हल गर्न सकिने भएकाले यो प्रविधि संसार भरि नै लोकप्रिय भइरहेको सिंहले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल नेत्रज्योति संघ र थाइल्याण्डको महिडोल विश्वविद्यालयबिच सम्झौता पत्रमा हस्ताक्षर
Next article डा. संगीताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web