• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पीजीको म्याचिङविरुद्ध दायर रिटमा सर्बोच्चद्धारा चिकित्सा शिक्षा आयोगका नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी

April 3rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पीजीको म्याचिङविरुद्ध दायर रिटमा सर्बोच्चद्धारा  चिकित्सा शिक्षा आयोगका नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी

हेल्थ टुडे,

काठमाडौँ, २१ चैत : सर्बोच्च अदालतले चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) तहको सिट घटाएर म्याचिङ अघि बढाउने चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
चिकित्सा शिक्षा आयोगले सुरु गरेको अपूर्ण सिटको पीजी म्याचिङ रोक्न माग गर्दै डा सुजन न्यौपाने सहित १४ जना विद्यार्थीले बुधबार सर्बोच्चमा रिट दायर गरेका थिए । सो रिट माथि आज सुनुवाई गर्दै न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको छ । यस्तै म्याचिङ सम्वन्धी कार्य रोक्न अन्तरिम आदेश माग गरेको विषयलाई थप छलफल गर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । सर्बोच्चले अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न आगामी २६ चैतका दिन दुबै पक्षलाई बोलाएको छ ।
निजी मेडिकल तथा डेन्टल कलेजसंगहरुको टकराव पछि आयोगले उनीहरुलाई दिने भनिएको सिट संख्या घटाएर ६७० मा झारेको छ । आयोगले गत १४ चैतबाट सोही घटाइएको सिटमै म्याचिङ प्रक्रिया अघि बढाएको छ ।
यसअघि आयोगले १७ औँ बैठकले थप गरेको २३१ सहित ५ फागुनमा यस शैक्षिक सत्रका लागि भन्दै एक हजार ४९६ सिट तोकिएको बताएको थियो । बढेको सिट पछि पढ्न पाउने आशामा २६ माघमा प्रवेश परीक्षा दिई उत्तीर्ण विद्यार्थीहरु आयोगको पछिल्लो निर्णयले स्तव्ध भएको बताएका छन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुको माग सम्वोधन नगरेमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । उनीहरुले नै बुधबार सर्बोच्चमा रिट दायर गरेका हुन् ।
‘गत १३ मंसिरमा आयोगले सिट संख्या नतोकी एमडीरएमएसर एमडीएसको प्रवेश परीक्षाको लागि सूचना जारी गरेको थियो । आयोगको यो कदम गलत थियो । हामीले सर्बोच्च अदालतमा सिट खुलाउन रिट दायर ग¥यौँ, त्यसपछि आयोगले सर्बोच्चलाई एक हजार ३४१ सिट सिट भएको विवरण पठायो । हामीले त्यसलाई आधार मानेर २६ माघमा परीक्षामा सहभागी भयौँ । पछि १७ औँ बैठकले सिट संख्या अझ बृद्धि ग¥यो र १ हजार ४९६ पु¥यायो । हामी थप खुशी भयौँ तर गत १४ चैतमा घटाएर ६७० मा झारियो । यसले त ८०० भन्दा बढी परीक्षार्थी पढाईबाट बन्चित हुने देखियो । यो हामीप्रतिको सबैभन्दा ठूलो अन्याय हो । तसर्थ हामी यसको बिरोधमा उत्रिएका हौँ,’ परीक्षार्थी डा. अभिषेककुमार झाले भने ।
अर्का परीक्षार्थी डा. अनिलकुमार साहले पीजी पढ्ने आशामा रहेका प्रवेश परीक्षा उत्तीर्ण डाक्टरहरुलाई स्तव्ध पार्ने गरी आयोगको कदम अघि बढेको भन्दै उनले चिकित्सा शिक्षासंग सम्वद्ध व्यक्ति समूह तथा संस्थाहरुले यस कदमको विरोध गर्नुपर्ने बताए । उनले आयोगको यो निर्णयले स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने अधिकार बन्चित गर्न खोजिएको आरोप लगाए । डा. साहले अब २६ चैतका लागि पेशी तोकिएको भन्दै त्यसबाट आउने निर्णय अनुसार आवश्यक कदम चालिने बताए

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. संगीताको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
Next article रेविकाको उपचारकोलागि कोटेश्वर क्याम्पसद्वारा ३५ हजार रुपैया सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132828
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web