• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रेविकाको उपचारकोलागि कोटेश्वर क्याम्पसद्वारा ३५ हजार रुपैया सहयोग

April 3rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रेविकाको उपचारकोलागि कोटेश्वर क्याम्पसद्वारा ३५ हजार रुपैया सहयोग

हेल्थ टुडे,
काठमाडौं, २१ चैत : एक हप्ता अगाडि चैत १५ गतेको आन्दोलनका दिन कार्यालयबाट डेरा फर्कने बेला अनाहकमा कोटेश्वरमा प्रहरीको गोली लागेर गम्भिर भएकी रेविका खत्रीको उपचारका लागि कोटेश्वर बहुमुखी क्याम्पसले ३५ हजार रुपैया आर्थिक सहयोग गरेको छ । स्वतन्त्र विद्यार्थी युनियन र क्याम्पसको तर्फबाट उक्त सहयोग रकम बिहीबार रेविकाको बुबालाई हस्तान्तरण गरिएको हो । कोटेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. प्रकाश पोखरेल र स्वतन्त्र विद्यार्थी युनियनका सभापति संञ्जय बुढाथोकीले सिभिल अस्पताल मिनभवन पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन । रेविका कोटेश्वर बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय तेश्रो वर्षमा अध्ययन विद्यार्थी हुन । उनको मिन भवनस्थित सिभिल अस्पतालको सघन उपचार कक्ष (आईसियू) मा उपचार भइरहेको छ । यसका साथै रेविकाको बाकी पढाई नि:शुल्क गर्ने समेत कोटेश्वर क्याम्पसले निर्णय गरेको क्याम्पस प्रमुख डा. पोखरेलले जानकारी दिए । रेविकाको उपचारको जिम्मा सरकारले लिनु पर्ने र आन्दोलनमा सहभागी नै नभएको निर्दोश विद्यार्थी माथि गोली हान्ने माथि कडा कारवाहीको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा कोटेश्वर क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले दिनहू प्रदर्शन गरिरहेका छन् । स्ववियू सभापति बुढाथोकीले रेविकाको उपचारमा कुनै कमि हुन नदिन आफुहरुले सक्दो सहयोग र सरकारलाई खबरदारी गरिरहने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पीजीको म्याचिङविरुद्ध दायर रिटमा सर्बोच्चद्धारा चिकित्सा शिक्षा आयोगका नाममा कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश जारी
Next article स्वास्थ्य बीमा बोर्डले जारी ग¥यो ४५ बुँदे श्वेतपत्र, बजेटसँगै कर्मचारी अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133088
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

45
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

47
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web