• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बीमा बोर्डले जारी ग¥यो ४५ बुँदे श्वेतपत्र, बजेटसँगै कर्मचारी अभाव

April 7th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बीमा बोर्डले जारी ग¥यो ४५ बुँदे श्वेतपत्र, बजेटसँगै कर्मचारी अभाव


हेल्थ टुडे,

काठमाडौँ, २५ चैत: स्वास्थ्य विमा बोर्डमा नयाँ नेतृत्व आएको छ । बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले आएका छन भने अध्यक्षमा चन्द्र थापा । नयाँ नेतृत्व आएपछि स्वास्थ्य बीमा बोर्डले
पहिलो पटक औपचारिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डले स्वास्थ्य विमाको वर्तमान अवस्था र भावी रणनीति समेत समेटेर श्वेतपत्र जारी गरेको छ । ४५ बुँदे श्वेतपत्र जारी गर्दे कार्यकारी निर्देशक डा. काफ्लेले बोर्डले आर्थिक अभावमात्र झेली रहेको नभई कर्मचारीको अभाचव पनि झेलिरहेको जानकारी दिए । कर्मचारी अभावले अस्पताललहरुले पेस गरेको दाबी रकमको दावी समिक्षा समयमा गर्न नसकेकोले समस्या उत्पन्न भएको काफ्लेले बताए । स्वास्थ्य विमा कार्यक्रम सञ्चालन भएको नौ वर्ष पुरा भएर दशौं वर्षमा प्रव्ेश गरेको अवस्थामा समेत सरकारले बोर्डका लागि स्थायी दरबन्दी सिर्जना गर्न नसक्नु किमजोरी भएको बताउदै काफ्लेले तत्कालका लागि एकसय ९८ जनाको दरबन्दी आवश्यक पर्ने भनेर अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी दिए ।
बोर्डले फागुनसम्मको १६ अर्ब ४५ करोड रुपैया माग दावी अस्पतालहरुलाई तिर्न बाकी रहेको बताउदै डा. काफ्लेले सरकारले यो वर्ष विमाको बजेट बढाउने र कर्मचारी दरबन्दी थप्ने दुबै काम गरिदिएको अवस्थामा स्वास्थ्य विमालाई ट्याकमा ल्याउन सकिने दावी गरे । बोर्डले जारी गरेको श्वेतपत्रमा विभिन्न ४५ वटा बुँदा रहेका छन् । जसमा बीमाको वर्तमान अवस्था, सेवाको फैलावट, पृष्ठभुमी, सेवा लिनेको विवरण, समान प्रकृतिका कार्यक्रम, भावी लक्ष्य लगायतका विषयहरु रहेका छन् । आथिृक वर्ष २०८१ । ८२ को फागुन मसान्तसम्म क्रियाशिल विमितको संख्या ५७ लाख ५३ हजार रहेको स्वेतपत्रमा उल्लेख छ । यो कुल जनसंख्यामा २० प्रतिसत मात्र हो । विमा गराएका मानिसहरुमध्ये ४८ प्रतिसतले उपचार सेवा लिएको र यो संख्या बर्षेनी बढ्दै गएको छ । बोर्डका कार्यकारी निर्देशक डा.काफ्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गर्ने योजनामा अघि बढी सकेको भन्दै यसमा सबैको साथ आवश्यक रहेको बताए । वर्तमान अवस्थामा स्वास्थ्य बीमा कार्यक्रमले २२० प्रतिशत मेडिकल घाटा व्यहोरिरहेको भन्दै त्यसलाई सुधार गरी दिगो रुपमा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनले बताए ।
बोर्डका अध्यक्ष चन्द्र थापाले ऐनले गरेको कुरालाई व्यवस्थित गर्ने दिशामा लागैको भन्दै स्वास्थ्यमा छरिएर रहेको कार्यक्रमहरुलाई पनि स्वास्थ्य बीमा मार्फत एकीकृत गरेर लैजाने प्रयास भएको बताए । थापाले स्वास्थ्य विमाको लागि आवश्यक बजेट विनियोजन गर्न र कर्मचारी पदपुर्तिका लागि स्वास्थ्य मन्त्रालय, अथृ मन्त्रालय र प्रधानमन्त्री कार्यालयनको ध्यानाकर्षण गरेर अगाडि बढेको बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वायु प्रदूषणले काठमाडौंको जनजिवन प्रभावित, नियन्त्रण गर्न सरकारले उठायो २५ अर्ब
Next article रेविकाको उपचारकोलागि कोटेश्वर क्याम्पसद्वारा ३५ हजार रुपैया सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133407
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

74
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

63
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web